आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

संकटाद्वारा महिला फुटबल टिम निर्माण

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
संकटाद्वारा महिला फुटबल टिम निर्माण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग क्लब संकटाले महिला फुटबल टिम निर्माण गरेको छ । शीर्ष लिग खेल्ने योजनासहित क्लबले महिला टिम बनाएको संकटा क्लबका सचिव तथा क्लबको ग्रासरुट एण्ड युथ डेभलपमेन्ट कोअर्डिनेटर आशिषमान सिंहले जानकारी दिए ।

हाल तीन विभागीय टिम त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफ क्लबसँग मात्रै महिला फुटबल टिम छ । संकटा विभागीय बाहेक ए डिभिजन लिग खेल्ने क्लबहरुमध्ये महिला टिम निर्माण गर्ने पहिलो क्लब समेत बनेको छ । ‘एएफसी क्लब लाइसेन्सको नियममा महिला टिम हुनुपर्ने प्रावधान रहेकोले निर्माण गरेका हौं,’ महिला टिमको संयाेजक समेत रहेका सिंहले भने ‘भविष्यमा एन्फाले गर्ने महिला राष्ट्रिय लिग खेल्ने लक्ष्य समेत छ ।’

यस बाहेक नकआउट फुटबल प्रतियोगिता खेल्ने प्रस्ताव आए त्यसमा पनि सहभागी हुने सिंहले जानकारी दिए । महिला टिमको प्रशिक्षण सुरू भएको चार दिन भयो । पुरुष टिमकै प्रशिक्षक रविन्द्र शिलाकारले नै महिला टिमलाई प्रशिक्षण दिइरहेका छन् ।

उनलाई अजय महर्जनले सघाइरहेका छन् । संकटाको महिला टिममा हाल २५ खेलाडी छन् । उनीहरूले टुँडिखेलमा प्रशिक्षण गरिरहेका छन् । ‘अहिले राष्ट्रिय टिममा खेलेका खेलाडी छैनन् । तर प्रदेशस्तरमा खेलिसकेका र यु–१३ छनोटका लागि आएका खेलाडीहरू समावेश गरेर टिम तयार पारेका छौं,’ आशिषमान सिंहले भने । लामो समयका लागि महिला टिम निर्माण गरेकाले प्रायोजक पनि खोज्ने सिंहले बताए । नेपाल महिला फुटबलको कुनै स्थायी संरचना छैन । कहिले विभागीय टिम र प्रदेशसहितको प्रतियोगिता हुन्छ ।

कहिले विभागीय र नगरपालिका स्तरका टिम समावेश गरेर प्रतियोगिता हुन्छ । क्लब थोरै भएकाले पनि महिला फुटबलको संरचनामा एकरूपता आउन सकेको छैन । केही समयअघि अखिल नेपाल फुटबल संघ एन्फाले ए डिभिजन खेल्ने क्लबहरूले टिम निर्माण गरेमा महिला फुटबलको संरचना परिवर्तन गर्ने विषयमा समेत छलफल गरेको थियो । तर यसमा सबै क्लबले महिला टिम निर्माण गर्न नसक्ने भएपछि एन्फाले राष्ट्रिय महिला लिगमा प्रदेश र तीन विभागीय क्लब मात्र सहभागी गराउने घोषणा गरेको छ । राष्ट्रिय लिगको छनोटको रूपमा रहेको पहिलो चरणमा सात प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

त्यसमा शीर्ष तीन स्थानमा रहने टिम र तीन विभागीय टिम गरी ६ टिम सहभागी राष्ट्रिय महिला लिग आयोजना हुनेछ । अन्य ए डिभिजन क्लबले पनि महिला टिम निर्माण गरेमा राम्रो हुने सिंहले जनाए । ‘यसमा एन्फा, स्थानीय सरकार लगायतले सहयोग गरे भने सहज हुन्छ,’ सिंहले भने, ‘अहिले हामीले आफ्नै खर्चबाट महिला टोली बनाएका छौं । यसबारे स्थानीय सरकारसँग पनि छलफल गर्छौं ।’ संकटाको हाल पुरुष सिनियर टिमसँगै उमेर समूहका टिम समेत छन् । संकटाले माघमा सम्पन्न एन्फा यु–१६ युथ लिगसमेत खेलेको थियो । यस बाहेक क्लबले ललित स्मृति यु–१८ च्याम्पियनसिपको लागि समेत टिम बनाउने र ग्रासरुटमा यु–१२ टिम समेत रहेको सिंहले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

१४ घण्टा अगाडि
पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

१९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

यस्ताे छ माैसम

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक