आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

छानविन समितिको प्रतिवेदन मान्दैन भन्नु खेदजनक: अध्यक्ष शर्मा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
छानविन समितिको प्रतिवेदन मान्दैन भन्नु खेदजनक: अध्यक्ष शर्मा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। गैर आवासीय नेपाली संघ (एनआरएनए) को शर्मा समूहका अध्यक्ष राजेन्द्र कुमार (आरके) शर्माले सरकारले गठन गरेको छानविन समितिको प्रतिवेदन मान्दैन भन्नु खेदजनक रहेको बताएका छन्।

अध्यक्ष शर्माले सरकारी निकायले गरेको छानविनलाई मान्दैन भन्नु अराजकताको उदाहरण भएको पनि बताए। उनले सरकारी संयन्त्रबाट भएको छानविन पछि प्राप्त निष्कर्षको आधारमा   एनआरएनएलाई अगाडी बढाउनु पर्ने बताए।

एनआरएनएको ११ औं महाधिवेशनमा गराइएको अनलाइन निर्वाचनमा  डा. बद्री केसी समूहले धाँधली गरेको भन्दै समानान्तर समिति गठन गरेका शर्माले सरकारले बनाएको छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे ।

महान्यायाधीवक्ताको कार्यालयका सहन्यायाधीवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा गठन भएको समितिले नेपाल सरकारलाई प्रतिवेदन बुझाइ सकेको छ । प्रतिवेदनको निष्कर्ष खण्डमात्रै सार्वजनिक हुँदा निर्वाचन प्रक्रियामै त्रुटि देखिएको उल्लेख छ । सोही कुरालाई आधार मान्दै शर्माले प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।

संस्थालाई एक बनाउनका लागि प्रतिवेदन कार्यान्वयन गर्न जरुरी रहेको पनि उनको भनाई छ । प्रतिवेदन अहिले परराष्ट्र मन्त्रालयहुँदै प्रधानमन्त्री कार्यालयमा पुगेको छ । प्रतिवेदनको केही अंश सार्वजनिक भएपछि केसी समूहका अध्यक्ष बद्री केसीले छानविन समितिको प्रतिवेदन एकतर्फीरुपमा आएको प्रतिक्रिया दिएका थिए ।

“छानबिन समितिको प्रतिवेदन  एउटा समूहलाई मात्रै लागू हुने त होइन होला?” शर्माले प्रश्न गरे। उनले सीबीआइको रिपोर्टले बाँसवारी छालाजुत्ता उद्योगको जग्गा फिर्ता आउने, ललिता निवासको जग्गा सरकारीकरण हुने अनि एनआरएनएको विषयमा आएको छानविन रिपोर्ट नै नमान्ने भन्ने कुरा नैतिक र कानूनी दुवै दृष्टिले मान्य नहुने बताए।

“अब प्रतिवेदन कार्यान्वयन गरेर एनआरएनएलाई एक बनाउने बेला आएको छ,” शर्माले भने।  उनले  विनोद कुँवरले नेतृत्व गरेको समूहलाई पनि साथमै लिएर   एकता महाधिवेशन गर्नु पर्नेमा जोड  दिए । अहिले कर्मथलो कतारमा रहेका शर्माले नेपाल फर्किएर राजनीतिक तहमा छलफल अघि बढाउने बताउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने पनि जानकारी दिए ।

यो पनि पढ्नुहोस्

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

११ घण्टा अगाडि
पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

१७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

यस्ताे छ माैसम

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक