शुक्र, अशोज २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

मजदुर आन्दोलन आज किन कमजोर भयो : एक मूल्यांकन 

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
—लोकनारायण सुबेदी
धेरै बर्ष अघि अर्थात १९०३ मा अमेरिकाका छब्बिसौं राष्ट्रपति थ्योडोर रुजबेल्टले अन्तर्राष्ट्रिय मजदुर दिबसको सन्दर्भमा एउटा बहुचर्चित सम्वोधन गरेका थिए । त्यसमा के मूल र महत्वपूर्ण कुरा थियो भने – मानिसको जीवनमा यदि कुनै महत्वपूर्ण पुरस्कार छ भने त्यो काम गर्ने अवसर हो, जुन यस्तो काम होस् जसले मजदुरको जीबिका चलोस् र महत्ता बढोस् ।
राष्ट्रपति रुजभेल्टले एक सय २१ बर्ष अगाडि भनेको यो कुरा आज पनि यस अर्थमा अत्यन्तै महत्वपूर्ण लाग्दछ कि आजको २१औं शताब्दीको तेश्रो दशकको मध्यमा बिश्व पुग्नलाग्दा पनि मजदुर बर्ग उसको जीवनको यो सबैभन्दा ठूलो पुरस्कारबाट पनि उ अझै बञ्चित छ । अनि त्यो पुरस्कार(अर्थात काम पाउने अवसर) पाउनबाट बञ्चित छ र कामको खोजीमा अन्तहीन किसिमले मजदुर बर्गको ठूलो संख्याले बिश्वमा  संघर्ष गरिरहेको छ । यति मात्रै होइन, कामको यस खोजीमा टाउको दुखाउनका लागि मजदुर बर्गको धेरै ठूलो संख्या

आज पनि बिवश छ र यसरी कामको पुरस्कार पाउनबाट बिमुख मजदुरहरुको संख्या दिनानु दिन चिन्ताजनकरुपमा बढिरहेको छ ।

मूलरुपमा बिश्वको स्थिति यस्तो भए पनि यस कालखण्डमा बिकसित सम्पन्न अर्थ ब्यवस्था भएका देशहरुमा मजदुर बर्गको एउटा सानो तप्तकालाई चाँही कुन स्थितिमा पुगेको महसुश गराइदिएको छ भने उसले राम्रो पद, प्रतिष्ठा, पैसा र स्तरीय आवास र बिलाशी गाडीसम्मको सुबिधा समेत जीवनको बिलाशीताका प्रायः सबै सर–सामान जुटाएर आफ्नो सपना पूरा (यही कुरा पुरा हो त ?) गरिसकेको या गरिरहेको छ । ती बिकसित देशहरुका मजदूर बिरोधी ब्यवस्थाहरुले यो बञ्चित ठूलो संख्याका मजदुर बर्गको बीचको एकतालाई खण्डित गर्ने तथा मदुरकै मार्फत मजदुहरुको शोषण गर्ने उपकरणकोरुपमा उपयोग गर्न पनि चुकेको छैन ।
अनि त आम मजदुरहरुको स्थिति र नियति पनि आज  त्यत्तिका धेरै बद्लिन सकेको छैन । यसको एउटा अर्को कारण के पनि हो भने बद्लिदो समयको साथै मजदूरका पुराना कामहरुका प्रायःजसो सबै कौशलहरु बेकार या पुराना हुन पुगेका छन् । तिनको जुन स–साना काममा अंशहरुमा आवश्यकता पर्दछ तिनको पनि सानो हिस्साले आवश्यक बताइएका कतिपय यस्ता नयाँ कौशलहरु हासिल पनि गरेका छन्, तिनै मार्फत कुशलता र र अकुशलता बीचको कथित लडाईलाई अझ तीब्र तुल्याएको छ । यस लडाईको माध्यमले कुशल र अकुशल मजदुर बीच ठूलोे खाडल खडा गरेर कुन वास्तबिकतालाई झूटो प्रमाणित गर्न खोजेको देखिन्छ भने आम मजदुर अहिले पनि बेरोजागर रहन, अत्यन्तै कम बेतनमा काम गर्न तथा आफुले गरेको कामबाट सन्तुष्टी तथा महत्ता नपाउने स्थितिमा धकेलिन अभिशप्त छन् । स्वभाबिक छ कि यसबाट सारा बिश्वभरी नै केवल आयको असमानता मात्र बढेको छैन त्यस असमानताले गर्दा सामाजिक तनाब र असन्तोषको आगो पनि भुसको आगो जस्तै भित्रभित्रै सल्किरहेको छ र त्यो सर्बत्र ब्याप्त छ ।
निश्चय नै यो कालखण्डमा बद्लिदो बिश्व ब्यवस्था र प्रबिधिका कारण रोजगारी र मजदुरीको संरचनामा धेरै ठूलो परिबर्तन आएको छ । फलतः अत्याधुनिक यन्त्रहरु र उपकरणहरुका कारण कयौ कठिन मानिने परम्परागत कामहरु पनि सहज हुन गएका छन् । यद्यपि अबिकसित तर बिकासशील देशहरुलाई छोडिदिने हो भने पनि सम्पन्न बिकसित देशहरुमा उच्चरुपमा बढ्दो बेरोजगारीले बास्तविक स्थितिको दोश्रो पक्षलाई पर्दाफास गरिदिइरहेको छ । यसबाट एकदमै स्पष्ट हुन्छ कि नयाँ भनिएको बिश्वब्यवस्था र त्यसका नीति निर्माताहरु बिश्वमा कही कतै पनि ती गरीब तथा कमजोर तप्काका आम जनताको हितलाई ध्यान दिने गर्दैनन् जसलाई, थ्योडोर रुजबेल्टको भाषामा भन्ने हो भने, मानिसको जीवनको सबैभन्दा महत्वपूर्ण पुरस्कार सबैभन्दा बढी आवश्यक छ ।
यस स्थितिका कारणहरुको खोजी गर्ने क्रममा नोबेल पुरस्कार बिजेता माइल स्पेन्सले के भनेका छन् भने ‘यस कुरामा कुनै दुइ मत छैन कि रोजगारी नयाँ प्रबिधिको बिकासले पनि कम हुन पुगेको छ नै तर त्यसभन्दा पनि बढी भूमण्डलीकरणको बिश्व बर्चश्व र कल्याणकारी नीतिहरुको अभावनै यसको सबैभन्दा ठूलो कारण हो । निश्चय पनि त्यो भूमण्डलीकरण नै हो, जसले ती  संरचनात्मक सुधारहरुमा ब्यबधान खडा गर्दछ जुन सुधारहरुको मद्दतले रोजगारीको अवसर बढाउन सकिन्थ्यो र शक्ति तथा संसाधनहरुको मजदुर बिरोधी संकेन्द्रिकरणलाई रोक्न सकिन्थ्यो र सकिन्छ ।
अबश्य पनि यस्ता गर्न सकिने सुधारहरुको अनुपस्थितिमा शिक्षामा उपयुक्त  र आबश्यक परिबर्तन र प्रशिक्षण उपलब्ध गराउन सकिदैन, जुन शिक्षा र प्रशिक्षण बिना मजदुरहरुको नयाँ पिढीका पुराना कौशलहरु बेकारका बन्न पुग्दछन् तिनबाट उत्पन्न हुने चूनौतिहरुको सामना गर्न असक्षम हुनुपर्ने हुन्छ । यस कुरालाई पनि आज राम्ररी बुझ्न सकेको देखिदैन कि अकुशल र कुशल मजदुरका बीचको खाडल पुर्ने हो भने त्यसको पहिलो उपाय नै अकुशल मजदुरहरुको दक्षतालाई बिकास गर्नै पर्ने हुन्छ । अनि यस्तो बिकास कुनै एक दुइ क्षेत्रमा मात्रै होइन, सबै क्षेत्रमा गरिनु पर्ने हुन्छ । आजको दुनियामा कुनै हावादारी कौशले आधुनिक बिकास परियोजनाहरुको आवश्यकता पूर्ति हुन पनि सक्तैन र ती उपयोगी बन्न पनि सक्तैनन् ।
यो कुरा बिश्वभरी र हाम्रै देशमा पनि उत्तिकै सान्दर्भिक छ । यहाँ त एकातिर उद्योगधन्धाकै अभाव छ, जसले गर्दा कामको अभाव छँदैछ, हुन्छ नै । अनि जे जति काम पाएका संगठित असंगठित मजदूरहरु छन् तिनको दुर्दशाका कारण के हुन्छ भने सत्ताधारी बर्ग र तिनका अनुचरहरुले उनीहरुलाई केवल अर्थबादमा अल्मल्याएर मजदुर बर्गको आमूल परिबर्तनकारी चेतनालाई भुत्तेपार्ने र दुषित तुल्याउने गर्दछ र गरिरहेको छ । जसले गर्दा आफ्नो आधारभूत बर्गीय हितको संघर्षकाप्रति समर्पित हुने बाटो बहुतै कंटकाकीर्ण बन्न जान्छ र बनिरहेको छ । यस स्थितिमा कम्तिमा दुइटा अनर्थ त पूरै स्पष्टरुपमा देखिन्छ् ।पहिलो हो मजदुर आपसमै मजदुर बर्गका बिभिन्न श्रेणीमा बिभक्त छन् या भइरहेका छन् र ती हरेक ‘आ–आफ्नै सीमित दायरा’मा केवल आफ्नो श्रेणीको संकीर्णतभित्र मात्र चिन्तित भएका या हुने गरेका छन् । यस स्थितिले गर्दा सामाजिक तथा आर्थिक आमूल परिबर्तको ‘हिराबल दस्ता’का रुपमा उनीहरुको कुनै भूमिका नै आज देखिन छोडेको छ ।
अर्को दोश्रो कारण हो कि मजदुरहरुको पहिचामा कयौं अन्य संकीर्ण कुरा जस्तो जातीय, धार्मिक र साम्प्रदायिक सोच हाबी र प्रभावी हुन थालेको छ । त्यसले गर्दा मजदुर बर्गको हतिमा हुने संघर्षहरु, आन्दोलनहरुको बेला केही जोशमा आएर लागेको देखिए पनि राजनीतिक निर्णय गर्नुपर्ने बेलामा आजको स्थितिमा चुनावको बेलामा उनीहरुको पनि अर्कै रंग देखिन थाल्दछ । ती कुराको बशिभूत भएर सही अर्थमा मजदुर बर्गको बर्गीय आन्दोलनले सही दिशा र गति पाउन सक्तैन । यो बिगतदेखि अहिलेसम्मका अनुभवहरु प्रष्ट पार्दै आएको कुरा छ ।
यसै अल्मल र दोमनका कारणले समेत गर्दा दुइ बर्ष अघि देखापरेको र अहिले पनि रहिरहेको या  चलिरहेको बिश्व कोरोना महामारीका बेला सही किसिमले मजदुर हितलाई नसोची लगाइएको ‘लकडाउन’का बेला उनीहरुले आफ्नो रोजीरोटी गुमाउँदा र भोक र रोगको भीषण त्रासदीमा पर्दा पनि उनीहरुको संघर्ष दबाबकारीरुपमा उठ्न सकेन । न तिनले सदाशयता र सहानुभूति नै त्यत्ति धेरै पाउन सके । न पहिलेदेखि नै रहेका मजदुर बिरोधी श्रम कानुहरुको बिरुद्ध आन्दोलनलाई हस्तक्षेकारीरुपमा संगठित नै गर्न सके । स्थिति त कस्तो देखिन थालेको छ भने अब मजदुर बर्गले ८ घण्टाको साटो बाह्र घण्टा काम गर्नु पर्ने र त्यो पनि रोजगारदाताको निगाहमा रहनु पर्ने त्रासद  स्थिति सामुमा देखा पर्न थालेको छ ।यसले गर्दा उनीहरुले लामो समयदेखिको संघर्षबाट पाएका आंशिक अधिकारहरु पनि गुम्ने र गुम्दै गएको स्थिति बिकसित भइरहेको देखिन्छ ।
यस प्रकारको गम्भीरतम घडीमा देशका मजदुर किसान र राष्ट्रिय पूँजीपति बर्ग समेत एकताबद्ध भएर बेरोजगारीको अन्त्य, राष्ट्रिय औद्योगिकरण तथा भ्रष्टाचरका बिरुद्ध सशक्तरुपमा खडा नहुने हो भने न नेपालको अर्थ–सामाजिक रुपान्तरणले सही दिशा र गति पाउँदछ न देशले स्वाधिनता,समृद्धि र शान्तिको आधारभूत बाटो नै लिन पाउँदछ । त्यसैले सरोकारवाला सबैले गम्भीरुपमा सोचौ र समयमै सही बाटो रोजौं । अन्यथा संकटको बोझ अझ बढेर जाने कुराा एकदमै निश्चित छ ।यी नै शब्दकासाथ अन्तर्राष्ट्रय मइ दिवस जिन्दाबाद

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

सुनको अवैध धन्दा चलाउने तीन चिनियाँ पक्राउ

२ घण्टा अगाडि
बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मकवानपुरमा कुखुरापालनतर्फ आकर्षण बढ्दै

एआईजी वंशीराज दाहालमाथि कारबाही

कांग्रेसमा नयाँ नेतृत्व चयन गर्न मतदान शुरू

मिस एन्ड मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’का विजेता थाईल्याण्डमा नेपालको प्रतिनिधित्व गर्दै

तेस्रो संस्करणको एनपीएलको तयारीमा जुट्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक