मङ्ल, चैत्र ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

सर्वोच्च अदालतको अन्तरिम आदेश र मुद्दाको पेशी समेतलाई वेवास्ता

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
सर्वोच्च अदालतको अन्तरिम आदेश र मुद्दाको पेशी समेतलाई वेवास्ता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

वैशाख । गण्डकी प्रदेशसभाको लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गर्ने निर्णय गरेको छ । दिउँसो भएको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले दलको ध्यानाकर्षण पत्र सभामुख कृष्ण धिताललाई बुझाउनुभयो। सभामुखको पदीय मर्यादालाई दलीयकरण गरी असंवैधानिक एवं गैरकानुनी रुपमा गठन भएको कांग्रेसको दाबी छ ।

कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतको अन्तिम आदेश नआएसम्म कांग्रेस प्रदेशसभा बैठकमा सहभागी नहुने जनाउनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकारलाई नियमित कार्य संचालनबाहेक प्रस्तुत निवेदन पत्र टुंगो नलाग्दासम्म दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्नु नगराउनु र पूर्ण सुनुवाइको लागि मिति वैशाख १० मा पेशी तोक्नु भनी २०८० चैत २८ गते आदेश भएको थियो । आदेशअघि हुने बैठकमा कांग्रेस सहभागी हुँदैन ।”

कांग्रेस बैठकले अधिवेशन बोलाउने कार्य गैरकानुनी भएको ठहरसमेत गरेको छ । सर्वोच्च अदालतको अन्तरिम आदेश र मुद्दाको पेशी समेतलाई वेवास्ता गर्दै प्रदेश सभा अधिवेशन आह्वान गर्न सिफारिस गर्नु र प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नु अर्को गैरजिम्मेवार कदम भएको पाण्डेले जनाउनुभयो ।

ध्यानाकर्षण पत्र बुझ्दै सभामुख धितालले आफू रेफ्रीको भूमिकामा रहेको जनाउँदै सबै दललाई मिलाएर लैजाने उल्लेख गर्नुभयो । गण्डकी प्रदेशमा सरकार गठनमा सभामुखलाई समेत गणना गरी मुख्यमन्त्री नियुक्त भएपछि कांग्रेस सर्वोच्च अदालत गएको थियो ।

शुक्रबार ३ बजेका लागि सदनको बैठक बोलाइएको भए पनि अहिलेसम्म कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न सकेको छैन । यता, राप्रपाका सांसद पनि आजको बैठकमा उपस्थित नहुने भएका छन् । गण्‍डकीमा राप्रपाका दुई सांसद छन् ।

यो पनि पढ्नुहोस्

निर्वाचनकाे अन्तिम तयारी

मन्त्रिपरिषद् बैठकको राजनीतिक नियुक्तिको निर्णयको कडा शब्दमा आलोचना

२० मिनेट अगाडि
आचारसंहिता अनुगमन समितिमा हालसम्म ६६ उजुरी प्राप्त

समानुपातिक  उम्मेदवारले चैत ५ गते प्रमाणपत्र पाउने

२५ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले अभिमुखीकरण प्रशिक्षण दिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

ओम सुनारको टिकटक लाइभ संगीत कक्षा: संगीत सिक्न चाहने सबैका लागि अवसर

बालेन शाहको उदय र नेपालको भविष्य

बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु

झन्झटरहित रूपमा सेवा प्रवाह गर्न निर्देशन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक