आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

इजरायलमा कार्यरत नेपाली श्रमिकको चासो

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
इजरायलमा कार्यरत  नेपाली श्रमिकको चासो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले इजरायलमा रहेको नेपाली श्रमिकको विषयमा चासो व्यक्त गर्नुभएको छ । आइतबार बिहानदेखि इरानले इजरायलको राजधानी तेल अभिभलगायतका क्षेत्रमा ड्रोन आक्रमण गरेपछि श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सुरक्षाको विषयमा चासो व्यक्त गर्नुभएको हो ।

श्रममन्त्री अर्यालले इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालसँग टेलिफोन सम्पर्क गरी नेपाली श्रमिकबारे जानकारी लिनुभएको श्रम मन्त्रालयले जनाएको छ । साथै उहाँले राजदूत रिजालसँगको फोन सम्पर्कमा नेपाली श्रमिकको सुरक्षाका लागि आवश्यक सतर्कताका लागि सचेत रहनसमेत राजदूत रिजाललाई आग्रह गर्नुभयो । इजरायलमा रहेका नेपालीहरू हालसम्म सुरक्षित रहेको मन्त्रालयले जनाएको छ ।

त्यसो त इजरायलमा हाल कृषि तथा केयरगिभर क्षेत्र र अध्ययनका लागि गएका गरी सात/आठ हजार नेपाली रहेका छन् । दूतावासका अनुसार इजरायलमाथि इरानी हमला सुरु भएलगत्तै इजरायली होमफ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि सुरक्षा निर्देशन जारी गरिएको छ ।

सोमबार राति ११ बजेसम्म लागु हुने गरी शैक्षिक गतिविधि बन्द गर्ने र ठुलो स्तरको सभा/भेला नगर्ने भनी निर्देशन जारी भएको दूतावासले जनाएको छ । आफ्ना क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाका बारेमा जानकारी रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थल आसपासमै रहनसमेत दूतावासले नेपालीलाई अनुरोध गरेको छ ।

अत्यावश्क अवस्थामा दूतावासका द्वितीय सचिव कुमारबहादुर श्रेष्ठ र श्रम सहचारी सञ्जयकुमार साहसँग सम्पर्क गर्न अनुरोध गरिएको छ । इजरायलमा हाल चार हजार पाँच सय नेपाली केयरगिभरका रूपमा कार्यरत छन् । केही विद्यार्थी पनि इजरायलमा अध्ययन गरिरहेका छन् । अवस्था बिग्रँदै गए इजरायलमा रहेका नेपालीलाई आपत्कालीन उद्धार गरी ल्याउनुपर्ने अवस्था आउन सक्ने श्रम मन्त्रालयले बताएको छ । इरानले आक्रमण सुरु गरेपछि हाल रोजगारीका लागि इजरायल जान करार सम्झौता गरेका नेपाली प्रभावित हुने भएका छन् । इजरायलले दोस्रो चरणमा रोकिएका ४२५ युवालाई इजरायलमा रोजगारीको अवसर दिने जनाउँदै धमाधम श्रम सम्झौता गर्न थालेको छ ।

सरकारले इजरायलमा सहायक श्रमिकका रूपमा विभिन्न वृद्धाश्रममा काम गर्न जान छनोटमा परेर पनि एक वर्षसम्म जान नपाएका नेपालीलाई इजरायलले श्रम सम्झौता गर्न थालेको हो । यसअघि इजरायल जान छनोट भएका तर लट्रीमा नपरेका ४२५ युवालाई पुनः छनोट गरेर पठाउन सुरु गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका महानिर्देशक डण्डुराज घिमिरेले विगत दुई वर्षदेखि इजरायलले अन्य देशको तुलनामा नेपाली युवालाई छनोट गर्ने प्रवृत्ति बढेपछि धेरै युवाको सपना इजरायल हुन थालेको जनाउनुभयो ।

विभागले दुई वर्षअघि भाषा परीक्षा र अन्तर्वार्तामा छनोट भएर पनि लट्रीमा नपरेकालाई पठाउने तयारी भइरहेको बेला आइतबार ११ जनाको श्रम सम्झौताको सूचना सार्वजानिक गरिएको छ । यसका लागि विभागले युवाको मोबाइलमा भिसालगायतका प्रक्रियाको जानकारी दिने जनाएको छ ।

यो पनि पढ्नुहोस्

देशको पहाडी भू–भागमा आंशिक बदली

देशका पहाडी भू-भागमा आंशिक बादल लाग्ने

११ मिनेट अगाडि
एनपीएल क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै

एनपीएल क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै

१८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

देशका पहाडी भू-भागमा आंशिक बादल लाग्ने

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

हिन्दु धर्मगुरुहरूले ‘पाँच पाण्डव’ हेरेपछि भने– हेर्नै पर्ने उत्कृष्ट सिनेमा

एमालेकाे राष्ट्रिय भेला मंसिरमा हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक