मङ्ल, बैशाख ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन   
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लन्डन  ।  एक समारोहबीच अन्तरराष्ट्रिय कानूनका ज्ञाता प्रा डा सूर्य प्रसाद सुवेदीको जीवनी विमोचन गरिएको छ।

लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख श्रीमती रोशन खनाल तथा एनआरएनएका पूर्व केन्द्रीय सल्लाहकार कुल आचार्यले ‘प्रा. सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ नामक पुस्तक लोकार्पण गरेका हुन्।

साउथ एसिया टाइम अनलाइनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रीमती खनालले नेपालमा सम्विधान निर्माणदेखि नेपाल सरकार विरुद्ध एनसेलको मुद्दामा महत्वपूर्ण सुझाव र सल्लाह दिएर प्रा सुवेदीले मुलुकलाई गुन लगाएको बताइन् ।  उनले प्रा सुवेदीजस्ता विज्ञहरुको विद्वता नेपालको हितमा उपयोग गर्नु पर्नेमा जोड दिइन्।

गैर आवासीय नेपाली संघका पूर्व केन्द्रीय सल्लाहकार कुल आचार्यले नेपालमा एमसीसी विवाद चर्कीरहेका बेला प्रा सुवेदीले व्याख्यात्मक टिप्पणी राख्न सुझाव दिएर विवाद सुल्झाउन योगदान गरेको सम्झना गरे ।  उनले नेपाल-भारत सीमा विवाद लगायतका विवाद समाधान गर्न प्रा सुवेदीले दिएको  सुझाव नेपालका लागि निकै उपयोगी भएको बताए । उनले पुस्तकका लेखक पत्रकारद्वय भगीरथ योगी तथा नवीन पोखरेललाई धन्यवाद पनि दिइन्।

उक्त पुस्तकको बारेमा बोल्दै अक्सफोर्ड विश्वविद्यालयसंग आबद्ध अनुसन्धानकर्ता डा कृष्ण अधिकारीले लम्जुङ्गदेखि बेलायतसम्म प्रा सुवेदीको जीवन यात्रा रोचक र प्रेरणादायी रहेको बताए।  उनले प्रा सुवेदीको जीवनी पढ्दा आफुलाई  बझांगी राजा जयपृथ्वी बहादुर सिंहको सम्झना आएको बताए। उनले राजा जयपृथ्वी बहादुर सिंहजस्तै प्रा सुवेदी पनि अन्तरराष्ट्रियतावादी, मानवतावादी तथा कानूनी राज्यको पक्षधर भएको बताए।  उनले प्रा सुवेदीलाई आफ्ना अनुभवहरु समेटेर अर्को पुस्तक लेख्न पनि सुझाव दिए।

‘बेलायतको प्रगतिको साझेदारको रुपमा दक्षिण एसियाली डायसपोराको भूमिका’ विषयमा बोल्दै प्रा सुवेदीले ब्रिटेनका हरेक जसो क्षेत्रमा दक्षिण एसियाली समुदायले राम्रो प्रगति गरेको बताए।  उनले   अन्य दक्षिण एसियाली समुदायभन्दा ढीलो बेलायतमा स्थायी बसोबास गर्न लागेको भए पनि नेपाली आप्रवासी समुदायले व्यापार व्यवसाय, सेवा र प्राज्ञिक क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको जनाए।

कार्यक्रममा सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गरेका ‘डबल अबभ नी एम्पुटी’  भूतपूर्व गोर्खा  हरि बुढा मगर, बार्नेट काउन्सिलका पूर्व डेपुटी मेयर लक्ष गुरुङ, कन्सलट्यांट नर्स सुमन श्रेष्ठ एमबीइ, डा कपिल रिजाल, उद्यमी योगेन क्षेत्री, उद्यमी उत्तम नेपाल, समाजसेवी रविन्द्र जंग लामिछाने,  चर्चित कलाकार गोविन्द साह ‘आजाद,’  द मेक्सवर्थ फाउन्डेशनका संस्थापक संजय शाह, फेशन डिजाइनर संयुक्ता श्रेष्ठ,  गायिका सितु खरेल,  गोर्खा अभियानकर्ता ज्ञानराज राइ,  एनआरएन अभियन्ता दयानिधि सापकोटा  लगायत  समाजका विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। त्यस्तै प्रायोजकहरुलाई पनि सम्मान गरिएको थियो।

साहित्यकार डा संगीता स्वेच्छाले संचालन गरेको कार्यक्रममा  साउथ एसिया टाइम अनलाइनका प्रधान सम्पादक भगीरथ योगीले सबैलाई स्वागत गरे  भने सम्पादक डा जगन कार्कीले धन्यवाद ज्ञापन गरेका थिए ।

यो पनि पढ्नुहोस्

महेश्वर पन्तको ‘धर्तीमुनिका तारा’ सार्वजनिक

महेश्वर पन्तको ‘धर्तीमुनिका तारा’ सार्वजनिक

१ महिना अगाडि
पूर्व प्रधानमन्त्री वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन

पूर्व प्रधानमन्त्री वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन

४ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या घटाउन सुझाव

भूपदेव शाह रास्वपाका महामन्त्री

बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढ्याे

पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल युएइसँग ६ विकेटले पराजित

यस्ताे छ दिनभरकाे माैसम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक