आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

निर्लज्ज हुँदोरहेछ सत्ता !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

देशमा अहिले सडकदेखि सदनसम्म रुसी सेनामा अवैध रुपमा भर्ती भएका नेपालीहरुको फिर्ताको लागि आवाज उठिरहेको छ । विभिन्न दलालहरुको प्रलोभनमा परेर रुसमा गएका नेपालीहरु अहिले चाहेर पनि नेपाल फिर्ता हुन सकेका छैनन् । रुस–युक्रेन युद्धमा रुसी सेनाबाट खटिएका धेरै नेपालीले मृत्युवरण गरिसकेका छन् । यसरी मर्नेको संख्या दुई दर्जन नाघिसक्यो । युद्धमा घाइते, अंगभंग, सम्पर्कविहीनको संख्या त झन् दर्जनौं छ । तर, रुसले न आफ्नो सेनामा रहेका नेपालीको संख्याको विवरण नेपाल सरकारलाई दिएको छ, न त उनीहरुको अवस्थाबारे जानकारी नै गराएको छ । नेपालीलाई फिर्ता गर्न पनि रुसले अटेरी गरिरहेको छ । उक्त युद्ध मैदानमा रहेका नेपालीहरुको हालत भने खराब भइरहेको छ । उनीहरुले परिवारलाई भिडियो, अडियो पठाउँदै आफूहरुलाई उद्धारका लागि पहल गरिदिन गुहार मागिरहेका छन् ।

हालै सदनमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले रुसी सेनामा गएको नेपालीहरुको खोज्ने प्रयत्न समेत नगरेको बताए । रुसमा नेपाल आउने चाहनमा तडपिएर बसेका नेपालीहरुलाई फिर्ता ल्याउने काममा पनि सरकार गम्भीर नभएको सांसद पौडेलको भनाइ थियो । करिब ३ सयभन्दा बढी रुसी सेनामा कार्यरत नेपालीहरु बेपत्ता भएको तथ्यांक छ । युक्रेनी सेनामा पनि नेपालीहरु रहेको कुरा युक्रेनले सार्वजनिक गरेको छ । यसरी दुवैतर्फबाट जोखिममा भने नेपाली छन् । त्यही कारण परिवारले उनीहरुको फिर्तीका लागि राजधानी काठमाडौंमा प्रदर्शन, परराष्ट्र मन्त्रालयलगायत निकायमा निवेदन दिँदै आएका छन् । तर, सरकारले भने त्यसका लागि उपलब्धिमूलक पहल गर्न सकेको छैन ।

देशभित्र रोजगारी नभएका कारण नेपालका युवाहरु वैदेशिक रोजगारीमा जान बाध्य छन् । उनीहरुकै कमाइबाट देशको अर्थतन्त्र चलायमान भइरहेको तथ्य पनि लुकेको छैन । तर सत्ता सञ्चालक दलका नेताहरु वैदेशिक रोगारीमा विभिन्न देशहरुमा पुगेका युवाहरुको अवस्थाबारे चिन्तित छैनन् । उल्टै अहिले सरकारले रुसमा नेपाली कामदार जानका लागि स्वीकृति दिएको छ । यसले नेपालबाट रुसमा युवा दलालहरुको मनोबल बढाउने देखिन्छ ।

सरकार पुनर्गठन भएसँगै अहिले नयाँ दलहरु मन्त्रिपरिषदमा समावेश भएका छन् । उनीहरुले युवाको समस्या, रोजगारी र उत्पादनको विषयमा ध्यान पु¥याउन आवश्यक देखिन्छ । देशमा नै रोजगारीको व्यवस्था नहुँदा नेपालीहरु जोखिम मोलेर अन्य देशमा कामका लागि जाने गरेका छन् । त्यसैको फाइदा उठाउँदै दलालहरुले पैसाको प्रलोभनमा पारेर रुस जस्तो जोखिमपूर्ण स्थानमा नेपालीहरुलाई पठाउँदै आएका छन् ।

त्यसैले देशमा नै रोजगारी, कलकारखाना वृद्धि र उत्पादन बढाउनका लागि सरकारले ध्यान दिन आवश्यक छ । त्यसअघि रुसजस्ता देशमा जोखिमपूर्ण अवस्थामा रहेका नेपालीहरुलाई फिर्ता लागि सरकार लागिपर्नु आवश्यक छ । यसका लागि छिमेकी चीन, भारतजस्ता देशहरुबाट नेपालले रुस सरकारलाई कूटनीतिक दबाब दिन सक्छ । भारतले रुसी सेनामा कार्यरत आफ्ना केही नागरिकलाई हालै उद्धार गरेको भन्दै नेपालीहरुले पनि आफ्नो उद्धारका लागि भिडियोमार्फत आग्रह गरेका थिए । यस्तो अवस्थामा नेपाल सरकारले पनि छिमेकी देशहरुको सहयोग लिएर आफ्ना नागरिकको उद्धार गर्न सक्छ । जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

१ घण्टा अगाडि
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक