आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

के छन् दुर्गा प्रसाईंका अबका योजना

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
मूलधारका राजनीतिक दलले विभिन्न किसिमले दुःख दिएको आरोप
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाई करिब २० दिनको भारत भ्रमणपछि आइतबार स्वदेश फर्किए । काठमाडौँ उत्रनासाथ उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्साहका साथ सञ्चारकर्मीहरुमाझ प्रस्तुत भए ।

उनी पत्रकार सम्मेलनमा उत्साहित हुनुको कारण थियो, १३ वर्षदेखि अल्झिएको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाउने बाटो खुल्नु । उनी भारतको मुम्बई र दिल्ली रहेकै बेला सर्वोच्च अदालतले बीएण्डसी मेडिकल कलेजलाई सम्बोधन दिन आदेश दिएको थियो । अदालतले बुधबार प्रसाईंको अर्बौँ लगानी भइसकेको मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको थियो । न्यायाधीशहरू डा कुमार चुडाँल र सारङ्गा सुवेदीको संयुक्त इजलासले प्रक्रिया पुगेको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन नरोक्न आदेश जारी गरेसँगै प्रसाईंले दुई योजना पनि सुनाउन भ्याएका छन् ।

एक–मेडिकल कलेज सञ्चालन गरेर टन्न पैसा कमाउने
दुई–हाल अभियानमार्फत सञ्चालन गर्दै आएको गतिविधिलाई निरन्तरता दिने
पत्रकारहरुसँग उनले भने, ‘अब मसँग पैसा पनि हुन्छ, लडाइँ पनि गर्छु ।’ तर अहिलेसम्म तपाईंले सम्बन्धनकै लागि यो सबै गर्नुभएको भन्ने आरोप छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘सम्बन्धनको लडाइँ आफ्नो ठाउँमा छ । यो भनेको राष्ट्र बचाउने हो । देश बचाउने हो । भूइमान्छे बचाउने हो ।’ राजनीतिक दलका नेताहरुले नबोलेका कारण आफू गरिबको पक्षमा बोलेको उनको दाबी छ । अभियानअनुसार जुम्लामा २२, दाङमा २४ गते र इलाममा ६ गते कार्यक्रम रहेको बताए । उनले आफूलाई राज्यले पक्राउ गर्न खोजेको आरोप लगाउँदै पक्रेर देखाउन चुनौती समेत दिए ।

सोही क्रममा प्रसाईंले आफूले बैंकबाट लिएको सबै ऋण तिर्ने पनि बताएका छन् । उनले आफूले कहिल्यै पनि बैंकको ऋण तिर्दिनँ नभनेको जिकिर गरे ।

प्रसाईंले भने, ‘एफिलेसन आयो, कलेज चल्छ, म बैंकको पैसा तिर्छु । मैले बैंकको पैसा तिर्दिनँ भनेर कहिल्यै भनेको छैन । तिमीले ७ प्रतिशत ब्याज किन १७ प्रतिशत बनायौँ रु गरिबको ऋण तिरिदेउ न सरकार पो भनेको ।’

१३ वर्षदेखि राज्यले तड्पायो

दुर्गा प्रसाईंले राज्यले १३ वर्षदेखि बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन नदिएर आफूलाई तड्पाइरहेकोमा अहिले आएर सर्वोच्चले न्याय दिएको बताए । ‘हामी सबैको पहलमा सर्वोच्च अदालतबाट १३ वर्षपछि अन्याय परेको हामीलाई न्याय मिलेको छ । एलओआई दिएर पनि १३ वर्षदेखि हामीलाई तड्पाइराखेको थियो’, उनले भने, ‘न्याय मरेको छैन भन्ने कुरा सर्वोच्चले स्थापित गरेको छ। न्यायपालिकालाई धन्यवाद दिन चाहान्छु ।’

प्रसाईंले राज्य अहिले आफ्नो हतियारमा भुलेको पनि बताए । उनले सर्वोच्च अदालत परिसरबाट आफ्नो अंगरक्षकलाई प्रहरीले गैरकानुनी रुपमा पक्राउ गरेको विषय सर्वोच्चको आदेशबाटै पुष्टि भएको प्रतिक्रिया दिए । प्रसाईंले आफूले राज्यको निकायकै निर्णयको आधारमा २२ बोरको हतियार विदेशबाट ल्याएको र लाइसेन्स लिएर प्रयोग गरिरहेको बताए ।

‘झापा जिल्ला प्रशासनको सिफारिसमा गृह मन्त्रालयको सुरक्षा समितिको बैठकले मलाई हतियार दिने भनेर निर्णय गरेको हो । गृहमन्त्रालयले मन्त्रीस्तरको निर्णय गरेर बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई चिठी लेखेको थियो । त्यो चिठीको आधारमा हामीले हतियार मगाएका हौँ’, उनले भने, ‘त्यो चिठीको आधारमा हामीले लाइसेन्स पनि पाएका हौँ । अहिले राज्य मेरो हतियारमा भुलेको छ ।’

उनले आफ्नो हतियारमा भुल्नुभन्दा एमालेका नेताबाट शोभा पाठकमाथि अन्याय परेको दाबी गर्दै उनलाई न्याय दिन आग्रह गरे । उनले लाइसेन्सप्राप्त हतियार बोक्दा सर्वोच्च परिसरमा प्रहरीले जबरजस्ती गरेर गैरकानुनी हर्कत गरेको आरोप समेत लगाए । यस्तै उनले हतियार र पैसालगायतका सामग्री प्रहरीले नियन्त्रणमा लिएको भन्दै त्यो फिर्ता नभए अर्को मुद्दा बोकेर जाने बताए । हतियार नियन्त्रणमा लिएको विषयमा उनी प्रहरीमाथि आक्रामक रुपमा प्रस्तुत भएका थिए ।

तस्करको फोटो सार्वजनिक गर्ने

प्रसाईंले आफूले तस्करको फोटो सार्वजनिक गर्ने समेत सञ्चारकर्मीहरुसँग बताए । गृहमन्त्री रवि लामिछानेले तस्करको फोटो सार्वजनिक नगर्न आफूलाई आग्रह दाबी गर्दै प्रसाईले रोक्ने प्रयास भए जनतालाई सोधेर गर्ने बताए ।

उनले भने, ‘मलाई फोटो सार्वजनिक नगर्न भनेर गृहमन्त्रीले भन्नुभएको छ, खबर पठाउनु भएको छ । फोटो सार्वजनिक गर्छु जहाँपनि तस्करहरुको । यो चुनौती हो । तस्करको फोटो सार्वजनिक गर्छु ।’

उनले आफूले प्रमाणसहित तस्करको फोटो सार्वजनिक गर्ने र कारबाही गरेर देखाउन गृहमन्त्रीलाई चुनौती दिए । गृहमन्त्रीले तस्करलाई कारबाही गरेमा आफ्नो पूर्ण साथ हुने प्रसाईंको भनाइ थियो ।

यो पनि पढ्नुहोस्

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

१२ घण्टा अगाडि
पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

यस्ताे छ माैसम

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक