आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

प्रचण्ड : ‘प्रदेशले संघ र स्थानीय तहलाई जोडोस्’

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रचण्ड : ‘प्रदेशले संघ र स्थानीय तहलाई जोडोस्’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

दाङ / लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन सुरु भएको शनिबार दुई दिन भयो। दोस्रो बैठकलाई सम्वोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रम तय थियो।

त्यही भएर पहिलो बैठक पाँच मिनेट वरिपरी बसेर टुंगियो। पर्खाइ दोस्रो बैठकको थियो। प्रधानमन्त्रीले व्यवस्तताको विचमा समय निकाले लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरी आइपुगेका हुन्। प्रदेश राजधानी क्षेत्रमा प्रदेशको प्रशासकिन अड्डा सारिएपछि पहिलो पटक दाहाल यहाँ आइपुगे।

उनले सदनमा सम्वोधन गर्ने समय दिउँसो दुई बजे तोकिएको थियो। प्रधानमन्त्री आउने भएपछी अघिल्लो दिनदेखीनै सुरक्षा निगरानीमा थियो प्रदेश राजधानी परिसर क्षेत्र। प्रधानमन्त्री आउने भनेपछि शनिबार विहानै बाट प्रहरीहरु तैनाथ भए। बाटोको छेउछाउ प्रहरीको लस्कर लाग्यो। सशस्त्र प्रहरी, नेपाल प्रहरी अनि नेपाली सेनाले सुरक्षा दियो।

प्रदेश सभा भवन वरिपरि पनि प्रहरीहरु हातहतियार सहित सुरक्षामा खटिए। प्रधानमन्त्री बाग्लुंग र लुम्बिनी बौद्ध विश्वविद्यालयको सिनेट बैठकलाई सम्वोधन गरेर यहाँ आएका थिए। दुईवटा कार्यक्रम सकेर यहाँ आएका प्रचण्ड हतारोमा थिए। रातिको पनि बैठकहरु भएकाले उनले छिटो सम्वोधन सक्ने र बाटो तताउने मनस्थितिमा देखिए।

जसरी सदनमा सम्वोधन थाले संघीयतालाई बलियो बनाउन आफूले भूमिका बढाएको स्पष्टपार्न खोजे। संघीयता विरोधीलाई कामले जवाफ दिन समेत उनले आह्वान गरे। प्रदेश संरचना संघ र स्थानीय तहलाई जोड्ने गतिलो माध्यम बन्ने विश्वास पनि व्यक्त गरे। तर, जसरी प्रदेशले आफ्नो भूमिका बढाउन सक्नुपथ्र्यो त्यसरी हुन नसकेको सुझाए। सन्तुलीत धारणा राखेका दाहालले अव कानुनी रुपमा प्रदेश र स्थानीय तहलाई बलियो बनाउने, तीन करोड भन्दा मुनीका योजनाको बजेट संघीय सरकारले नबनाउने स्पष्ट पनि पारेका छन्। उनले योजना छनौंट, बजेट निर्माणमा नयाँ प्रयोग गर्न थालेको जानकारी दिएका छन्। संसद भवन प्रवेश गर्दै गर्दा मौसममा बदली भयो। सिमसिम पानी पर्न थाल्यो।

तर, दाहाललाई उनका कार्यकर्ताले कुरिरहे। राप्ती गाउँपालिकाको सभाहलमा पुगेका उनले छोटो तर, कार्यकर्तालाई उर्जा गर्ने भाषण गरे। युद्धको भूमिमा जसरी घेरा तोडेर लडाई लड्ने गरिएको, त्यसैगरी सरकारमा रहदा पनि प्रतिक्रियाबादीहरुको घेरा तोड्नेगरी काम गरिरहेको, कार्यकर्तालाई पनि त्यसैगरी भूमिका निर्वाह गर्न आग्रह गरे।

पार्टी भित्र ठूलो विवाद नरहेको जनाउदै त्यस्ता संघर्षले पार्टी जीवनलाई जीवन्त बनाउने पनि दावी गरेका छन्। कार्यकर्ताहरुले धेरै बेर प्रचण्डलाई सुन्न चाहन्थे तर, उनलाई काठमाण्डौं जान हतारो थियो। केही मिनेटको भाषण सकेर लुम्बिनी प्रदेशका दुई वटा कार्यक्रमलाई सम्वोधन गरेर काठमाण्डौं फर्किए।

यो पनि पढ्नुहोस्

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

१८ घण्टा अगाडि
पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

२३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

यस्ताे छ माैसम

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक