आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

लोकतन्त्रमा दलका नेता, सांसद र सभामुखको भूमिका !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
लोकतन्त्रमा दलका नेता, सांसद र सभामुखको भूमिका !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जनपक्षीय कानुन निर्माणको थलो संसद् अहिले सत्ता र प्रतिपक्षको भीडन्तको स्थान बनेको छ । प्रमुख प्रतिपक्ष कांग्रेसले सहकारीको बचत अपचलन प्रकरणलाई चर्काएर संसद् अवरुद्ध गर्दै आएको छ । यो प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग कांग्रेसको माग छ । सुरुवातमा लामिछानेको संलग्नता नदेखिएको भन्दै सरकारले छानबिन समिति गठन गर्न अस्वीकार गर्दै आएको थियो । पछिल्लो समय सरकार तयार भए पनि कांग्रेसको अन्य शर्तका कारण समिति गठन हुन सकेको छैन । सरकार भने संसदीय कारबाही जसरी पनि सञ्चालन गर्ने पक्षमा छ । त्यही कारण संसद्मा कांग्रेसको विरोधका बाबजुद पनि सरकारले संसदीय काम कारबाही अघि बढाएको छ ।

संसदको अवरोधबीच पहिले नीति तथा कार्यक्रम प्रस्तुत गरेको सरकारले हालै मात्र विश्वासको मत लिएको छ । संसद् अवरुद्ध भइरहँदा विश्वासको मत लिन पनि अप्ठ्यारो पर्ने स्थिति देखिएपछि हतारहतारमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएका हुन् । तर, त्यस क्रममा पनि कांग्रेसले नाराबाजी गरेको थियो । जसबाट असन्तुष्ट भएका प्रधानमन्त्री प्रचण्डले कांग्रेसको गतिविधिमा इतिहासमा कलंकको रुपमा स्थापित हुने र यसको मूल्य कांग्रेसले चुकाउनपर्ने चेतावनी पनि दिए । तर, कांग्रेस भने सहमतिको बाटोमा भन्दा यो विषयलाई अझै उचाल्ने पक्षमा देखिएको छ । संसदीय कारबाहीलाई जसरी पनि अघि बढाउने सरकारको प्रयासमा सभामुख देवराज घिमिरेले पनि साथ दिएका छन् । कांग्रेस सडक आन्दोलन चर्काउने रणनीतिमा छ । सत्तापक्ष विपक्षीलाई पेलेर नै जाने योजनासाथ अगाडि बढेको सोमबार र मंगलबार बसेको प्रतिनिधिसभा बैठकको दृश्यले प्रष्ट पारेको छ । सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा कायमै रहँदा लामो समयदेखि संसद् बन्धक छ । तर अवरुद्ध संसद् बैठक सुचारु गर्न सरकार अहिलेसम्म सफल हुन सकेको छैन ।

लोकतान्त्रिक व्यवस्थामा संसद् कुनै पनि बहानामा बन्धक वा अनिर्णयको थलो बन्नु ठीक होइन । यसले समग्र संसदीय व्यवस्थाको औचित्य र उपादेयतामाथि नै प्रश्न उठाउने खतरा बढेको छ । तर, विभिन्न बहानामा कहिले कांग्रेस, कहिले एमाले त कहिले माओवादीले संसद् अवरुद्ध गरेका विगतका उदारहण धेरै छन् । यस्तो अवस्थामा दलका शीर्ष नेता, सांसद र सभामुखले यसको पहलकदमी लिनु र समस्या समाधानको दिशामा छलफल बढाउनु आवश्यक छ । तर, अहिलेको परिस्थितिमा भने समस्या समाधान गर्ने र संसदको अवरोध खुलाउनेतर्फ कसैको पहलकदमी देखिएको छैन । अब नयाँ आर्थिक वर्षको लागि बजेट ल्याउने तयारीमा सरकार छ । तर संसदमा देखिएको अवरोधका कारण सहज रुपमा बजेट आउने देखिँदैन । यसले विकास निर्माणलाई पनि असर पुग्ने निश्चित छ । समग्र देशको अर्थतन्त्रमा असर पुग्ने यस्ता गतिविधिलाई रोक्न पनि अहिले राजनीतिक अग्रसरता आवश्यकता छ, जसले देशमा स्थिरता कायम गरोस्, राजनीति विवादमा होइन, विकासमा केन्द्रित होस् । यसका लागि सत्तापक्ष, सभामुख, सांसद सबैको विशेष भूमिका आवश्यक छ । जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

२ घण्टा अगाडि
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक