काठमाडौँ– प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका एक व्यक्तिलाइ पक्राउ गरेको छ। उच्च अदालत पाटनले बैंकिङ कुसर मुद्दामा झापाका नैन बहादुर खडकालाई २०७९ असार १९ गते १ दिन कैद र १ लाख ६८ हजार जरिवाना तोकको थियो।
त्यसयता उनी फरार थिए। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार काठमाडौँको नयाँ बसपार्कबाट खडकालाई पक्राउ गरेको हो।
खड्कालाई पक्राउ गरी मंगलबार नै काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।


