बुध, बैशाख ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कुनै हालतमा बैंक डुब्ने डुब्न दिँदैनौं : गभर्नर अधिकारी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
कुनै हालतमा  बैंक डुब्ने डुब्न दिँदैनौं : गभर्नर अधिकारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाली बैंक डुब्ने अवस्थामा नरहेको दाबी गरेका छन्। सोमबार नेपाल बैंकर्स संघले आयोजना गरेको ‘नेपालको बैंकिङ प्रणालीको पछिल्लो अवस्था र आगामी बाटो’ विषयक अन्तरक्रियामा बोल्दै गभर्नर अधिकारीले यस्तो दाबी गरेका हुन्।

उनले राष्ट्र बैंकले नियमन र अनुगमन गर्ने बैंक तथा वित्तीय संस्थाहरुलाई कुनै हालतमा पनि डुब्न नदिने प्रतिबद्धता जनाए। राष्ट्र बैंकको नियमनमा चल्ने बैंक तथा वित्तीय संस्थाको वचत सुरक्षित गर्ने मेकानिजम राष्ट्र बैंकसँग भएकाले नेपाली बैंक डुब्ने अवस्था नभएको उनको भनाइ थियो। गभर्नर अधिकारीले नेपालको बैंकिङ प्रणाली धेरै हदसम्म बलियो रहेको उल्लेख गरे।

राष्ट्र बैंकले ल्याउने नीतिहरु बैंकिङ क्षेत्रलाई बलियो बनाउने किसिमका रहेको भन्दै पारदर्शी रुपमा काम गरिरहेको बैंक तथा वित्तीय संस्थालाई त्यत्तिकै डुब्न नदिने उनले दाबी गरे। उनले अहिलेको अवस्थामा नेपालका बैंक वित्तीय संस्थाहरु डुब्ने अवस्थामा नभएको भन्दै साना–साना संस्था सो अवस्थामा आए पनि तिनको नियमन गरी सुधार गर्ने राष्ट्र बैंकसँग मेकानिजम रहेको दाबी गरे।

गभर्नर अधिकारीले अर्थतन्त्र संकुचनमा रहेको कारण बजारमा मागमा कमी आएको बताए। ठूला ऋणीले ऋण माग्न सक्ने अवस्था नरहेको भन्दै मुलुकको निर्माण क्षेत्र समेत सुस्तता रहेको गभर्नर अधिकारीको भनाइ छ। उनले निर्माण क्षेत्रलाई चलायमान बनाउनसके आर्थिक गतिविधि समेत वृद्धि हुने विश्वास व्यक्त गरे। गभर्नर अधिकारीले १४ महिनाको आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति मुलुकको अर्थतन्त्र सकारात्मक अवस्थामा रहेको बताए।

विदेशी मुद्रा सञ्चितिले बैंकको तरलतामा सहजता ल्याएको र राज्यले चाहेको कुरा आयात गर्नसक्ने अवस्था सिर्जना भएको उनले उल्लेख गरे। गभर्नर अधिकारीले विगतमा बैंकहरुबाट ग्राहकहरुले ऋण लिनेले क्षमताभन्दा बढी ऋण लिएका कारण हालको समस्या निम्तिएको धारणा राखे। उनले ऋणहरुले आफ्नो क्षमता भन्दा बढी ऋण लिँदा समयमा तिर्न नसकेको र बैंकले पनि क्षमता हेरेर ऋण नदिँदा वर्तमान समस्या उत्पन्न भएको जनाए।

गभर्नर अधिकारीले राजनीतिक पार्टीका नेतृत्व देखि बैंक बुझ्ने धेरैले बैंक अराजक, सामन्ती र मिटरब्याजी भए भनेर गाली गरिरहेको बताए। नेपालका कुनै पनि बैंकहरु अराजक, सामन्ती र मिटरब्याजी भएको नपाएको दाबी उनले गरे। उनले अहिले बैंकको आम्दानी घटेको बताए। आफू गभर्नर भएर राष्ट्र बैंक आउँदा ७० अर्ब रहेको नाफा अहिले त्यो अवस्थामा पुग्नसक्ने अवस्था नरहेको उल्लेख गरे। ३२ खर्ब बैंकको पुँजी बढेर ५० खर्ब पुग्दा पनि ७० अर्ब नाफा पुग्न नसक्ने अवस्थामा ‘कसरी बैंक साहु महाजन भएरु भन्दै उनले प्रश्न गरे।

यो पनि पढ्नुहोस्

उपत्यकाका अधिकांस वाणिज्य बैंकका एटीएम ‘आउट अफ सर्भिस’

एटिएम कार्ड नगद कारोबारमा कडाइ

५ दिन अगाडि
अधिकांश बैङ्कको ब्याजदर घट्याे

नयाँ ब्याजदर सार्वजनिक

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या घटाउन सुझाव

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाली केम्पो टोली टर्की प्रस्थान

बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढ्याे

भूपदेव शाह रास्वपाका महामन्त्री

पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल युएइसँग ६ विकेटले पराजित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक