शुक्र, अशोज २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

राष्ट्रिय परिचयपत्रमा लुकेको राष्ट्रघाती सोच !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

सरकारले आगामी साउनदेखि विभिन्न सार्वजनिक सेवाहरुका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । सरकारले वृद्धभत्ता, पेन्सन, बीमा, व्यक्तिगत आयकर दर्ता, सवारी चालक अनुमतिपत्रसम्बन्धी र कम्पनी दर्ता एवं नवीकरणका लागि साउनदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो । बैंकिङ तथा वित्तीय सेवा, टेलिफोन तथा सिमकार्ड, सामाजिक सुरक्षा कोष तथा घरजग्जा किनबेचमा आगामी माघ १ देखि परिचयपत्र अनिवार्य गरिएको छ । सरकारको निर्णयका कारण अहिले वृद्धवृद्धाहरु राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यतामा पुगेका छन् । केही राजनीतिक दल र सरोकारवालाले तत्कालै परिचपत्र अनिवार्य नगर्न भन्दै समय थप गर्न अनुरोध गरेका थिए । तयारी नै नभई परिचयपत्र अनिवार्य गरेर नागरिकलाई अनावश्यक दुःख दिएको भन्दै प्रतिनिधिसभामा सांसदहरूले कुरा उठाएका थिए । तर, सरकारले त्यसलाई बेवास्ता गर्दा नागरिकले सास्ती भोग्नुपरेको छ ।

राष्ट्रिय परिचयपत्र भनेको के हो ? यसलाई लागू गर्न किन आवश्यक छ ? अहिलेकै नागरिकताले राष्ट्रिय परिचयपत्रको काम किन गर्न सक्दैन ? सर्वसाधारणको चासोको विषय बनेको छ । राष्ट्रिय परिचयपत्र नागरिकको व्यक्तिगत र बायोमेट्रिक विवरण डिजिटल रुपमा राख्ने माध्यम हो । डिजिटल माध्यममा जानुलाई नराम्रो मान्न सकिँदैन । तर, राष्ट्रिय परिचयपत्र बनाउनको लागि पनि नागरिकताकै आवश्यकता पर्छ भने यसको उपादेयताको विषयमा अहिले प्रश्न उठेको छ ।

हुन पनि नेपालमा अहिले नागरिकहरु विभिन्न परिचयपत्र वा कार्डको घेराबन्दीमा पुगेका छन् । नागरिकता, मतदाता कार्ड, लाइसेन्स, राजस्व तिर्न पान कार्डजस्ता थुप्रै कार्डका कारण सर्वसाधारणले प्रशासनिक सेवा लिँदा झन्झट खेप्नुपरेको छ । यी कार्डहरु बनाउनकै लागि नागरिकले आफ्नो समय खर्च गर्नुपर्ने अवस्था छ । यसमा अहिले अर्को राष्ट्रिय परिचयपत्र पनि थपिएको हो । तर, यसले अन्य कार्डलाई विस्थापित गर्ने भने होइन । जसका कारण राज्यको ठूलो रकम फजुल खर्च भइरहेको छ, जुन एकप्रकारले राष्ट्रघाती कार्य हो ।

राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदा अहिले प्रशासनमा वृद्धवृद्धाको भीड लागेको छ । उनीहरुले सास्ती भोग्नुपर्ने अवस्था आउनु सरकारको अमानवीय कदम हो । नागरिकताविना नागरिकका रुपमा राज्यबाट कुनै सेवासुविधा लिन नपाइने भएकाले र देशको नागरिक हो भनेर चिनाउने आधिकारिक र महत्वपूर्ण प्रमाणपत्र हुँदाहुँदै अर्को परिचयपत्र अनिवार्य गरिनु फजुल खर्च मात्र हो । यदि सरकारले सबै नागरिकको विवरण डिजिटल माध्यममा राख्न खोजेको हो भने त्यसका लागि नागरिकतालाई डिजिटल बनाउन सकिन्थ्यो । यसका लागि अर्को छुट्टै अभियान चलाउन पर्दैनथ्यो । सरकारले अरु जनशक्ति, संयन्त्र, खर्च प्रयोग गरेर यसरी जनतालाई सास्ती दिन पर्दैनथ्यो । अहिले पनि नागरिकको विवरण हरेक जिल्लामा छ । अब नागरिकता लिँदा वा प्रतिलिपि बनाउँदा डिजिटल व्यवस्था गरेको भए यो समस्या हुने थिएन ।

अर्कोतर्फ राष्ट्रिय परिचयपत्र पनि अन्य कार्ड जस्तै हुने भए यसको औचित्य कसरी साबित हुन्छ ? राष्ट्रिय परिचयपत्र नेपालीलाई दिइन्छ र यसको काम देशभित्र मात्र हुन्छ । तर, नेपालमा हुने विदेशी नागरिकको अभिलेख सरकारले कसरी राख्छ त ? यसको कुनै उत्तर छैन । जबकि नेपालीहरु विदेश जाँदा त्यहाँ एक प्रकारको सेक्युरिटी नम्बर दिइएको हुन्छ । त्यसमा उक्त व्यक्ति त्यस देशमा रहँदा केके ग¥यो भन्ने रेकर्ड रहन्छ । तर, नेपालमा कार्डमार्फत विदेशीको अभिलेख राख्ने कुनै व्यवस्था छैन ।

सरकारले परिचयपत्रको लागि वैयक्तिक विवरण लिने काम करिब आधा मात्रै सकाएको छ भने छपाइ भएका करिब ५ लाख परिचयपत्रको मात्रै वितरण भएको छ । सरकारले वितरण गरिसकेका राष्ट्रिय परिचयत्रको उपयोगिता नै स्पष्ट नगरेपछि परिचयपत्र छापिएका परिचयत्रहरु समेत जिल्ला प्रशासन कार्यालयहरुमा अलपत्र परेका छन् । अहिले हातमा परिचयत्र पत्र पुग्दा पनि त्यो कतै कुनै पनि सरकारी कामकाजमा उपयोग नहुने अवस्था छ । सबैजसो सरकारी काममा जन्मदर्ता र नागरिकता नै खोजिने गरेकाले परिचयपत्र लिएकाहरूले पनि थन्काएर राखेका छन् । त्यसैकारण विवरण भरेपछि छपाइ समेत सकेर जिल्ला र इलाका प्रशासन कार्यालयहरूमा पुगेका परिचयपत्र समेत अलपत्र परिरहेका छन् ।

यदि सरकारले राष्ट्रिय परिचयपत्र भए अन्य कार्ड बनाउनु नपर्ने जनाए त्यस्ता कार्ड बनाउन लाग्ने खर्च बच्ने थियो । नागरिकलाई पनि एउटै कार्डबाट सबै सेवा लिन सहज हुन्थ्यो । तर, सुविधा नपाइने भएकाले पनि यो राष्ट्रको ढुकुटी दोहन गर्ने अर्को तरिका हो भन्ने स्पष्ट हुन्छ । सरकारले यदि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने हो भने यसलाई अन्य कार्डको विकल्पको रुपमा प्रयोगमा ल्याउन जरुरी छ । एउटै कार्डमा सबै विवरण हुने र त्यसले सबै प्रशासनिक काम हुने व्यवस्था गर्नुपर्छ । नागरिकले अन्य थुप्रै कार्ड बनाउनुपर्ने झन्झट सरकारले हटाउनुपर्छ । जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

एआईजी वंशीराज दाहालमाथि कारबाही

एआईजी वंशीराज दाहालमाथि कारबाही

३६ मिनेट अगाडि
पाकिस्तानलाई करिब एक अर्ब २० करोड अमेरिकी डलर सहयोग

पाकिस्तानलाई करिब एक अर्ब २० करोड अमेरिकी डलर सहयोग

४४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एआईजी वंशीराज दाहालमाथि कारबाही

तेस्रो संस्करणको एनपीएलको तयारीमा जुट्याे

कांग्रेसमा नयाँ नेतृत्व चयन गर्न मतदान शुरू

भू–माफिया ठण्डिराज र केदारनाथ उपाध्यायले यसरी कुम्ल्याए २८ करोडको सरकारी जग्गा

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक