शनि, अशोज २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

काम गर्ने ठाउँमा हुने महिला हिंसा र नेपालको कानून

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
न्यायालयलाई निकम्मा बनाएर दलका नेताहरुलाई केही लाभ होला ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–प्रीति रमण

कामकाजी महिलाले कार्यस्थलमै दुव्र्यहारका घटना व्यहोर्नुपरेका उदाहरण थुप्रै छन् । हालै मात्र नेपाल राष्ट्र बैंककी एक उच्च महिला अधिकारी आफ्नै सहकर्मीबाट दुव्र्यवहारको शिकार भएको सार्वजनिक भएको थियो । उच्च पदमा रहेका महिलाले त दुव्र्यवहारका घटना सामना गर्नुपर्छ भने अवश्य नै तल्लो तहमा रहेका महिला यस्ता समस्याबाट कति प्रताडित छन्, सहजै अनुमान लगाउन सकिन्छ । तर, हरेक स्थानमा पुरुषकै पहुँच बढी हुँदा र उनीहरु नै शक्तिशाली हुँदा यस्तो दुव्र्यवहारमा संलग्नलाई कारबाही भएको घटना न्यून छन् ।

महिलमाथि शारीरिक तथा मानसिक हिंसा हुँदै आएका छन् । त्यही कारण महिलालाई कुनै पेशा तथा व्यवसायमा टिक्न मुस्किल पर्ने गरेको छ । कार्यस्थलमा महिलालाई यौनजन्य आशयले शरीरको कुनै अंग छुने वा छुने प्रयास गर्ने, अश्लील तथा यौनजन्य क्रियाकलापसँग सम्बन्धित चित्र, पत्रपत्रिका, श्रव्यदृश्य, अन्य सूचना प्रविधि, साधन, वस्तु वा सामग्री प्रयोग वा प्रदर्शन गर्ने, लेखेर, बोलेर वा इशाराले अश्लील तथा यौनजन्य आशय प्रदर्शन वा प्रकट गर्ने, यौनजन्य व्रिmयाकलापका लागि प्रस्ताव गर्ने, यौनजन्य आशयले जिस्काउने वा हैरानी दिने जस्ता क्रियाकलाप हिंसाका गतिविधि हुन् । कार्यस्थलमा हुने यस्ता घटनामा महिलालाई आफूभन्दा माथिका अधिकारीबाट धेरै हुने हुँदा मुख खोल्दा जागिर नै धरापमा पर्ने हो कि भन्ने समस्या छ । यौनजन्य दुव्र्यवहारप्रति तल्लो तहमा कार्यरत कर्मचारी बढी पीडित छन् । आफ्नो रोजिरोटी र इज्जत गुम्ने डरले कतिपय कर्मचारीले हिंसालाई समेत लुकाइरहेका हुन्छन् । यसले पीडकलाई थप मनोबल प्रदान गरिरहेको हुन्छ ।

कार्यक्षेत्रमा हुने हिंसा र दुव्र्यवहार उन्मूलनसम्बन्धी महासन्धिको धारा ६ ले– हरेक सदस्यले महिला श्रमिकका साथै कार्यस्थलमा असङ्गतपूर्ण तरिकाले हुने हिंसा दुव्र्यवहारबाट प्रभावित भएका एक वा सोभन्दा बढी जोखिमपूर्ण समूहमा रहेका अन्य व्यक्ति वा जोखिमपूर्ण अवस्थामा रहेका समूहलगायत रोजगारी तथा पेसामा समानताको हक र गैरभेदभावको सुनिश्चितताका लागि कानुन, नियम र नीतिहरू लागु गर्नेछन्, भनेको छ । यसैगरी कार्यस्थलमा हुने हिंसा र दुव्र्यवहारको उन्मूलनसम्बन्धी सिफारिसले हिंसा र दुव्र्यवहारलाई समर्थन गर्नेखालका भेदभाव, शक्ति–सम्बन्ध र लैङ्गिक÷सामाजिक मूल्य÷मान्यताहरूको दुरूपयोगबाट उत्पन्न हुने खतरा र जोखिमहरूलाई ध्यान दिनुपर्ने बताएको छ । कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) ऐन २०७१ ले कसैले आफ्नो पद, शक्ति वा अधिकारको दुरूपयोग गरी कुनै किसिमको दबाब, प्रभाव वा प्रलोभनमा पारी वा हतोत्साहित गरी कुनै कर्मचारी वा सेवाग्राहीलाई कार्यस्थलमा यौनजन्य आशयले शरीरको कुनै अङ्ग छोएमा वा छुने प्रयास गरेमा, अश्लील तथा यौनजन्य क्रियाकलापसँग सम्बन्धित शब्द, चित्र, पत्रपत्रिका, श्रव्य दृश्य, अन्य सूचना प्रविधि, साधन वस्तु वा सामग्री प्रयोग प्रयोग वा प्रदर्शन गरेमा, लेखेर, बोलेर वा इशाराले अश्लील तथा यौनजन्य आशय प्रदर्शन वा प्रकट गरेमा, यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गरेमा र यौनजन्य आशयले जिस्काएमा वा हैरानी दिएमा यौनजन्य दुव्र्यवहार गरेको मानिने जनाएको छ । राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य नीति २०७६ ले दूरदृष्टिमा सुरक्षित तथा स्वस्थ कार्य वातावरणमा काम गर्न पाउने श्रमिकको अधिकार सुनिश्चित एवं उत्पादकत्व अभिवृद्धि भन्ने उल्लेख गरेको छ । नेपालमा कुनै पनि क्षेत्रमा नीति, ऐन र कानुन अभाव भन्दा पनि तिनको कार्यान्वयन पक्ष कमजोर हुने गरेका छन् ।

कार्यस्थलमा हुने यौन हिंसा÷दुर्व्यवहार नियन्त्रणका क्षेत्रमा पनि यही अवस्था छ । भएका कानुन लागु नगर्ने तर नभएका कानुन अघि सारेर ।।।कारबाही गर्न सकिएन’ भनेर गोहीको आँसु चुहाउने प्रवृत्तिले निरन्तरता पाइरहेको छ । कारबाही गर्न चाहने हो भने माथिकै कानुन पर्याप्त छन् भन्ने यसका बुँदा बुँदा केलाउँदा स्पष्ट हुन्छ ।

पछिल्लो समय सुरक्षा निकायमा पर्ने गरेका उजुरी मानसिक हिंसाका साथै कार्यस्थलमा हुने यौनजन्य हिंसासँग पनि सम्बन्धित छन् । हिंसा गनेर् लाई सजाय हुन्छ भन्ने जानकारी भएका व्यक्ति पनि हल्ला हुन्छ र ईज्जत जान्छ भन्ने डरले उजुरी गर्न नआउनु , हिंसाले अलि चर्को रूप लियो भने मात्र गुनासो लिएर आउनु प्रमुख समस्या हो । हिंसालाई सामान्य ढंगबाट लिने मानसिकता र हिंसाविरुद्ध आवाज उठाइहाले पनि पुरुष सहकर्मीको साथ नपाईने एक्लै परिने डरले उजुरी गर्न सक्दैनन् । महिलामाथि हिंसा हुन नदिन कर्मचारी तथा सेवाग्राहीलाई पनि सजग गराउनेतर्फ सरोकारवाला निकायको ध्यान जानुपर्ने देखिन्छ । कार्यस्थलमा मानसिक हिंसा सहने महिलाहरुको संख्या बढ्दो छ । कार्यालयमा यौनजन्य हिंसासमेत सहेका महिलामा मानसिक समस्या समेत देखिन्छ ।

हिंसाविरुद्ध प्रतिकार गर्ने र सम्बन्धित निकायमा उजुरी गरेर पीडकलाई सजाय दिलाउन चाहे पनि परिस्थिति झन् प्रतिकूल हुने हो कि भन्ने डरले महिलाहरुले हिंसा सहेरै बस्छन् । मानसिक तथा यौनजन्य हिंसाले महिलालाई चिडचिडाहट हुने, तनाव, चिन्तालगायतका मानसिक समस्यासँग सम्बन्धित समस्या उत्पन्न गर्छ । शारिरीक समस्या पनि निम्त्याउँछ र रोग बढाउँछ । महिलाका यस्ता समस्या समाधान गर्न सरकारले कानुनमा कडाइ गर्ने, महिलाका समस्या सुन्ने निकायलाई सक्रिय बनाउने, अन्तक्र्रिया गर्ने, उजुरीका लागि प्रेरित गर्ने जस्ता गतिविधि बढाउन आवश्यक छ ।-जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

कांग्रेसकाे सभापतिमा गगन थापा

१ घण्टा अगाडि

गगनमाथि कांग्रेसको अभिभारा

२३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

यी स्थानमा लाेडसेडिंग हुने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

२०औं एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई पुरस्कार पाउने

नागरिक आवासका लागि सरकारको प्रयास स्वागतयोग्य

सीजेपीले हिरासतमा लिएको दाबी

नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी नाभी पिल्लेलाई प्रदान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक