सोम, भदौ २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेपाल सरकारबाट भारतलाई शान्त कूटनीतिक सन्देश !

नेपालको भूभाग खाली गर्न भारतलाई कूटनीतिक दबाब/भारतका विदेशमन्त्रीको अमर्यादित प्रतिक्रिया

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
नेपाल सरकारबाट भारतलाई शान्त कूटनीतिक सन्देश !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । भारतले लामो समयदेखि अतिक्रमण गरेको नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई छोड्न नमानेपछि नेपाल सरकारले ‘नेपाली नोटमा नयाँ चुच्चे नक्सा’ छाप्ने निर्णय गरेर भारतलाई शान्त र गम्भीर कूटनीतिक सन्देश दिएको छ । अघिल्लो बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा हाल चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नेपालको नयाँ नक्सा (चुच्चे नक्सा) राखेर नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति दिएको हो ।
भारतले अतिक्रमण गरेको भूभाग र अन्य विवादित सीमाबारे नेपालले पटकपटक आवाज उठाउँदै आएको छ । सीमा समस्या समाधानका लागि नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाउनुका साथै उच्चस्तरीय रुपमा छलफलका लागि आग्रह गर्दै आएको छ । तर, भारतले हरेकचोटि नेपालको आग्रहलाई बेवास्ता गर्दै आएको छ, जसका कारण सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीले वर्षेनि विभिन्न सास्ती भोग्दै आएका छन् । सीमा समस्या समाधानका लागि नेपाल र भारतले संयुक्त रुपमा बुद्धिजीवीहरुको समूह बनाएर ईपीजी प्रतिवेदन तयार पारेको थियो । त्यो प्रतिवेदनलाई पनि भारतले बुझ्न नमानेको वर्षौं भइसकेको छ । भारतले कुनै पनि तरिकाबाट सीमा समस्या समाधान गर्न चासो नदिएपछि नेपाल सरकारले नोटमा नयाँ नक्सा राख्ने निर्णय गरेर भारतमाथि दबाब बढाएको हो ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पनि नेपाल र भारतबीच सीमा समस्या विशेषतः दुई ठाउँ सुस्ता र कालापानीमा रहेको बताएका छन् । सोमबार राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले सीमा समस्या समाधानका निम्ति वार्ता समेत भइरहेको जानकारी दिए । उनले कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न पहल भइरहेको जनाए ।
‘नेपाल भारत सीमा समस्या विशेषतः दुईवटा ठाउँमा, सुस्ता र कालापानीको सन्दर्भमा हाम्रो सीमा समस्या समाधान भइसकेका छैनन् । यो औपचारिक वार्ताको टेबुलमा छ । त्यसको निम्ति निश्चित संयन्त्रहरु पनि छन् । तर त्यसले समाधानको बिन्दुमा पुग्ने काम भइसकेको स्थिति छैन । हाम्रो नेपालको भू–भाग औपचारिक रुपले नेपालले नै सार्वभौमसत्ता र भौगोलिक अखण्डता अभ्यास गर्न पाउनेगरी आउनुपर्छ भनेर भनिराखेका छौँ । त्यो बारेमा समाधान भइरहेको छैन । हामी कूटनीतिक माध्यमबाट टेबुलबाट नै समस्याको समाधान गर्नुपर्छ भन्नेमा छौँ । पहल जारी छ,’ मन्त्री श्रेष्ठले भने । तर, भारतले भने नेपाल सरकारको निर्णयमा असन्तुष्टि जनाउँदै आपत्तिजनक टिप्पणी गरेको छ । ‘पहिले छिमेकी’ भन्ने रणनीति लिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिमेकीसँगको सम्बन्धमा भने सुधार गर्न सकेका छैनन् ।
भारतको पाकिस्तानसँग लामो समयदेखि टसल छ, पछिल्लो समय माल्दिभ्ससँग पनि भारतको सम्बन्ध बिग्रिएको छ । बंगलादेशसँग पनि भारतको सम्बन्ध बलियो छैन । यसबीचमा नेपालसँगको सम्बन्धमा सुधार गर्नुपर्नेमा भारत झन् विवादलाई अल्झाइरहने रणनीतिमा देखिएको छ । सय रुपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने नेपालको निर्णयप्रति प्रारम्भिक रूपमै भारतीय उच्चतहबाट प्रतिक्रिया सार्वजनिक भएको छ ।
गत शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको निर्णयले अहिलेको परिस्थिति र वास्तविकता नबदलिने प्रतिक्रिया जनाएका हुन् । ‘हाम्रो अडान एकदमै स्पष्ट छ । नेपालसँग हाम्रो सीमाका विषयमा स्थापित मञ्चमार्फत् छलफल भइरहेको छ । यही अवस्थामा नेपालले एक पक्षीयरूपमा निर्णय लिएको छ,’ भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसमा छापिएको उनको प्रतिक्रिया छ । भारतीय पक्षको यस्तो प्रतिक्रियाले सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णयलाई भारतले अस्वीकार गर्ने संकेत गरेको छ ।
 २०२६ सालसम्म नेपालको उपस्थित रहेको कालापानी क्षेत्रमा त्यसपछि भारतीयहरू बस्न थालेका हुन्। २०७२ सालमा जारी भएको संविधानमा उक्त क्षेत्र नसमेटिएपछि त्रुटि भएको भन्दै सर्वसहमतरूपमा संविधान संशोधन गर्दै नेपालले २०७७ जेठ ७ गते लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । तर, भारतले भने उक्त भूभागमा अतिक्रमण कायमै राखेको छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

गृहमन्त्री सुदन गुरुङले एउटा मार्मिक स्टाटस लेखे

गृहमन्त्री सुदन गुरुङले एउटा मार्मिक स्टाटस लेखे

१७ घण्टा अगाडि
प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान

प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

शिक्षामंत्री लखेटिएको घटना के हो ?

गृहमन्त्री सुदन गुरुङले एउटा मार्मिक स्टाटस लेखे

दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक