मङ्ल, फाल्गुन २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

प्रदेश संरचनाहरु र राजनीतिक अस्थिरताको चक्रव्यूह

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–प्रीति रमण

प्रदेशहरु अस्थिर बन्दा समग्र संघीय व्यवस्थामाथि अहिले प्रश्न उठ्न थालेको छ । केन्द्रमा सत्ता समीकरण फेरिरहने रोगका कारण प्रदेश सरकार पनि अस्थिर भएका हुन् । जसले विकास निर्माण प्रभावित भएका छन् । जनता प्रदेश सरकारबाट आजित भएका छन् । सरकारको बजेट पनि दुरुपयोग भइरहेको र लाभग्राहीसम्म पुग्न नसकेको स्पष्ट देखिन्छ ।

संघीय व्यवस्थाअनुसार निर्मित प्रदेशहरु जनताको अझै नजिक पुगेर सेवा गर्नका लागि हो । तर, अहिले प्रदेश सरकार नेताहरु व्यवस्थापन गर्ने थलो बनेका छन् । प्रदेश आफैंमा स्वायत्त निकाय भए पनि केन्द्रअनुसार चल्दा यसको औचित्य पुष्टि हुन सकेको छैन । गत निर्वाचन यता मात्र प्रदेशमा दर्जनभन्दा बढी मुख्यमन्त्री फेरिएका छन्, दर्जनौं मन्त्रीहरु फेरबदल भएका छन् ।

गत आम निर्वाचनयता केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहालले तीन पटक गठबन्धन फेरिसकेका छन् । गत फागुन तेस्रो साता कांग्रेससहितको गठबन्धन भत्किएपछि फेरि एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादीको नयाँ समीकरणको सरकार बन्यो र प्रधानमन्त्रीको रुपमा दाहालनै निरन्तर छन् । एक वर्षयता संघमा तीन पटक गठबन्धन बन्यो । ०७९ को निर्वाचनपछि उनी एमाले, रास्वपा, जसपासहित दलको समर्थनमा प्रधामन्त्री बनेका उनी त्यसपछि कांग्रेस, माओवादी, जसपा, एकीक्त समाजवादीसहित अर्को गठबन्धन भन्दा एमाले प्रदेश र संघ सरकारबाट बाहिनु प¥यो । पछिल्लो समय फागुनमा एमाले, माओवादी, रास्वासहित समीकरण बनेपछि प्रदेश सरकार अस्थिर बने ।

प्रदेश सरकार निर्माणपछि विवादहरु अहिले धमाधम अदालत पुग्न थालेका छन् । मुख्यमन्त्री नियुक्ति, विश्वासको मतको गणना, सभामुखको भूमिकालगायत विवादमा अदालतले नै फैसला गर्नुपर्ने भएको हो ।

पछिल्लो समय गण्डकी र कोशी प्रदेशको राजनीतिक विवाद पनि अदालतमै पुगेको छ । अदालतको आदेशबाट नियुक्त भएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे विश्वासको मत लिएका छन् भने कोशीमा सरकार प्रतिस्थापन र निर्माणको विवादबारे परेको रिटको सुनुवाइ आइतबार सर्वोच्चको पूर्ण इजलासबाट हुने भएको छ । सभामुखलाई प्रदेशसभा सदस्यको गणनाबाटै हटाएर गण्डकीका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत सर्वोच्चले बदर गरेपछि पाण्डे ठूलो दलको हैसियतमा चौथो पटक जेठ १६ मा मुख्यमन्त्री नियुक्त भएका हुन् । माओवादीको हँसिया हथौडा चुनाव चिह्नबाट निर्वाचित फणीन्द्र देवकोटाले फ्लोर क्रस गरेर उनलाई विश्वासको मत दिएका छन् । माओवादीको संसदीय दलको ह्विप विपरीत विश्वासको मतको पक्षमा मतदान गर्दा पार्टीको ह्विप लाग्ने वा नलाग्ने भन्ने संवैधानिक र कानुनी व्यवस्था प्रस्ट छैन ।

कोशीमा मुख्यमन्त्रीका लागि अन्तिम संवैधानिक व्यवस्थाअनुसार केही महिनाअघि कांग्रेसबाट केदार कार्की मुख्यमन्त्री बनेका थिए । तर, केन्द्रमा गठबन्धन फेरबदलपछि उनी पदबाट हटेका छन् भने एमाले, माओवादीसहितको गठबन्धनबाट हिक्मतबहादुर कार्की मुख्यमन्त्री बनेका छन् । प्रदेशसभाबाट संकल्प प्रस्ताव बहुमतबाट पारित गरेर कार्की नेतृत्वको सरकार प्रतिस्थापन गरिएको थियो । तर, हिक्मतको नियुक्तिमाथि संवैधानिक प्रश्न उठाउँदै तत्कालीन मुख्यमन्त्री कार्की अदालत पुगेका छन् । सर्वोच्चले कार्की निवेदक रहेको रिटमा वैशाख २८ मा अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने सुनुवाइकै क्रममा पाँचवटा संवैधानिक प्रश्नमाथि व्याख्या आवश्यक रहेको स्वीकार गरेको छ ।

प्रमुख राजनीतिक दललहरुले राजनीतिक स्थिरताको नारा दिए पनि सत्ता र केन्द्रीकृत मानसिकताले संघ र प्रदेशलाई झन् अस्थिर बनाउने बाटोमा लागेका छन् । दलहरुको केन्द्रिकृत मानसिकताका कारण प्रदेशमा स्वतन्त्र रुपमा सरकार निर्माण गर्न सक्दैनन् । केन्द्रीय समीकरणलाई प्रदेशमा थोपर्न खोज्दा त्यहाँको सरकार अस्थिर भएको छ । मुलुक संघीय संरचनामा छ, तर दलहरु एकात्मक मानसकितामा छन्, जसका कारण केन्द्रमा फेरिने समीकरणले प्रदेश सरकार झन् अस्थिर हुँदै गएका छन् । क्षेत्रीय पार्टी बलियो भएको भए प्रदेश सरकार यतिधेरै अस्थिरताको दलदल फस्न नपर्ने अवस्था हुने थियो । अहिले राजनीतिक प्रणालीमा ठूला दललको एकात्मक मानसिकता बदल्न क्षेत्रीय पार्टी बलियो हुन आवश्यक छ ।

राजनीतिक दलहरुमा अधैर्य, अदुरदर्शीता र राजनीतिक नैतिकता ह्रास भएका कारण प्रदेशलाई अस्थिरताको चंगुलमा फसाएका छन् । प्रदेशको संरचना र कार्यसम्पादनप्रति प्रश्न उठिरहेका बेला प्रमुख राजनीतिक दलले जिम्मेवारीबोध गरेको देखिँदैन । मुलुकको निर्वाचन प्रणालीको कारण कुनै पनि दलको बहुमत आउने अवस्था नभएकाले संघ र प्रदेश सरकार अस्थिर भएको छ । यस्ता गतिविधिले आर्थिक भारको कुरा त छँदै छ तर राजनीतिक दल विकृत बनाउने काम पनि भएको छ । प्रदेशले विश्वनीयता गुमाउँदै छन् । यस प्रतिकूल परिस्थितिमा सजगताका अघि बढ्नु आजको आवश्यकता हो । जनताका विषयभन्दा पनि दुनो सोझ्याउनेतिर नेताहरू लागेको भन्दै जनतामा अविश्वास जागेको हो । प्रदेशमा भएका यस्ता क्रियाकलापले संघीयतामा संघ र स्थानीय तह नै काफी हुने रहेछ भन्ने जनताको मानसिकतालाई मलजल गर्ने काम अब नेताहरूले गर्नुहुन्न । प्रदेशहरू आफैं सच्चिनु आवश्यक छ । विकल्प खोज्ने बाटो अरूलाई दिन भएन । प्रदेश नेता पाल्ने, मुलुकमा अस्थिरता जन्माउने थलोको रूपमा विकास हुनु भएन । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपालाई बेलायत सरकारकाे बढाई

२८ मिनेट अगाडि
पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

ग्यास अभाव झन् चुलिँदै

३० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

लायन्स क्लबबाट १११ जना महिलाहरुलाई बिशेष सम्मान

अमर बहादुर मालीकाे ‘ज्ञानमाला संगीत सन्ध्या २०८२’ हुने

ग्यास अभाव झन् चुलिँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक