आइत, कार्तिक ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दाताको सहयोगमा तीनतले सुविधासम्पन्न अस्पताल भवन निर्माण

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
दाताको सहयोगमा तीनतले सुविधासम्पन्न अस्पताल भवन निर्माण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

चितवन । नेपाल नेत्रज्योति सङ्घ चितवन शाखाले दाताको सहयोगमा तीनतले सुविधासम्पन्न अस्पताल भवन निर्माण गरेको छ । भरतपुर आँखा अस्पताल हाताभित्र २५ हजार पाँच सय स्क्वायर फिटको भवन निर्माण गरिएको हो ।

भवन निर्माण समितिका संयोजक एवम् सङ्घका पूर्वसभापति चिजकुमार मास्केका अनुसार बिस करोड १५ लाख २२ हजार लागत अनुमान गरी निर्माण थालिएको भवन १३ करोड ५० लाखमा निर्माण गरिएको हो । उहाँका अनुसार नवनिर्मित भवनको पहिलो तलामा बाल आँखारोग बहिरङ्ग विभाग, दोस्रो तलामा अन्तरङ्ग विभाग र तेस्रो तलामा चार वटा मोडुलर शल्यक्रिया कक्ष रहेका छन् ।

वि.सं २०७८ फागुनमा निर्माण सुरु गरिएको सो भवन आउँदो  शुक्रबार उद्घाटन गरिने कार्यक्रम छ । स्वदेशी तथा विदेशी दातृ संस्था, प्रदेश सरकार र भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा भवन निर्माण गरिएको हो । उहाँले भन्नुभयो, “भवन निर्माणका लागि आठ करोड ५० लाख ७३ हजार पाँच सय ५७ चन्दादाता, दातृ तथा विभिन्न संस्थाहरूबाट प्राप्त भएको हो । अपुग रकम अस्पतालले व्यहोरेको थियो ।”

उक्त आँखा अस्पतालका तीनवटा शाखा अस्पताल, १८ वटा प्राथमिक आँखा उपचार केन्द्र छन् । ती शाखा, केन्द्र र मुख्य अस्पतालबाट गरी दैनिक आठ सय हाराहारीमा बिरामीले सेवा लिँदै आएको सङ्घका जिल्ला सभापति जयराम श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक वर्ष तीन लाखभन्दा बढी बिरामीले सेवा लिने गरेकामा १० हजारभन्दा बढी शल्यक्रिया हुने गरेको छ । अस्पतालले ठोरीबाट भारतीय बिरामीलाई समेत सेवा दिँदै आएको छ ।

उक्त अस्पतालले बागमती प्रदेश, मधेस प्रदेश र गण्डकी प्रदेशका आठवटा जिल्लामा सेवा पुर्‍याउँदै आएको छ । वि.सं.२०४४ चैत १८ गते स्थापना भई सेवा सुरु गरेको भरतपुर आँखा अस्पतालले अहिले उपचारात्मक, अनुसन्धानात्मक र प्रतिरोधात्मक कार्यक्रम सञ्चालन गर्दै आइरहेको उहाँले बताउनुभयो । सभापति श्रेष्ठले भन्नुभयो, “भवन निर्माणसँगै सेवालाई अझै प्रभावकारीरूपमा अघि बढाउने योजनामा रहेका छौँ ।” उक्त अस्पतालमा आँखासम्बन्धी स्नातकोत्तरसम्मको पढाइसमेत हुँदै आएको छ ।

यो पनि पढ्नुहोस्

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

१७ घण्टा अगाडि
पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

२२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

रास्वपाका सभापति आज जनकपुरधाम आउदैं

यस्ताे छ माैसम

पूर्वसभापति देउवाको समूह समानान्तर महाधिवेशनको तयारीमा

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक