आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

नेकपा एमालेको सामाजिक सेवा विभागका पदाधिकारीसँगको भेटघाटमा मन्त्री चौधरीले महिला, बालबालिका, ज्येष्ठ नागरिकका ऐन निर्माण, नीतिगत सुधार गर्न आफु क्रियाशिल रहेको  जनाउनु भएको हो । मन्त्रालयमा भएको भेटमा मन्त्री चौधरीले नेपाल रेडक्रस सोसाइटी, समाज कल्याण परिषद्, बालअधिकार परिषद्, बाल संगठन सुधारका लागि आफु प्रतिबद्ध रहेको जनाउनु भयो ।

मन्त्री चौधरीले पार्टीले दिएको सुझाब अनुसार काम गर्दै अगाडी बढ्ने जनाउनु भयो । एकिकृत सामाजिक विकास ऐनकालागि नागरिक समाजको प्रतिनिधि सहित विधेयक मस्यौदा समिति तत्कालै गठन गर्ने, नेपाल रेडक्रस सोसाइटीको ऐन निर्माण गर्न रेडक्रसकर्मीको प्रतिनिधित्व सहित विज्ञ समुहबाट मस्यौदा तयार गर्ने, सामाजिक संरक्षणका सवालहरुमा भएका ऐनहरुको संशोधन, ऐन नभएकाहरुकालागि नयाँ ऐन निर्माण गर्ने, राष्ट्रिय बालअधिकार परिषदलाई प्रभावकारी बनाउनका लागि बालबालिका सम्बन्धि ऐन २०७५ को संशोधन गर्ने, साथै राष्ट्रिय बालअधिकार परिषद ऐन जारी गर्ने सवालमा गृहकार्य भइरहेको पनि जनाउनु भयो ।

समाज कल्याण परिषदको कामलाई प्रभावकारी र नागरिक संगठनमैत्री बनाउन परिषद अन्र्तगतका निर्देशिका, कार्यविधि र कायशैलीमा सुधार ल्याउन नीतिगत निर्णय गर्ने, आइएनजिओले नेपालमा ल्याउने लगानी पारदर्शी बनाउँदै प्रभावकारी कार्यान्वयनको अभ्यासमा रहेको जिए र पिए गर्ने प्रक्रिया लाई सहज बनाउने मन्त्री चौधरीले जनाउनु भयो ।

एमालेको सामाजिक सेवा विभागले मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित सहजिकरण समितिको काम कार्वाही सहजीकरण गर्ने भन्दापनि अवरोध र अनावश्यक शक्तिको प्रयोग गरी चलखेल गर्ने र महिनौसम्म फाइलहरु विचाराधिन र निर्णय नगर्ने गरेको कारण समिति खारेजको सुझाब दिएको छ ।

बहुपक्षीय, द्धिपक्षीय, विकास सहायता र संयुक्त राष्ट्र संघीय निकायहरुका आयोजना, परियोजना र नेपाल सरकारले स्वीकृत गरिसकेका बाहेक नेपाल भित्रिने वैदेशिक सहयोगको, स्वीकृति र अनुमोदन समाज कल्याण परिषदबाट अनिवार्य कार्यान्वयन गर्ने र विभिन्न प्रक्रियाका नाममा भएको दोहोरोपना, विवाद र नागरिक संगठनहरुले भोगिरहेका झण्झटलाई तत्कालै निकारकरण गर्न र प्रक्रियामा नआएका संघ संगठनहरुलाई एकद्धार प्रक्रियामा ल्याउन विज्ञसहितको कार्यदल गठन गरी स्थायी समाधान निकाल्न सुझाएको छ ।

यस्तै, समाज कल्याण परिषदले गर्ने अनुगमनमा बिज्ञहरुको छनोट र परिचालन प्रकृया पारदर्शी बनाउने, परिषद अन्तर्गत रहेका सरकारी जग्गा, भवन, सम्पत्तिहरुको दुरुपयोग रोक्न भाडा सम्झौताको पुनरावलोकन, सम्पत्ति खोजविन र वर्तमान अवस्थाका बारेमा सत्यतथ्य विवरण तयार गर्न कार्यदल गठन गर्ने, बालअधिकार परिषदलाई सवल र प्रभावकारी बनाउन नीतिगत, कार्यक्रमिक र संस्थागत सुधारकालागि पार्टीको सामाजिक सेवा विभाग र सम्बन्धित जनसंगठनले मन्त्रीलाई सहयोग गर्ने जनाएको छ ।

यो पनि पढ्नुहोस्

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

१३ घण्टा अगाडि
पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

१९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

यस्ताे छ माैसम

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक