काठमाडाैँ । नयाँ बानेश्वरको संघीय संसद् भवन अगाडि आत्मदाहकाे प्रयास गरेका प्रेमप्रसाद आचार्यकाे २५ बुँदे माग पूरा गर्न माग गर्दै माइतीघरमा युवाहरूले प्रद्धर्शन गरेका छन्।
मंगलबार आफूमाथि पेट्राेल छर्किएर आगाे लगाई आत्मदाहकाे प्रयास गरेका इलामका ३७ वर्षीया आचार्यकाे बुधबार बिहान मृत्यु भएपछि उनका माग सम्बाेधन हुनुपर्ने माग राख्दै युवाहरूले सरकारविरुद्ध प्रद्धर्शन गरेका हुन्।
विभिन्न व्यवसाय गर्नखाेज्दा राज्य व्यवस्था र नीति नियम बाधक बनी आफूले काम गर्न नसकेकाे र आफूले काम गरेकाे ठाउँबाट पनि पाउनुपर्ने रकम नपाएका कारण ठूलाे आर्थिक क्षति व्यहाेर्नुपरेकाे भन्दै सामाजिक सञ्जालमा लामाे ‘सुसाइट नाेट’ लेखी आत्मदाह गरेका ती युवालाई न्याय मिल्नुपर्ने माग गर्दै युवाहरूले प्रद्धर्शन गरेका हुन्। लेखक, पत्रकार, विद्यार्थीलगायत विभिन्न पेशामा आवद्ध रहेका युवाहरू सहभागी रहेकाे साे प्रद्धर्शनमा ‘याे देश हाे कि वदशाला?, अर्काे जल्दाे शरीर मेराे नहाेस्, अद्यमशील नेपाल नेपाल नारा मात्रै हाे?
प्रेमप्रासद आचार्यकाे परिवारलाई न्याय दे, देशमै केही गर्छु भन्नु अपराध हाे सरकार? याे आत्महत्या हाेइन हत्या हाे? ठुला व्यापारि कस्काे आश्रयमा? स्व.आचार्यका २५ बुँदे माग पूरा गर’ लगायतका पम्प्लेट बाेकेका छन् ।


