आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

करारमा नियुक्ति गर्नुपर्ने माग राख्दै मध्यपश्चिम विश्वविद्यालयमा तालाबन्दी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
करारमा नियुक्ति गर्नुपर्ने माग राख्दै मध्यपश्चिम विश्वविद्यालयमा तालाबन्दी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका आंशिक शिक्षकहरुले केन्द्रीय क्याम्पसका सम्पूर्ण विभागहरुमा तालाबन्दी गरेका छन् ।

आंशिक शिक्षकहरुलाई अविलम्ब करारमा नियुक्ति गर्नुपर्ने लगायतका माग राख्दै शुक्रबार बिहान शिक्षकहरुले तालाबन्दी गरेका हुन् । केन्द्रीय कार्यालयको मुलढोका, विस्तारित कार्यालय र केन्द्रीय क्याम्पसका सम्पूर्ण विभागहरुमा तालाबन्दी गरिएको आन्दोलनरत आंशिक शिक्षक श्याम थापाले जानकारी दिए ।

‘हामी लिखित, मौखिक सबै प्रक्रिया पूरा गरेर पढाउन थालेको १० वर्ष बित्यो । सेवा आयोगले पनि परीक्षा पनि लिएको छैन्,’ थापाले अनलाइनखबरसँग भने, ‘त्यसैले हामी आन्दोलिन हुँन बाध्य भयौं । हाम्रा मागहरु पूरा नभएसम्म चरणबद्ध आन्दोलन थाल्छौं ।’ उनका अनुसार मप विश्वविद्यालय केन्द्रीय क्याम्पसमा मात्रै ३२ जना आंशिक शिक्षक रहेका छन् । उनीहरुलाई अविलम्ब करार उपप्राध्यापकमा नियुक्ति गरिनुपर्ने मागसहित पठनपाठन नै बन्दर गरेर आन्दोलनमा उत्रिएको थापाले जनाए ।

शिक्षकहरुले आफनो समस्यालाई सहजीकरण गरिदिन सम्पूर्ण सरोकारवाला पक्षहरुलाई अनुरोध समेत गरेका छन् । उपकुलपति नन्दबहादुर सिंहले विश्वविद्यालयबाट बाहिरिदै गर्दा फागनु १५ गते आफ्नै निवासभित्र कोरम पुग्ने गरी कार्यकारीको अन्तिम बैठक बसालेर व्यापक नियुक्ति, सरुवा, बढुवा एवंम अन्य निर्णयहरु समेत गरेको आंशिक शिक्षकहरुको आरोप छ । ‘अन्तिम बैठकबाट व्यापक नियुक्ति, सरुवा, बढुवा एवंम अन्य निर्णयहरु भएको भनेर सुनिएको र सो निर्णयहरुमा उपकुलपतिज्यू एवंम् कार्यकारी सदस्यहरुको स्वार्थकेन्द्रित केही निकटतस्थ आंशिक शिक्षकहरुलाई मात्र करार नियुक्ति दिइएको भन्ने अपुष्ट समाचार आइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त निर्णयबारे हामीले बारम्बार आधिकारिक निकायहरुमा बुझ्दा केही जानकारी नभएको भन्ने गैरजिम्मेवार जवाफ दिएकाले हामी मर्माहित भएका छौं ।’

झुटो आश्वासन र बन्द कोठाभित्रको स्वार्थ केन्द्रित निर्णयहरुले आफूहरुलाई आन्दोलित बनाउन बाध्य बनाएको आंशिक शिक्षकहरुले जनाएका छन् । शुक्रबार दिउँसो ४ बजे विभिन्न प्रध्यापक संगठनसंग समन्वयात्मक छलफल गर्ने र थप आन्दोलनका कार्यक्रम घोषण गरिने शिक्षक थापाले जनाए ।

यो पनि पढ्नुहोस्

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

१७ घण्टा अगाडि
पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

२२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

यस्ताे छ माैसम

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक