मङ्ल, चैत्र ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

नेपालसँग चीन किन सशंकित भइरहन्छ ? भारतपरस्तताको परिणाम कि अरु केही ?

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

विश्वमा भूराजनीतिक ध्रुवीकरण बढ्दो छ । एकातिर, युरोप–अमेरिकाको खेमा छ, अर्कोतिर रुस, चीन, उत्तर कोरियाजस्ता देशहरुको समूह । एसियाका मध्यपूर्वका मुस्लिम बाहुल्य देशहरुको संगठन पनि अहिले सशक्त रुपमा प्रस्तुत हुँदै आएको छ । एसियाका दुई शक्तिशाली राष्ट्र चीन र भारत आगामी दिनमा झनै शक्तिको केन्द्र बन्ने भएपछि विश्वको ध्यान यी देशहरुमा पनि छ । विशाल जनसंख्या, जुन जनशक्ति र बजारको दृष्टिले महत्वपूर्ण छ, त्यसैले पनि अन्य देशहरुको नजर भारत र चीनतर्फ बढेको हो । यी दुवै देश नेपालको छिमेकी भएकाले स्वाभाविक रुपमा यसको असर नेपालमा पनि पर्ने नै भयो । नेपालको भूराजनीतिक अवस्थितिको महत्वका कारण अहिले शक्तिराष्ट्रहरुको चासो यहाँ बढ्न थालेको छ । के त्यसका लागि नेपाल भने तयार छ ?

कूटनीति, यो शब्द आफैंमा विशाल व्याख्या, रणनीति, शासकीय चातुर्य आदिले भरिएको छ । तर, नेपालमा भने कूटनीतिक विषय सधैं ओझेलमा परेका छन् । अझ भन्नुपर्दा नेपालका राजनीतिक दलहरु आन्तरिक विषयमा नै अल्झिँदा कूटनीतिको विषयमा गम्भीर रुपमा मन्थन हुन सकेको छैन । यही कारण नेपालले आफ्ना छिमेकी र सदियौंदेखि सम्बन्ध भएका चीन र भारतलाई पनि विश्वासमा लिन सकेको छैन । भूपरिवेष्ठित देश नेपाल चीन र भारतसँग मात्र जोडिएको छ । भारतसँग सीमा मात्र होइन, वर्षौंदेखि व्यापार, संस्कृति र सम्बन्ध पनि जोडिएको छ । चीनतर्फ केही भौगोलिक कठिनाइ छ, तर सम्बन्ध विस्तार भने धेरै पुरानो छ । यति हुँदाहुँदै पनि नेपालले चीन र भारतको विश्वास किन जित्न सकेको छैन त ? कूटनीतिक परिपक्वताको अभाव ।

नेपालको कूटनीति स्थिर छैन । दलपिच्छे छिमेकी देशहरुसँगको सम्बन्धलाई हेर्ने दृष्टिकोण फरक छ । त्यसैले सत्तामा पुग्ने दलहरुको नीतिअनुसार कूटनीति फेरिँदा छिमेकी देशहरुले पनि हामीलाई विश्वास गर्न सकेका छैनन् । देश र दलको कूटनीति फरक हुनसक्छ, हुनुपर्छ । तर, नेपालमा भने दलका अनुसार देशको कूटनीति फेरिने गरेको छ । अर्कोतर्फ छिमेकीहरुको स्वार्थ र आफ्नो देशको हितलाई बुझेर त्यही अनुसार कूटनीति निर्धारण गर्न पनि नेपाल असफल हुँदै आएको छ ।

नेपालमा धेरैजसो दलहरु भारततर्फ ढल्किएका छन् । लामो समयदेखि भारतले नेपाली राजनीतिमा हस्तक्षेपमूलक व्यवहार प्रदर्शन गर्दै आएको छ । नेपालमा भएका ठूलो परिवर्तनमा भारत कुनै न कुनै रुपमा जोडिनु यसको उदाहरण हो । सात सालको परिवर्तनदेखि पछिल्लो समय दोस्रो आन्दोलनअघि दिल्लीमा भएका सम्झौता पनि यसका उदाहरण हुन् । भारतका लागि व्यापार बजार, पानी तथा जलविद्युत्को स्रोत नेपाल जति अस्थिर हुन्छ, त्यति उसका लागि फाइदा हुन्छ । यहीकारणले नेपालले विभिन्न कालखण्डमा भारतसँग थुप्रै असमान सम्झौताहरु गरेको छ । भारतको हेपाहा प्रवृत्तिका कारण सीमा समस्या ज्यूँका त्यूँ छ । नेपालका भूभागहरु कालापानी, लिपुलेक र लिम्पियाधुरामा अतिक्रमणमुक्त गर्न भारत चाहिरहेको छैन ।

पछिल्लो समय चीनसँगको भौगोलिक कठिनताका बीच नेपालले विभिन्न नाकाहरु सञ्चालन गरेको छ । तर, यी नाकाहरु सहज भने छैनन् । यी नाका पनि लामो समयदेखि सञ्चालनमा आउने भनिए पनि चीनले खुला गर्न ढिलाइ गर्दै आएको थियो । यसको कारण हो, नेपालप्रति चीनको सशंकित व्यवहार । चीनले नेपालमा सधैं एक चीन नीतिप्रति प्रतिबद्धता खोज्दै आएको छ । नेपालमा भ्रमणमा आउने अधिकांश चिनियाँ नेताहरुले नेपालमा हुने चीनविरोधी गतिविधिप्रति चिन्ता व्यक्त गर्दै आएका छन् । चीनका तिब्बती भूभाग नेपालसँग जोडिएका छन् भने तिब्बती शरणार्थीहरु राजधानी काठमाडौंका विभिन्न क्याम्पमा बस्दै आएका छन् । उनीहरुले चीनविरोधी गतिविधि गर्दा यसले नेपालको कूटनीतिमा पनि असर पुगेको हो ।

समग्रमा अहिले कूटनीतिक स्थिरता र परिपक्वताको आवश्यकता नेपाललाई छ । नेपालले लामो समयदेखि असंलग्न परराष्ट्र नीति अपनाउँदै आएको छ । तर, कूटनीतिक रुपमा शक्तिशाली बन्न नसक्दा नेपालीहरु अहिले पनि रुसी सेनामा कार्यरत छन्, नेपालले पटकपटक आग्रह गर्दा पनि उनीहरुलाई पठाउन रुसले मानेको छैन । हमास विद्रोहीको कब्जामा अहिले पनि नेपाली नागरिक विपीन जोशी कैद छन् । तर, उनलाई छुटाउन नेपाल सफल हुन सकेको छैन । हमाससँग राम्रो सम्बन्ध भएका कतारका राजाले हालै नेपाल भ्रमण गर्दा पनि नेपालले जोखिमलाई छुटाउन पहल बाहेक अन्य उपलब्धि हुन सकेन । कूटनीतिक परिपक्वताको कमीका कारण छिमेकी देश हामीप्रति सशंकित छन् । विश्वको यो ध्रुवीकरणबीच अब भने नेताहरुले कूटनीतिबारे सोच्ने हो कि ? जनधारणा साप्ताहिक

 

 

 

 

यो पनि पढ्नुहोस्

आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त

समानुपातिक  उम्मेदवारले चैत ५ गते प्रमाणपत्र पाउने

३ मिनेट अगाडि
पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

एलपी ग्यासको अवैध कारोबार तत्काल ११३७ मा निःशुल्क फोन गरेर जानकारी गराउन अनुराेध

७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले अभिमुखीकरण प्रशिक्षण दिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ओम सुनारको टिकटक लाइभ संगीत कक्षा: संगीत सिक्न चाहने सबैका लागि अवसर

राजनीतिक थ्रिलर चलचित्र ‘वन ब्याटल आफ्टर अनदर’ ८८ले ९८औँ अस्कर अवार्ड जित्याे

बालेन शाहको उदय र नेपालको भविष्य

बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक