बुध, फाल्गुन २७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गैरकानुनी कामधन्दा चलाएमा कारवाही गर्न निर्देशन

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
समाजको भविष्य उज्यालो हुन नसक्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गैरकानुनी गर्ने जो कोही भए पनि कारवाही गर्न प्रहरी प्रशासनलाई अपिल गरेका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले देशको जुनसुकै भू-भागमा गैरकानुनी गर्ने वा गैरकानुनी कामधन्दा चलाएको जो कोहीलाई कारवाही गर्न निर्देशन दिएका हुन्।

साथै, यही फागुन २३ गते गृहमन्त्रीको पदवहाली गरेका लामिछानेले गैरकानुनी खालका काम गर्नेहरूलाई कारवाही गर्नका लागि आफ्नो आदेश कुर्नु नपर्नेसमेत जनाएका छन्।

‘देश भरका सम्पूर्ण राष्ट्रसेवक प्रहरीहरूलाई मेरो अपिल’ भन्दै फेसबुकमा उनले लेखेका छन्, ‘देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ। गैरकानुनी धन्दा चलाएको छ। कर छली गरेको छ, गुण्डागर्दी, धाक(धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन, मैले तपाईंलाई सलाम गर्ने गरी काम गर्नूहोस्। मेरो शुभकामना छ। जय नेपाल ! पार्टी वाला होइन, देश वाला !!’

यसअघि पनि निकै छोटो समायका लागि गृहमन्त्री बनेका लामिछाने नागरिकता प्रकरणका कारण पदच्युत भएका थिए। त्यसपछि नयाँ नागरिकता बनाएर चितवन-२ मा भएको उपनिर्वाचनमा लोकप्रिय मतका साथ विजयी भएर संसद् प्रवेश गरे। दोस्रो पटक गृहमन्त्रीको पदवहाली गरेसँगै रविले मिटरब्याज र सहकारी पीडितको समस्या समाधान गर्नु आफ्नो लागि ठूलो चुनौती रहेको बताएका थिए।

प्रधानमन्त्री दाहालले बुधबार गरेको मन्त्रिपरिषद विस्तारअनुसार २२ सदस्यीय मन्त्रिमण्डल बनेको छ। जसमा एमालेका ८, माओवादीका आफूसहित ६, रास्वपाका ४, नेकपा एकीकृत समाजवादीका २ र जनता समाजवादी पार्टी (जसपा) नेपालका २ गरी २२ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन्।

हाल मुलुकको उपप्रधानमन्त्रीमा रविसहित चार जना रहेका छन्। स्वास्थ्यमन्त्रीसमेत रहेका जसमा जसपाका उपेन्द्र यादव परराष्ट्रमन्त्रीसमेत रहेका माओवादीका नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्रीसमेत रहेका एमालेका रघुवीर महासेठ रहेका छन्।

यो पनि पढ्नुहोस्

रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

रास्वपालाई बेलायत सरकारकाे बढाई

५ घण्टा अगाडि
पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

ग्यास अभाव झन् चुलिँदै

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रिय स्वतन्त्र पार्टीका सुधन गुरुङ विजयी

लायन्स क्लबबाट १११ जना महिलाहरुलाई बिशेष सम्मान

अमर बहादुर मालीकाे ‘ज्ञानमाला संगीत सन्ध्या २०८२’ हुने

ग्यास अभाव झन् चुलिँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक