शनि, असार १३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

प्रचण्डले नभुलेको अर्को एउटा विषय थपियो !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 –निमकान्त पाण्डे

हालै सर्लाहीमा भएको एक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसप्रतिको आफ्नो प्रतिबद्धता सम्झना गर्नुभयो । प्रचण्डले कार्यक्रममा मधेसका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको र त्यसलाई नभुलेको शब्द दोहोराउनु भयो । १० वर्षे जनयुद्धबाट राष्ट्रिय राजनीतिमा उदाएका प्रचण्डले यस क्रममा धेरै वाचा र प्रतिबद्धता गरिसक्नु भएको छ । शान्ति प्रक्रियामा आएसँगै यतिका वर्षसम्म राजनीतिक केन्द्रमा रहेका कारण पनि स्वाभाविक रुपमा जनताले आशा र भरोसा गर्ने नै भए । तर, युद्धबाट सत्ताको नेतृत्व गर्ने तहमा आइपुगेको करिब २ दशक पुग्न लाग्दा भने देश र जनताको अवस्था ज्यूँका त्यूँ छ भने प्रचण्डले आफ्नो प्रतिबद्धता भुलेको छैन भन्ने अवस्था आइरहनु दुर्भाग्य हो ।

माओवादीले गरेको जनयुद्धको मुख्य लक्ष्य नै समाजमा दशकौंदेखि अन्याय, अत्याचार र शोषणमा परेका वर्गको उत्थान हो । गरिब, श्रमिक, किसान, सीमान्तकृत, महिला, अल्पसंख्यकलाई अगाडि ल्याउने उद्देश्यले नै माओवादीले राज्यको सामन्ती व्यवस्थाविरुद्ध युद्ध लडेको थियो । समग्रमा सर्वहारावर्गको पक्षमा भएको यो लडाइँको उद्देश्य आजसम्म पनि पूरा हुन सकेको छैन । प्रचण्ड नेतृत्वको माओवादीले देशमा सामन्तवादको अवशेष रहेको राजतन्त्रलाई अन्त्य गरेको छ, लोकतन्त्र र गणतन्त्रको बहाली भएको छ । सामाजिक सोच र विचारमा परिवर्तन ल्याएको छ । तर, जनताको अवस्थामा भने अझै सुधार आउन सकेको छैन । यसको मतलब यतिका वर्षसम्म पनि प्रचण्डले जनतासँग गरेका वाचा पूरा भइसकेका छैनन् । मधेसकै कुरा गर्ने हो भने, आज पनि यहाँको ठूलो जनसमुदाय गरिबीको मारमा छ, मधेसका जनताले अशिक्षा र गुणस्तरीय स्वास्थ्यसेवाको अभाव सहँदै आएका छन् । मिटरब्याजको समस्या भोग्दै आएका छन् । तर, सरकार यी सबै समस्या समाधान गर्न सफल हुन सकेको छैन । प्रचण्ड स्वयंले मिटरब्याजपीडितका समस्या समाधान गर्न र नागरिकताविहीन जनताको मागलाई सम्बोधन गर्न आफू नेतृत्वको सरकारले प्राथमिकताका साथ काम गरेको दाबी गरेका छन् ।

आगामी आवको नीति तथा कार्यक्रम एवं बजेटमा मधेस प्रदेशलाई पहिलो प्राथमिकतामा राख्ने उल्लेख गरेका छन् भने तराईमा सिँचाइ र विद्युतीकरणका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको दाबी गर्नु भएको छ । उहाँकै शब्दमा भन्नुपर्दा ‘मधेसको जमिन सिँचाइमा नहुँदासम्म उत्पादकतत्व बढ्दैन, जनताले रोजगारी पाउँदैन र समृद्धि पनि हासिल हुँदैन ।’ तर, यो प्रतिबद्धता पूरा होला त रु यसको जवाफ स्वयं प्रचण्डलाई नै थाहा होला । तर, जनताको आधारभूत आवश्यकता अझै पूरा हुन नसकेको र सरकारले गर्नुपर्ने काम अझै धेरै रहेको प्रचण्डको अभिव्यक्तिबाट स्पष्ट हुन्छ । के पछिल्लो २ दशकमा सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्नुमा प्रचण्ड मात्र दोषी हुनुहुन्छ त रु त्यसो पनि भन्न मिल्दैन । यो दुई दशकमा हाम्रो समग्र राजनीतिक नेतृत्व नै असफल भएको भन्दा अत्युक्ति नहोला । त्यसमा हालका प्रधानमन्त्री प्रचण्ड यस अवधिमा राजनीतिक केन्द्रविन्दुमा भएकाले उहाँ पनि हालसम्मका सफलता असफलता दुवैका जिम्मेवार नै हुनुहुन्छ । प्रचण्डले एउटा ऐतिहासिक पृष्ठभूमि बोकेको माओवादी पार्टीको नेतृत्वमा हुनुहुन्छ । तर, पछिल्लो समय यो पार्टीले जनमत गुमाउँदै गएको छ । पहिलो संविधानसभा चुनावमा पहिलो पार्टी बनेको माओवादी त्यसयता निरन्तर ओरालो लागेको छ । पछिल्लो समय त ३२ सिटमा तेस्रो पार्टीमा खुम्चेको छ । यो सिट पनि अन्य दलसँगको गठबन्धनका कारण माओवादीले जितेको हो ।

आगामी चुनावमा गठबन्धन नभए माओवादीले थप क्षति व्यहोर्ने अनुमान छ । यो पार्टीको निरन्तर नेतृत्व गरेकाले प्रचण्ड यसको आरोह अवरोहको दुवैको जिम्मेवार हुन् । जनयुद्ध, शान्ति प्रक्रिया हुँदै मूलधारको राजनीतिमा आई यतिका वर्ष शक्तिको केन्द्रमा रहेका माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको क्रान्तिताकाको ओज पनि घट्दै गएको छ । उहाँ स्वयं विगतका आफ्नै गल्तीहरुले घेरिनु भएको छ, परिवारवादको आरोपले आलोचित हुनुभएको छ । तर, प्रचण्ड आफूले गरेको गल्तीलाई स्वीकार्न भने पछि पर्नु हुन्न । आफ्नो कार्यकाल धेरै नभएको स्वीकार्नुहुन्छ उहाँ । यसबीचमा समग्र जनयुद्धको विरासत र माओवादीको भविष्यको जिम्मेवारी प्रचण्डको काँधमा छ ।

देश र जनताको पक्षमा काम गर्ने सायद अन्तिम अवसर पनि । दशकौंदेखि माओवादीको एकक्षत्र रुपमा नेतृत्व गरिरहेका प्रचण्डलाई अब यो पार्टीलाई अन्तिम अवस्थामा पु¥याउने वा फेरि पुनर्जागरणमा ल्याउने अवसर पनि छ । देश विकासको बाटोमा अघि बढाएर चीरकालसम्म जनताले सम्झिरहने नेताको रुपमा पनि आफूलाई स्थापित गर्न सक्नु हुन्छ प्रचण्ड । प्रधानमन्त्री प्रचण्डको यस कार्यकालमा भ्रष्टाचारको फाइल खोलेर उहाँले केही काम देखाउने प्रयास पनि गर्नु भयो। त्यसलाई टुंगोमा पु¥याउन सकेका भए उहाँको कार्यकाल तारिफयोग्य नै हुनेथियो । माओवादीले पनि गुमेको विरासत फेरि पाउने सम्भावना रहनेथियो । प्रचण्ड सामु जनअपेक्षित कामहरु देखाउने अवसर प्रशस्तै छन्, केही चुनौतिहरु सामना गर्दै काम देखाउँदै अगाडि बढ्ने हो भने प्रचण्ड निर्बकल्प नेताका रुपमा स्थापित हुन सक्ने अवस्था छ,  यसका लागि स्वयम् प्रचण्डले यो कार्यकाललाई जनअपेक्षा पूरा गर्ने आफ्नो अन्तिम अवसरको रुपमा लिन जरुरी छ, आगे कमरेड प्रचण्डलाई चेतना भया !  जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित

रास्वपा उपसभापतिमा सोबिता गौतम निर्वाचित

७ घण्टा अगाडि
जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

जनचेतना भए लागू पदार्थको कुलतबाट छुटकारा

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

तिर्थमान महर्जनकाे गीति एल्बम “जवानीको जोशमा” सार्वजनिक

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

आज सुनको मूल्य बढ्याे

रातोमच्छिन्द्रनाथ जात्रामा भोटो अर्थात् हेलागुलि लं के हो ?

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक