काठमाडाैं । हाम्रो पार्टीका सचिवालय सदस्य क. भूपेन्द्र न्यौपानेको वैदेशिक रोजगारको विषयमा उहाँंलाई जोडेर पत्रकार सम्मेलन र विभिन्न मिडियामा समाचार आएपछि मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले त्यसको छानबीन गरी सत्यतथ्य सार्वजनिक गरिने छ भनी प्रेस वक्तव्यद्वारा प्रष्ट पारेको थियो ।
त्यसै अनुसार पार्टीले न्याय तथा कानुन विभागद्वारा आवश्यक अध्ययन अनुसन्धान गरी प्राप्त तथ्यहरुका आधारमा क. भूपेन्द्र न्यौपाने निर्दोष भएको ठहर गरेको छ र सो विषयबारे प्रष्ट गरी यसै प्रेस–वक्तव्य मार्फत् सार्वजनिक गरिएको छ ।
साथै, यस सन्दर्भमा केही गलत तत्वहरु क. भुपेन्द्रप्रति रिसइबी साध्न तथा उहाँलाई वदनाम गर्न उद्यत रहेकोमा त्यसको विरोध गर्दै त्यसबारे आवश्यकता अनुसार थप प्रस्ट पारिने कुरा पनि जानकारी गराइएको छ ।


