आइत, अशोज २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

साझा वाम एजेन्डा बनाऊ, नत्र वाम मुकुण्डो फाल !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
साझा वाम एजेन्डा बनाऊ, नत्र वाम मुकुण्डो फाल !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

नेपाली राजनीतिक पार्टीहरुको इतिहासकै बराबरीमा नेपाली कम्युनिस्ट पार्टीको पनि इतिहास छ । २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भए पनि लामो समयदेखिको विवादले कम्युनिस्टहरु एकत्रित हुन सकेनन् । बेलाबेलामा कम्युनिस्ट पार्टीको एकता र विभाजनका श्रृंखला चलिनै रहे, जसका कारण नेपालमा बलियो कम्युनिस्ट संस्कृतिले जरो गाड्न सकेन । पार्टी र तिनका नेताहरुले आफूलाई कम्युनिस्ट घोषणा गरे पनि व्यवहारमा भने लागू हुन सकेन । जसका कारण कम्युनिस्ट पार्टी र तिनका नेताहरुमाथि जनविश्वास बढ्न सकेको देखिँदैन ।

अहिले पनि नेपाली कम्युनिस्ट पार्टीहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जस्ता नाममा विभाजित छन् । अझै थुप्रै कम्युनिस्ट पार्टी छन्, जो अझै पनि संघर्षको क्रममा छन् । तर, कम्युनिस्ट पार्टीहरुको विभाजनका कारण नेपाली कम्युनिस्ट आन्दोलन भने कमजोर भएको छ । कम्युनिस्ट सिद्धान्त, उद्देश्य एकातिर छन् भने नेताहरुको राजनीति अर्कोतिर छ । नीतिभ्रष्ट, सिद्धान्तभ्रष्ट भएका नेताहरुका कारण उनीहरु कम्युनिस्ट नेता हुन् कि पुँजीवादी बिचौलिया हुन् भन्ने संशय देखिएको छ ।

नेपालका कम्युनिस्ट दलहरुबीच एकताको चर्चा बेलाबेलामा चल्ने गरेको छ । विगतमा तत्कालीन दुई ठूला पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर नेकपा बने पनि त्यो गठबन्धन लामो समयसम्म टिक्न सकेन । नेकपा विभाजनको केही वर्षमा नै फेरि यसको आवश्यकता र औचित्यमाथि चर्चा भएको थियो । केही महिनाअघि मात्र सत्तारुढ माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच कार्यगत एकताका लागि समाजवादी मोर्चा गठन भएको थियो ।

हाल सत्तामा रहेको माओवादी नेकपा भंग भएयता नेपाली कांग्रेससँगको गठबन्धनमा छ । एक वर्षअघि पुसमा नयाँ सरकार गठन हुने समयताका कांग्रेसले समर्थन नगरेपछि पुष्पकमल दाहाल प्रचण्ड एमालेलगायत दलको सहयोगमा प्रधानमन्त्री बनेका थिए । तर, पछि राष्ट्रपति चुनावमा फेरि कांग्रेसलाई समर्थन गर्ने भएपछि माओवादीको एमालेसँगको गठबन्धन टुटेको थियो । तिनै प्रचण्डले केही महिनाअघि फेरि नेकपा ब्युँताउने अभिलाषा राखेका थिए । विभिन्न सार्वजनिक मञ्चबाट उनले नेकपातिरै फर्किने मनसाय बनाएको र कम्युनिस्ट पार्टीहरुलाई एकताबद्ध बनाउनुपर्ने धारणा राखेका थिए । एक पटक असफल भए पनि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नुपर्ने उनको भनाइ थियो ।

