शनि, अशोज २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

धार्मिक स्वतन्त्रताको नाममा धर्मयुद्धको तयारी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

—प्रीति रमण
नेपाली राजनीतिमा पछिल्लो समय धर्मको विषयले पनि चर्चा पाउँदै आएको छ । विशेषगरी केही दल, समूह, अभियानले धर्मलाई केन्द्रमा राखेर राजनीतिक गतिविधि बढाएपछि यो विषय अहिले जटिल बन्दै गएको हो । राप्रपाले हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग राख्दै आएको छ । केही समूह, अभियान भने व्यक्तिको धर्म परिवर्तनको प्रयासमा पनि लामो समयदेखि जुटिरहेका छन् । यस्ता गतिविधिले दशकौंदेखि बहुल धर्म भए पनि मिलेर बस्दै आएको नेपालमा समाजमा धार्मिक हिंसा भड्किन सक्ने जोखिम बढ्दै गएको छ ।
२०६४ सालको अन्तरिम संविधानसँगै संवैधानिकता पाएको धर्मनिरपेक्षताको विषयले संविधानसभाले बनाएको संविधानमा स्थान पाएको छ । धर्मनिरपेक्षता के हो ? संसारमा धर्मनिरपेक्षताको इतिहास कसरी अगाडि बढेको छ ? नेपालको सन्दर्भमा धर्मनिरपेक्षता के हो ? नेपालमा चलिआएको हिन्दूराष्ट्रको अवधारणा नेपालका लागि के हो ? भन्ने विषयमा लगातार बहस चलिरहेको छ ।
सबै धर्मप्रति समान आदर गर्ने, कुनै धर्माबलम्वीप्रति धर्मका आधारमा भेदभाव नगरिने राज्यको नीतिलाई धर्म निरपेक्षता भनिन्छ । धर्म निरपेक्षता भनेको धर्मको विरोध होइन तर धर्मदेखि स्वतन्त्र हुनु हो । ‘धर्म निरपेक्षता’लाई ‘कुनै एउटा धर्मलाई मात्र खास मान्यता नदिएर सबै धर्मलाई समान ठान्ने तथा धर्मका मामिलामा कुनै किसिमको हस्तक्षेप नगर्ने र संविधानमा पनि कुनै धर्मको आड नलिने राज्य, समाज’ भनिन्छ । राज्य धर्मबाट अलग रहनु हो अर्थात राज्य धर्मको आधारमा नभई अनुभव ज्ञान सिपको आधारमा चल्नु पर्छ भन्ने मान्यता धर्म निरपेक्षताको मान्यता हो ।
राज्य धर्ममा निरपेक्ष हुनुपर्छ । धर्मसापेक्ष राज्य हुनु हुँदैन । मान्छेहरू विभिन्न धर्मसँग जोडिन सक्छन् तर विविधतायुक्त मुलुकमा कुनै एक धर्मको राज्य हुुने कुरा उचित होइन भन्ने तर्क छ । राज्य धर्ममा निरपेक्ष हुँदा यसले सामाजिक सद्भाव र अन्य पक्षमा राम्रो प्रभाव पार्छ । धार्मिक, सामाजिक र सांस्कृतिक द्वन्द्व हुँदैन । अल्पसंख्यक समुदायले पनि आफू असुरक्षित भएको महसुस गर्दैन । राज्यले सबैलाई सुरक्षित भएको महसुस गराउन धर्म निरपेक्ष हुनुपर्छ भन्ने तर्क छ ।
विश्वमा धर्मनिरपेक्षतालाई आत्मसात गर्ने ९८ वटा देश छन् । जसमध्ये अफ्रिकाका २८, एसियाका २२, युरोपका ३०, उत्तर अमेरिकाका ५, आसियन महादेशका ५ र दक्षिण अमेरिकाका ८ छन् । धर्मनिरपेक्षताबाट धर्मसापेक्षतामा फर्केका देशहरूमा अफगानिस्तान, इरान, इराक र समाउ छन् । धर्मनिरपेक्षताका विषयमा अस्पष्ट मुलुक अर्जेन्टिना, अमेरिकालगायत २१ वटा छन् ।
तर, नेपालमा भने यही धार्मिक स्वतन्त्रतालाई प्रयोग गरी अवाञ्छनीय गतिविधि बढ्दै जान थालेको छ । हालै मात्र राजधानी काठमाडौंमा भएको कार्यक्रममा संवैधानिक व्यवस्थालाई लत्याएर धार्मिक स्वतन्त्रतालाई कुण्ठित गर्ने दुराशयसहित मन्त्रालयले परिपत्र जारी गरेको भन्दै धार्मिक मोर्चाले आरोप लगाएको छ । सो परिपत्र खारेज नगरे धार्मिक द्वन्द्व चर्किने चेतावनीसमेत मोर्चाले दिएको छ ।
राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालले आयोजना गरेको सो कार्यक्रममा बोल्दै नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले कुनै एक धार्मिक सम्प्रदायले कार्यक्रम गर्ने, अर्कोले उजुरी हाल्ने त्यसमा प्रहरी हस्तक्षेपको क्रमले देशमा शान्ति भंग हुने जिकिर गरे । यस किसिमको परिपत्रले शान्ति सुरक्षा हैन, धार्मिक द्वन्द्व चर्कने उनको भनाइ छ । नेपालले धार्मिक तथा मानवअधिकार सम्बन्धी महासन्धिहरूमा पनि हस्ताक्षर गरेकाले यस्ता परिपत्रले देशको अन्तराष्ट्रिय छवि मासमेत नकारात्मक असर पर्नेमा उनले चिन्ता व्यक्त गरे ।
जनजाति नेता आङकाजी शेर्पाले त देशलाई गम्भीर द्वन्द्वमा पसाउने नियतले परिपत्र जारी गरिएको जिकिर गर्दै तत्काल खारेज नगरे सडक तताउने चेतावनी दिइका छनु । अल्पसंख्यक भनेर ख्रिष्टियन लगायतका सम्प्रदायलाई लक्षित गरिएको देखिए पनि हिन्दु,बुद्धिस्ट सबैलाई विभाजन गर्ने कुत्सित मानसिकता रहेको शेर्पाको आरोप छ ।
राष्ट्रिय मानवअधिकार सरोकार मञ्चका अध्यक्ष जित बहादुर घलेले राज्य सबैको साझा हुने बताउँदै, त्यसको धर्म, जात, लिंग र वर्ग केही पनि नहुने बरु सबैको संरक्षक भएकाले उसले समान व्यवहार गर्न पर्ने धारणा राखे । हिन्दु धर्मावलम्बी बोधराज न्यौपानेले नेपालमा धर्म निरपेक्षता लागु हुनु पूर्व र अहिले सबै धर्म तथा सम्प्रदायहरू मिलेर बसिरहेको बताउँदै गृह प्रशासनले जारी गरेको परिपत्रले भने अशान्ति फैलाउन सक्ने आसयले आएको जनाए । किरात सांस्कृतिक अभियान्ता मानबहादुर राईले गृहको परिपत्र अविलम्ब खारेज नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिए ।
२०८० चैत २५ गते गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई जारी गरिएको परिपत्रमा उल्लेख छ, ‘धर्म प्रचार—प्रसार तथा धर्म परिवर्तनका नाममा विभिन्न व्यक्ति तथा संस्थाहरुले धार्मिक सम्मेलन तथा प्रशिक्षण कार्यक्रमहरु आयोजना गर्ने गरेको र त्यस्ता धार्मिक प्रशिक्षण कार्यक्रमहरुमा सहभागी भएका विदेशी नागरिकहरु गैर कानुनीरुपमा धर्म प्रचार प्रसार तथा धर्म परिवर्तन गर्ने कार्यमा समेत संलग्न हुने गरेको साथै कतिपय विदेशी नागरिकहरु विना प्रवेशाज्ञा हिँडडुल गर्ने गरेको पाईकोले विदेशी नागरिकहरुको कानुन विपरीतका गतिविधिहरुको सूक्ष्म निगरानी गरी आवश्यक कारबाही गर्न हुन आदेशअनुसार अनुरोध छ ।’ सरकारबाटै यस्तो परिपत्रको अहिले चौतर्फी विरोध छ । धर्मनिरपेक्षताको आडमा धार्मिक हिंसा फैलिने कतै काम त भएको छैन ? यसमा सरकार चनाखो हुनुपर्ने देखिन्छ ।

यो पनि पढ्नुहोस्

क्यानो स्लालममा नेपालका विजय माझी १०औं स्थान कायम

२०औं एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई पुरस्कार पाउने

१ घण्टा अगाडि
सीजेपीले हिरासतमा लिएको दाबी

सीजेपीले हिरासतमा लिएको दाबी

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

यी स्थानमा लाेडसेडिंग हुने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

२०औं एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई पुरस्कार पाउने

नागरिक आवासका लागि सरकारको प्रयास स्वागतयोग्य

सीजेपीले हिरासतमा लिएको दाबी

नेपालको नयाँ फिफा वरीयतामा एक स्थान गिरावट

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक