मङ्ल, भदौ २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सकियो नवप्रवर्तन सम्मेलन

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
सकियो नवप्रवर्तन सम्मेलन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ — नवप्रवर्तनसम्बन्धी बहस कार्यक्रमको निरन्तरता, सहकार्यको वातावरण निर्माण गर्ने निष्कर्ष निकाल्दै पहिलो राष्ट्रिय नवप्रर्वतन सम्मेलन समापन भएको छ ।  नेपाल विज्ञान तथा प्रविधि प्राज्ञ प्रतिष्ठान (नास्ट), रोबोटिक्स क्लबलगायतका संस्थाले आयोजना गरेको सम्मेलनले उद्योग र प्राज्ञिक क्षेत्रबीचको सहकार्यलाई घनिभूत बनाउने निष्कर्ष निकालेको नास्टका प्रवक्ता डा रवीन्द्र ढकालले बताए । ‘सम्मेलन सफलापूर्वक सम्पन्न भयो । नवप्रवर्तन सम्बन्धी बहस र सहकार्यलाई अझ व्यापक बनाउने, प्राज्ञिक र उद्योगिक क्षेत्रबीचको समन्वयलाई जोड्नुपर्ने निष्कर्ष भयो, ’ डा. ढकालले भने । सम्मेलन उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाली अनुसन्धानकर्ताहरुलाई स्वदेशमै काम गर्ने वातावरण मिलाउनुपर्ने भन्दै नवप्रर्वतनमा जोड दिनुपर्ने बताए । विदेशिने नेपाली अनुसन्धानकर्ताहरुलाई स्वदेशमै बस्ने वातावरण बनाउन नवप्रवर्तनको विकास अनिवार्य भएको बताउँदै उनले समाजलाई आवश्यक पर्ने प्रविधि निर्माण आवश्यक रहेको मन्त्री खनालको भनाइ थियो । सम्मेलनमा स्वदेश तथा विदेशबाट आएका अनुसन्धानकर्ताहरुले आफ्नो ‘किनोट स्पिच’ दिएका थिए । विज्ञान सचिव इन्जिनियर प्रमिलादेवी बज्राचार्य, विभिन्न विश्वविद्यालयका उपकुलपतिहरु, अनुसन्धानकर्ताहरु, उद्योग वाणिज्य महासंघलगायतका संघसंस्थाको प्रतिनिधिहरुले नवप्रवर्तनसम्बन्धी विमर्श गरेका थिए । यस्तै, सम्मेलनमा नवप्रवर्तनसम्बन्धी विभिन्न २० वटा प्रदर्शनीहरु समेत गरिएको थियो । नेसनल इनोभेसन डिजिटल नेटवर्कले सातैवटै प्रदेशमा आयोजना गरेको कार्यक्रमबाट उत्कृष्ट भएका नवप्रवर्तन सम्बन्धीका कामहरुलाई प्रदर्शनीमा राखिएको प्रवक्ता ढकालले जानकारी दिए । नास्टबाट अनुदान पाएका, वाग्मती प्रदेश सरकारबाट अनुदान पाएका नवप्रवर्तन सम्बन्धीका उत्पादनहरु सम्मेलनमा प्रदर्शनी गरिएको थियो । सम्मेलनमा विभिन्न २ सयभन्दा बढीको उपस्थिति रहेको डा ढकालले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

कांग्रेशद्वारा उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान

कांग्रेशद्वारा उद्धार कोषमा एक करोड रुपैयाँ सहयोग प्रदान

९ घण्टा अगाडि
‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन, अझै ५९ शो प्राप्त

‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन, अझै ५९ शो प्राप्त

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नारायणगढ–मुग्लिन सडकखण्ड सवारी आवागमन आंशिक रूपमा रोकिने

रास्वपाका सभापति र अमेरिकी विदेशमन्त्रीबीच संवाद

‘जेन–जी सहिद स्मारक पार्क’ को शिलान्यास

नेकपाद्वारा पुनर्निर्माणका लागि २४ बुँदे विशेष प्रस्ताव पारित

बाढी सम्बन्धी भिडियो बनाएर पोष्ट गर्ने पक्राउ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक