शुक्र, अशोज २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

विरोधीहरुले थाहा नपाएको रविको गोप्य काम !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
 –निमकान्त पाण्डे
छोटो समयमा नेपाली राजनीतिमा उदाएका रास्वपा सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अहिले सर्वाधिक चर्चामा छन् । यसअघि सञ्चारकर्मी रहेका उनी पटकपटक चर्चा र विवादको शिखरमा छन् । वा भनौं चर्चा वा विवाद र लामिछाने पर्यायवाची हुन् कि भन्ने जस्तो देखिन थालेको छ । सञ्चारकर्ममा आक्रामक प्रस्तोताका रुपमा देखिने लामिछाने राजनीतिमा पनि आक्रामक रुपमा नै उदाए । उनले गठन गरेको रास्वपाले छोटो समयमा जनताको उल्लेख्य मत हासिल गरी चौंथो ठूलो दलको रुपमा स्थापित भयो ।
अहिले रास्वपा सत्ता गठबन्धनका लागि बलियो र नभईनहुने सहयोगीका रुपमा देखापरेको छ । पहिला लामिछानेको चर्चाको कुरा गरौं, मिडिया जगत् वा राजनीतिक क्षेत्रमा उनको जे जस्तो छवि भए पनि जनतामाझ भने उनी लोकप्रिय छन् । चितवनमा निर्वाचन जितेर आएका उनको सांसद पद नागरिकता विवादका कारण खारेज भयो । तर, उपनिर्वाचनमा उसैगरी जनताको मतले निर्वाचित भएर सांसद बने । त्यसकारण अरुलाई मन नपरे पनि जनता उनको साथमा छन् भन्ने स्पष्ट हुन्छ । जनमतलाई कदर नगर्ने भन्ने कुरा पनि हुँदैन ।
रास्वपा अहिले माओवादी, एमालेको गठबन्धनमा छ । सत्ताबाट बाहिरिनु परेको पीडाका कारण प्रमुख प्रतिपक्षी दल कांग्रेस निरन्तर सरकारको आलोचनामा छ । उसलाई मसला मिलेको छ, लामिछानेको पछिल्लो विवाद । सहकारीको बचत अपचलन प्रकरणमा आफ्ना पूर्व सहकर्मी जीबी राई मुछिएपछि लामिछाने पनि विवादमा तानिएका छन् । राई नेपालका विभिन्न सहरमा सहकारी सञ्चालक हुन् । उनले आफ्नो सहकारीको बचत रकम अपचलन गरेको विवरण सार्वजनिक भइरहेका छन् । त्यसमध्येको केही रकम गोरखा मिडियामा लगानी गरेका थिए, जसको कुनैबेला प्रबन्ध निर्देशक लामिछाने थिए । कांग्रेस अहिले सहकारी बचत अपचलनमा लामिछाने मुछिएको भन्दै संसदीय छानबिन समिति गठन गर्नुपर्ने र लामिछानेले राजीनामा समेत दिनुपर्नै अडानमा देखिएको छ । लामिछाने छानबिनमा तानिँदा रास्वपा सरकारबाट बाहिरिने र यो सरकार ढल्ने अपेक्षा कांग्रेसको छ ।
विवादको श्रृंखला यहीँ रोकिएको छैन । गृहमन्त्री लामिछानेले कान्तिपुर मिडिया प्रालिका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता प्रकरणमा पक्राउ गरेको घटनालाई प्रेसमाथिको आक्रमण भन्दै समाचारका शीर्षक बनिरहेका छन् । यसमा जनमत पनि दुईतर्फ देखिएको छ । केहीले नागरिकता दुरुपयोगमा पक्राउ पर्नु सामान्य भएको जनाएका छन् । यसलाई मिडियाको आडमा चोख्याउन नमिल्ने उल्लेख गरेका छन् । केहीले यसलाई लामिछानेले प्रतिशोध साधेको रुपमा उल्लेख गरेका छन् ।
चर्चा र विवादबीच गृहमन्त्री र मन्त्रालय भने आफ्नो काममा निरन्तर लागिरहेको देखिन्छ । यसको एउटा उदाहरण हो, गृहमन्त्रीले आफ्नै मन्त्रालयको प्रवेशद्वारमै टिम खटाएर गरिरहेको जनसेवा । लामिछानेको विवादलाई मात्र उछाल्ने प्रेस जगत्ले उनका यस्ता राम्रा कामतर्फ भने ध्यान पु¥याएको देखिँदैन । सामान्य नागरिकका लागि पहुँच बाहिर बन्ने गरेको सिंहदरबारभित्रको गृह मन्त्रालयमा आजभोलि दैनिक झण्डै ५० भन्दा बढी व्यक्ति आफ्ना समस्या लिएर पुग्ने गरेका छन् ।
लामिछाने गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेदेखि मन्त्रालयको ढोकैमा ‘हेल्प डेस्क’को व्यवस्था गरेका छन्, जहाँ उनका सचिवालयका सदस्यहरू, कानुन व्यवसायीहरू पीरमर्का लिएर आएका सर्वसाधारणको समस्या समाधान गर्न खटिने गरेका छन् । ‘हेल्प डेस्क’ले उनीहरूका गुनासो सुन्दै कहाँबाट समस्या उत्पन्न भएको हो, सम्बन्धित निकायमा फोन गर्दै त्यसको सत्यतथ्य बुझ्दै समाधानका लागि पहल गरिरहेका छन् । प्रहरीले मुद्दा दर्ता नगरिदिएको, उल्टै पक्राउ पुर्जी जारी भएको अपराधीसँग मिलेर हिँडेको, सर्वसाधारणको गुनासो सुन्ने नगरेको, वैदेशिक रोजगारीमा ठगीजस्ता गृह मन्त्रालय अन्तर्गतका कार्यालयसँग सम्बन्धित गुनासो लिएर सर्वसाधारणहरू मन्त्रालयमा पुग्ने गरेका छन् । मन्त्री, कर्मचारी र पार्टीका कार्यकर्ताहरूको बढी मात्रामा चहलपहल हुने गरेको गृह मन्त्रालयमा सर्वसाधारण नागरिकहरूको पनि चहलपहल बढिरहेको देखिनु सकारात्मक पक्ष हो ।
प्रेस जगत्ले लामिछानेका यस्ता कार्यहरुलाई स्थान दिन आवश्यक देखिएको छ । गृहमन्त्री लामिछाने अवश्य नै पछिल्लो समय संसदमा प्रतिपक्षी कांग्रेस र केही मिडियाबाट घेरिएका छन् । तर, उनले संसद्मा भनेजस्तै जनताको समस्या मिलाउन आएको हो भने त्यसलाई पुष्टि गर्न सक्नुपर्छ । सत्तामा रहनु वा टिक्नु मात्र ठूलो काम हैन, सत्तामा पुगेर जनताको पक्षमा र देशको हितमा केही न केही काम गर्न सक्नु पर्दछ, रबिको छबि देखाउने अवसर छ, आगे चेतना भया ! जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

सुनको अवैध धन्दा चलाउने तीन चिनियाँ पक्राउ

१ घण्टा अगाडि
बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

एआईजी वंशीराज दाहालमाथि कारबाही

तेस्रो संस्करणको एनपीएलको तयारीमा जुट्याे

कांग्रेसमा नयाँ नेतृत्व चयन गर्न मतदान शुरू

भू–माफिया ठण्डिराज र केदारनाथ उपाध्यायले यसरी कुम्ल्याए २८ करोडको सरकारी जग्गा

डिजिटल माध्यमबाट विद्युत महसुल तिर्न अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक