आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

देशमै उत्पादन गर्न सकिने गाँजा बाहिरबाट तस्करी गर्नुपर्ने? अब त आँखा खोल !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालमा लामो समयदेखि गाँजा खेतीलाई प्रतिबन्ध छ । बहुउपयोगी गाँजामाथि प्रतिबन्धका कारण यसको लुकिछिपी खेती तथा निकासी हुँदै आएको छ । सरकारले सेवनको रुपमा बुझेर यसलाई लागुऔषध बताए पनि गाँजाबाट विभिन्न वस्तु निर्माण गर्न सकिने उदाहरण थुप्रै छन् । त्यसैले विदेशीको दबाबमा गाँजा खेतीमा सरकारले लगाएको प्रतिबन्ध खोल्नुपर्ने माग हुँदै आएको छ ।

गाँजामा लगाएको प्रतिबन्धकै कारण यसको खेती, कारोबारमा संलग्नहरु अपराधीसरह बन्नुपरेको छ । उनीहरुलाई प्रहरीले पक्राउ गरेर जेल चलान समेत गर्ने गरेको छ । तर नेपालमा गाँजा आउने र जाने क्रम भने रोकिएको छ । उदाहरणका लागि, ४ चैत २०८० मा कतार एअरलाइन्समार्फत अमेरिकादेखि एउटा वासिङ मेसिन भित्र २० किलो गाजा भेटिएको छ । विमानस्थल भन्सारको कार्गो कम्प्लेक्सको आयाततर्फको गोदाममा उक्त मेसिन राखिएको थियो । भन्सारका कर्मचारीले शङ्कास्पद देखेपछि वासिङ मेसिन खोलेर हेर्दा फल्स बटन बनाएर २० किलो गाँजा फेला पारेका हुन् । गाँजा भेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले लागु औषध नियन्त्रण ब्यूरोको टोलीलाई खबर गरेको थियो । ब्यूरोको टोलीले वासिङ मेसिन मगाउने कम्पनी सुशान्त इम्पेक्सका सञ्चालक सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–५ घर भई काठमाडौं बस्दै आएका ३९ वर्षीय सुखल राउत र उनकी श्रीमती ३५ वर्षीया शान्ति तामाङलाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध लागु औषधसम्बन्धी कसुरमा जिल्ला सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत काठमाडौँबाट मुद्दा दायर गरेको छ । १० किलो भन्दा बढी गाँजा ओसारपसार गरेको भन्दै उनीहरुविरुद्ध दुई वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना माग गरिएको छ ।

नेपालमा नै गाँजाको कारोबारमा रहेको भन्दै दैनिक व्यक्तिहरु पक्राउ पर्ने गरेका छन् । स्वदेशी आम्दानीको गतिलो स्रोत बन्नसक्ने गाँजालाई अब पनि अपराधको श्रेणीमा राख्न नहुने र यसको खेती र निकासीलाई खुला गर्नुपर्ने अहिले आवाज उठ्न थालेको छ । हालै प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको सम्भाव्यताबारे अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पछिल्लो समय जनप्रतिनिधिहरुले पनि गाँजा खेती खुला गर्नुपर्नेमा जोड दिँदै आएका छन् । यसको आम्दानीले मुलुकको अर्थतन्त्रमा ठूलो टेवा दिने उनीहरुको भनाइ छ । यसको खेती र निकासीलाई व्यवस्थित गर्ने हो भने जनताको आर्थिक स्तर सुधार हुने बहसहरु भइरहेका छन् । सरकारले आगामी आव ०८१÷८२ को बजेटमा गाँजा खेतीबारे अध्ययन गर्ने जनाएको छ । त्यसैले गाँजा खेतीको औषधिजन्य र व्यावसायिक प्रायोजनका लागि अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउन आवश्यक छ । गाँजासम्बन्धी कानुन बनाउँदा सामाजिक परिवेशलगायत नियमनको पाटोमा पनि जोड दिन आवश्यक छ । यसमा गहिरो अध्ययन र छलफल भने अनिवार्य छ । यसको दुरुपयोग र समाजमा पर्न सक्ने असरबारे भने पक्कै सचेत बन्नुपर्नेछ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

२ घण्टा अगाडि
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक