काठमाडौं । इटालीको मन्त्रिपरिषद्ले आर्थिक र वित्तीय कागजातलाई अनुमोदन गरेको छ। २०२४ को लागि आर्थिक पूर्वानुमान गत सेप्टेम्बरको १.२ प्रतिशत पूर्वानुमानबाट १ प्रतिशतमा घटाएको हो। डिइएफ आधिकारिक कागज हो जसले आगामी तीन वर्षको लागि इटालीको आर्थिक र वित्तीय लक्ष्यहरू निर्धारण गर्दछ।
२०२५ को वृद्धि अनुमान पनि १.३ प्रतिशतबाट १.२ प्रतिशतमा घटाइएको छ। २०२६ को लागि १.२ प्रतितबाट १.१ प्रतिशतमा घटाइएको छ। सरकारको नयाँ वृद्धि प्रक्षेपण यस वर्षको सुरुमा युरोपेली संघ (इयु) द्वारा गरिएको भविष्यवाणी भन्दा उच्च रह्यो।
जसले इटालीको २०२४ मा ०.७ प्रतिशत र २०२५ मा १.२ प्रतिशतले वृद्धि हुने अपेक्षा गरेको थियो।
सरकारले सन् २०२४ को लागि कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४ दशमलव ३ प्रतिशत, २०२५ मा ३ दशमलव ७ प्रतिशत र सन् २०२६ मा ३ प्रतिशत बजेट घाटा लक्ष्य निर्धारण गरेको छ। डिइएफले यस वर्ष १३७.८ प्रतिशत, २०२५ मा १३८.९ प्रतिशत र २०२६ मा १३९.८ प्रतिशत सार्वजनिक ऋणको लक्ष्य राखेको छ।


