शनि, अशोज २४, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

डेढ अर्बमा ठडियो दमक भ्यु-टावर, सञ्चालन मोडालिटी अन्योलमै

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
डेढ अर्बमा ठडियो दमक भ्यु-टावर, सञ्चालन मोडालिटी अन्योलमै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

अच्युत पुरी
 काठमाडौं । सरकारको डेढ अर्ब लगानीमा झापामा व्यावसायिक भ्यु-टावर निर्माण भएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रमुख सुदीप पौडेलका अनुसार आयोजनामा संरचना निर्माणतर्फ ९६ प्रतिशत भौतिक प्रगति भइसकेको छ ।

अब फिनिसिङको काम मात्र बाँकी रहेकाले संरचना निर्माणको काम पूरा भएको उनले जानकारी दिए । ‘संरचनातर्फको काम सकियो,’ पौडेलले अनलाइनखबरसँग भने, ‘अब फिनिसिङ गर्दैछौं, यो सकिँदा शतप्रतिशत काम पूरा हुन्छ ।’

सरकारले २०७६ सालमा एक अर्ब ३८ करोड रुपैयाँमा सक्ने गरी ठेक्का लगाएको यो टावरको लागत बढेर एक अर्ब ४५ करोड (भ्याट) बाहेक पुगेको आयोजनाले जनाएको छ ।

झापा दमकस्थित दापगाछीमा व्यावसायिक भ्यु-टावर बनाउने गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २७ असार २०७६ मा शिलान्यास गरेका थिए । चिनियाँ कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम निर्माण कम्पनी जेभीले यो टावर निर्माणको जिम्मा लिएका हुन् ।

कस्तो बन्यो टावर ?

सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रमुख पौडेलका अनुसार यो व्यावसायिक टावर कुल १ सय मिटर अग्लो बनेको छ । जसमध्ये १८औं तला ७२ मिटर उचाइमा निर्माण भएको छ । बाँकी २८ मिटरमा भने मेटल फ्रेमको टावर राखिएको छ । यसरी कुल एक सय मिटरको भवन निर्माण भएको उनले जानकारी दिए ।

वाहृय तथा आन्तरिक पर्यटक आकर्षित गर्ने लक्ष्य राखेर दमक नगरपालिका-३ दापगाछीमा बनेको यो टावरमा पार्किङ, उद्यान, पार्क, बाल उद्यानसहितका संरचनासहित बनेको हो ।

भवनभित्र धेरै ‘पार्टेसन’ नगरिएको र व्यावसायिक प्रतिष्ठानहरूले आफ्नो आवश्यकता अनुसार भवनमा आफ्नो संरचना राख्न सक्ने प्रमुख पौडेलले बताए ।

यो भवन काठमाडौंमा पुनर्निर्माण भएको धरहराभन्दा १६ मिटर अग्लो बनेको छ । टावरका हरेक तला चार मिटर उचाइमा बनेको छ । भूकम्प प्रतिरोधी यस भवनमा आगलागी प्रतिरोधी प्रविधि प्रयोग गरिएको आयोजनाले जनाएको छ ।

चट्याङबाट बचाउने प्रविधि समेत भवनमा राखिएको छ । यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन अनुसार भवनको पहिलो चार तलासम्म व्यापारिक प्रयोजनका पसल, पाँचौं तलामा सेमिनार हल, छैटौंदेखि नवौं तलासम्म बैंक, वित्तीय संस्था र व्यावसायिक संस्थाका कार्यालय रहने छन् ।

१०औं तलाभन्दा माथि १४औं तलासम्म कृषि तथा औद्योगिक सामग्री प्रदर्शनी हल, १५औं र १६औं तलामा रेस्टुरेन्ट बन्ने भएका छन् । १७औं र १८ औं तला भने दृष्यावलोकनका लागि उपयोग गर्ने गरी डीपीआर बनेको थियो ।

सञ्चालन मोडालिटी अझै अन्योलमा

सरकारी लगानीमा बनेको यो टावर सञ्चालनको मोडालिटी भने अझै अन्योलमा छ । सहरी विकास मन्त्रालयले सञ्चालन मोडालिटी बनाइरहेको भए पनि टुंगोमा पुग्न बाँकी छ । मन्त्रालयबाट मोडालिटी टुंगिएसँगै उद्घाटन र सञ्चालनमा ल्याउने तयारी आयोजनाले गरेको छ ।

‘कोभिड महामारीसहितका कारण निर्माण एक वर्ष पछाडि धकेलिएको छ,’ आयोजना प्रमुख पौडेल भन्छन्, ‘त्यसकारण हामी सकेसम्म छिटो काम सकेर उद्घाटन तथा सञ्चालन तयारीमा पनि छौं ।’

मोडालिटीको काम जति छिटो सकिन्छ, त्यति छिटो उद्घाटन हुने समेत उनले बताए । अर्कातर्फ, ठेकेदारले बाँकी भुक्तानी छिटो दिनसमेत दबाब दिइरहेको छ । यस आयोजनाले ठेकेदार कम्पनीलाई करिब २० करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

विवादको घेरामा दमक टावर

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा उद्घाटन गरेसँगै चर्चामा आएको यो आयोजना विवादमुक्त भने छैन ।

महालेखा परीक्षकको कार्यालयले औचित्यमाथि प्रश्न गरेको यो आयोजना ‘सेतो हात्ती’ बन्ने जोखिम कारण धेरै आलोचना हुने देखिन्छ । यही आयोजनाका कारण पूर्वप्रधानमन्त्री ओलीले टावरमाथि हुने सरकारी लगानीलाई बचाउ समेत गर्दै आएका छन् । -अनलाइनखबर

यो पनि पढ्नुहोस्

राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

राष्ट्रिय परिचयपत्र नभएकालाई बैंकिङ सेवा उपलब्ध गराउन आदेश

४२ मिनेट अगाडि
प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

कांग्रेसकाे सभापतिमा गगन थापा

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

यी स्थानमा लाेडसेडिंग हुने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

२०औं एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई पुरस्कार पाउने

नागरिक आवासका लागि सरकारको प्रयास स्वागतयोग्य

सीजेपीले हिरासतमा लिएको दाबी

नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी नाभी पिल्लेलाई प्रदान

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक