शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

नाबालिका बलात्कार मुद्दामा कानुनी व्यवस्था र अदालतको आदेशबारे !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
–निमकान्त पाण्डे
हालै मात्र मुलुकका दुई चर्चित मुद्दामा अदालतका फैसला आए । नेपाली चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछाने, जो नाबालिका बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा थिए, उनलाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा ग¥यो । अब उनले बाहिर बसेर नै मुद्दा लड्न पाउने भएका छन् । यस्तै, चर्चित कलाकार पल शाहलाई पनि जिल्ला अदालत तनहुँले बलात्कार मुद्दामा अभियोग नपुग्ने जनाउँदै सफाइ दियो, उनी पनि एक नाबालिकालाई बलात्कारको आरोपमा पुर्पपक्षमा रहेका छन् । उनलाई बाल यौन दुरुपयोग आरोपमा नवलपरासीको जिल्ला अदालतले साढे २ वर्ष जेल सजाय र १० लाख क्षतिपूर्ति भराउन आदेश दिएको थियो ।
नेपालमा १८ वर्षभन्दा मुनिकालाई नाबालिका भन्ने र उनीहरुमाथि बलात्कारको घटना भएमा दोषीलाई कडा कारबाहीको व्यवस्था छ । नाबालिकाको मन्जुरीमा नै यस्तो घटना भएमा पनि दोषी मान्ने कानुनी व्यवस्था छ । यस्तो गर्नुको कारण हो, परिपक्व नभएकाले नाबालिकाले सही र गलत छुट्याउन सक्दैनन् भन्ने अवधारणा । यस्तो घटनामा १० वर्षदेखि जन्मकैदसम्मको सजाय छ, त्यो नाबालिकाको उमेर हेरेर निर्धारण गर्ने गरिन्छ । नेपालमा बलात्कारको समस्या दिनानुदिन बढ्दै गएको छ । तर, त्यसैअनुसार प्रहरीकहाँ पुग्ने र अझ अदालतबाट न्याय पाउने अवस्था भने अझै कम छ । अदालतमा पुगे पनि न्याय पाउनका लागि लामो प्रक्रिया र समय लाग्दा पनि बलात्कारका घटनामा पीडितहरु हतोत्साहित हुने र पीडकहरुलाई बल पुग्ने अवस्था छ ।
यी दुई घटना पनि यही अवस्थाका उदाहरण हुन् । खेलाडी लामिछाने र कलाकार शाहलाई अदालतले अहिले जसरी रिहा र सफाइ दिएको छ, यसले जनमत दुई पक्षमा विभाजित भएको छ । दुवै चर्चित व्यक्तित्व भएकाले पनि उनीहरुका प्रशंसकले अदालतको आदेशलाई स्वागत गरेका छन् भने केही बलात्कार जस्तो मुद्दामा अदालत संवेदनशील नभएको जनाउँदै आएका छन् । यस्तो आदेशले बलात्कार जस्तो घटनामा आगामी दिनमा पीडकलाई नै बल पुग्ने पनि उनीहरुको तर्क छ । लामिछानेको विषयमा उनमाथि आरोप लगाइएकी पीडित वास्तवमै नाबालिका हो कि होइन भन्ने अहिले नै अदालतले पुष्टि गरिसकेको छैन । तर, लामिछाने बलात्कारको अभियोगमा भने दोषी हुने सम्भावना देखिएका प्रमाणहरु अनुसन्धानको क्रममा भेटिएको छ । यस्तो अवस्थामा उनलाई रिहा गर्ने अदालतको आदेश भने कानुनी आधारमा भने भावनामा बहकिएको देखिन्छ ।
त्यसकारण यी घटनाबाट दुई पक्ष उजागर भएका छन्, अदालतको आदेश वा फैसला कुनै पक्षबाट प्रभावित हो कि होइन, अर्कोतर्फ बलात्कार सम्बन्धी कानुनमा कुनै परिवर्तनको आवश्यकता छ कि छैन । पहिलो पक्षमा नेपालको न्याय क्षेत्र पनि बिचौलिया र प्रभावशाली व्यक्तिको दबाबमा पर्दै आएको विगतमा पनि देखिएको हो । न्यायालय नै भ्रष्टाचार, अनियमितता र बिचौलियाको चंगुलमा रहेको सर्वोच्च अदालतको न्यायाधीश नेतृत्वको समितिको प्रतिवेदनले औंल्याएको थियो । विगतमा यिनै कारणले शक्तिशाली र पहुँच भएको एउटा वर्ग सधैं कानुनभन्दा माथि रहँदै आयो । उनीहरुले पटकपटक दोषी भएर पनि कारबाहीबाट बच्न सफल भए । यो अवस्थामा अहिले पनि सुधार आइसकेको छ भन्न सकिँदैन । त्यस्तो अवस्थामा यदि यी बलात्कारका घटनामा पनि न्यायालय कतैबाट दबाब र प्रभावमा परेर फैसला आएका छन् भने पक्कै पनि त्यो न्यायालयको लागि अर्को कालोधब्बा हुनेछ । यसले पीडितलाई न्याय पाउन अझै कठिन रहेको छ भन्ने स्पष्ट पार्नेछ, जसका कारण अदालत र कानुनप्रति आम जनताको भरोसा पनि टुट्दै जानेछ । मुलुकमा दण्डहीनता पनि बढ्दै जानेछ ।
अर्कोतर्फ यी बलात्कारका घटनामा ठूलो जनमतले आरोपितलाई पनि साथ दिएको पाइन्छ । पछिल्लो समय बलात्कारका घटनामा पुरुषलाई फसाउने प्रवृत्ति पनि बढ्दो छ । यी घटना त्यस्तै हुन् वा होइनन् त्यो अदालतले निक्र्योल गर्ने कुरा भयो, तर यस्ता समस्यालाई नजरअन्दाज गर्न भने सकिँदैन । त्यसकारण बलात्कारका घटनामा पुरुषका आवाज र दलिल सुन्दै नसुन्ने र उसलाई सफाइको मौका नदिने अवस्था भने दिनुहुन्छ । यो अर्कोतर्फ अन्याय हुन जान्छ । यस्तै कम उमेरमा नै बालबालिकामा हर्मोनको विकास र एकअर्काप्रतिको आकर्षणले गर्दा पनि नाबालिका बलात्कारका कानुनी प्रावधानहरुको विषयमा पनि पुनर्विचार गर्ने विषयमा विज्ञहरुले पटकपटक धारणा राख्दै आएका छन्, यसमा पनि सम्बन्धितहरुको ध्यान जान आवश्यक छ । समग्रमा हाम्रो न्याय व्यवस्था यस्तो हुनुहुँदैन, जसले अपराधीलाई दोषीलाई उन्मुक्ति मिलोस् । पीडित वर्गले भने न्याय नै पाउने कठिन हुने अवस्था नआओस् । तर, कानुनी व्यवस्थामा भएका कमीकमजोरीलाई पनि सम्बन्धित निकायले सुधार्न ध्यान दिन आवश्यक छ, आगे कानून बनाउनेहरुलाई चेतना भया !
जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

मधेस प्रदेशका सांसदहरुसंग छलफल सुरु

१५ घण्टा अगाडि
नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

को हुन् भारतमा ‘कक्रोज जनता पार्टी’ बनाउने अभिजीत ?

नेपाले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत

इद–उल–अजहाका अवसरमा सार्वजनिक बिदा

एमालेले फिर्ता गर्‍यो भीआईपी उपचारको साढे तीन करोड

मगर संघको १३ औं राष्ट्रिय महाधिवेशन सुरु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक