लमही । भरखरै नेपाल सरकारले नुनलगायतका अति आबस्यकीय खाद्यबस्तुको मूल्य वृद्धि गरेकोप्रति नागरिक समाजको गम्भीर ध्यानाकर्षण भएको छ ।
बेरोजगार नागरिकहरु खाइ नखाई दुःख सुख वर्षे खेतिमा लागेकोबेला खाद्यबस्तुमा मूल्य वृद्धि हुनु दुखद पक्ष रहेको नागरिक समाज दाङको ठहर छ । अतः मूल्य वृद्धि यथासिघ्र फिर्ता लिन सम्बद्ध सरोकारवाला निकायसमक्ष नागरिक समाज दाङ देउखुरी विशेष आग्रह गर्दछ ।
यस बिषयमा व्यापार संघ÷संस्थाहरुको यथासिघ्र ध्यानाकृष्ट होस् हार्दिक अपिल गरिन्छ । साथै देशमा मनसुन भित्रिएसंगै यस क्षेत्रका पहाडि भूभाग रोल्पा, रुकुम, सल्यान, प्यूठान, दाङ र गुल्मी तथा बाग्लुङको पश्चिमि भागमा अबिरल बर्षात भइरहेको सन्दर्भमा बाडि पहिरो र डुवानबाट हुनसक्ने क्षेतिप्रति नागरिक समाज दाङको ध्यानाकर्षण भएको छ ।
यस क्षेत्रका राप्ती बबईलगायत अन्य साना ठूला नदी खोला तथा खहरे बढीरहेका छन् । विभिन्न स्थानमा पहिरो गएका, यातायात अवरुद्ध भएका र बाड पसेका खबरहरु बाहिर आएका छन् ।
अतः यस्तो अवस्थामा मानवीय र भौतिक नोक्सानी हुन नदिन सबैमा सचेत रहन आह्वान गर्दछौं । यस सन्दर्भमा विपत व्यवस्थापन जिल्ला समिति, स्थानीय सरकार, विपत प्रतिकार्यमा अभ्यस्त सामाजिक संघ-संस्थाहरु, सुरक्षा निकाय, नागरिक समाज, राजनीतिक दलका कार्यकर्ताहरु र सबै जिल्लाबासी नागरिकहरुमा होसियार रहन हार्दिक अपिल गर्दछौं । नीमबहादुर थापा (संयोजक) नारायणप्रसाद श्रेष्ठ (सचिव) एवं नागरिक समाज दाङ देउखुरी परिवार ।