विश्वभरिकै कम्युनिस्ट र समाजवादी आन्दोलनको इतिहास एकता, संघर्ष, विभाजन र रूपान्तरणबाट गुज्रिँदै अगाडि बढेकाले नेपालमा पनि त्यही समस्या देखिएको छ । तर, यस्तो समस्या सधैंभरि देखिँदा नेपाली कम्युनिस्ट पार्टीको धरातल भने खस्किँदै गएको छ । कम्युनिस्ट दलबीचको आफैंको कलहले यी पार्टीमथि जनताको विश्वास घट्दै गएको छ भने अन्य अप्राकृतिक गठबन्धन देखिएका छन् । यसले सत्तास्वार्थका लागि दलहरुले जे पनि गर्नसक्ने सन्देश जनतामा गएको छ । उदाहरणकै लागि, अहिले सत्ताघटक मुख्य दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सैद्धान्तिक, नीतिगत र उद्देश्यगत हिसाबले पनि कुनै मेल देखिँदैन । वामपन्थी दल माओवादीको सिद्धान्त कम्युनिस्ट दर्शन प्रेरित र गन्तव्य समाजवाद छ । अन्य कम्युनिस्ट दलको वास्तविक सिद्धान्त र गन्तव्य यही हो । तर, दक्षिणपन्थी दल कांग्रेस पुँजीवादलाई प्रोत्साहन गर्ने र त्यहीअनुसार गतिविधि गर्दै आएको पार्टी हो । त्यसकारण यी दुई दलबीचको सहकार्य केवल सत्ताप्रेरित र शक्तिको बाँडफाँटमा मात्र आधारित छ भन्नु कुनै अत्युक्ति हुँदैन । सत्ताको सन्तुलन नमिल्दा यी दुई दलबीचको गठबन्धनमा समस्या आउने पनि गरेको छ ।

त्यसकारण कम्युनिस्ट दलहरुबीचको एकता होस् वा गठबन्धन त्यो नै प्राकृतिक र देशका लागि हितकारक हुन्छ । यी दलहरुको गन्तव्य पनि स्पष्ट छ, समाजवाद । तर अहिले पनि सत्तामा माओवादीको सहयात्रा समाजवाद विरोधीहरुसँग चलिरहेको छ । यदि बाटो नै गलत छ भने गन्तव्यमा पुग्न असम्भव नै हुन्छ । इमानदार बन्ने, राजनीतिक आदर्शलाई पछ्याउने, जनतालाई हेर्ने, देशलाई बुझ्ने र विश्वलाई पनि देशको हितमै बुझ्न प्रयास गर्ने हो भने कम्युनिस्ट पार्टीहरुबीचको एकता अत्यावश्यक देखिएको छ । यसले नेपाली कम्युनिस्ट पार्टीहरुको भविष्य पनि निर्धारण गर्नेछ । नेपाली कम्युनिस्ट पार्टीहरुबीचको विवादले अहिले सबै दलहरु कमजोर भएका छन् । नयाँ दलहरुको उदय भएको छ । आगामी निर्वाचनमा कम्युनिस्ट पुराना दलहरुको भविष्य संकटमा परेको छ ।

विगतमा कम्युनिस्ट वाम गठबन्धनलाई जनताले दुई तिहाइ हाराहारीमा मत दिएका थिए । तर, त्यो जनमतलाई सदुपयोग गर्न नसक्दा गत वर्ष भएको चुनावमा फेरि कम्युनिस्ट दलहरु ओरालो लागेका छन् । त्यसकारण एकताबद्ध भएर जनताको हितमा काम गर्न खोजे कम्युनिस्ट पार्टीको एकतालाई जनताले पनि अनुमोदन गर्नेछन् । त्यसैले नेपाली कम्युनिस्ट पार्टीहरुमा साझा वाम एजेन्डा, कार्यगता एकता आजको आवश्यकता बनेको छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

३ घण्टा अगाडि
रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचौ यँलासी पीगं सीकेगु भजन संगीत तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

गोरखाको चुमनुब्री क्षेत्रमा भएकाे क्षतिप्रति दुखः व्यक्त

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

ब्रह्मायणी मन्दिर परिसरमा भक्तजनको भीड

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक