आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

टकर कार्लसनले लिएको अन्तरवार्ता किन पश्चिम र रूस दुवैका लागि महत्त्वपूर्ण मानिन्छ ?

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
टकर कार्लसनले लिएको अन्तरवार्ता किन पश्चिम र रूस दुवैका लागि महत्त्वपूर्ण मानिन्छ ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

अलेक्जेण्डर डुगिन

टकर कार्लसनको अन्तर्वार्ता किन पश्चिम र रूस दुवैका लागि निर्णायक महत्त्वको मानिएको छ रु आउनुहोस् सरल भाग– रुसबाट सुरु गरौं। यहाँ टकर कार्लसन रूसी समाजभित्र दुई विपरीत ध्रुवहरूका लागि एक केन्द्रबिन्दु बनेका छन् स् वैचारिक देशभक्तहरू र अझै पनि पुटिन एवं विशेष सैन्य अपरेसनप्रति वफादार रहेका कुलीन पश्चिमाहरू । देशभक्तहरूका लागि टकर कार्लसन ुहामीमध्ये कै एकु हुन् । उनी परम्परावादी, दक्षिणपन्थी रुढिवादी र उदारवादका कट्टर विरोधी हुन् । रुसी जारका लागि एक्काइसौं शताब्दीका दूतहरू यस्तै देखिन्छन्।

आधारभूतरुपमै अनुदार खेमाका विशिष्ट प्रतिनिधिहरूसँग सामान्यतया पुटिनले अन्तरक्रिया गर्दैनन् । क्रेमलिनले उनलाई दिएको ध्यानले रूसभित्र नै पनि रूढिवादी(परम्परावादी मार्गको निरन्तरतालाई उत्प्रेरित गरेर देशभक्तको हृदयलाई प्रज्वलित गर्दछ। अब यो सम्भव र आवश्यक छस् रूसी शक्तिले आफ्नो विचारधारालाई परिभाषित गरेको छ। हामी यो बाटोमा अघि बढेका छौं र यसबाट विचलित हुनेछैनौं । यहाँ सम्म कि हामी बाटो विराउँछौ कि भनेर देशभक्तहरु सधैं डराएका हुन्छन् । तर त्यसो हुने छैन ।

अर्कोतर्फ पश्चिमाहरूले राहतको अनुभूतिका साथ निश्वास फेरेका छन्स् हेर्नुहोस् पश्चिममा सबै कुरा खराब छैनन् र हामीले भनेका छौं– त्यहाँ राम्रा र वस्तुनिष्ठ व्यक्तिहरू छन् १ बाँकी वैश्विक उदारवादी पश्चिमाहरू मित्र बन्न चाहँदैनन् तर उनीहरु हामीमाथि वमवर्षा गरिरहन्छन्– प्रतिबन्ध, क्षेप्यास्त्र र क्लस्टर बमहरूद्वारा, हाम्रा महिला, बच्चाहरू र वृद्धहरूको हत्या मात्र गर्छन् भने पनि आउनुहोस् हामी त्यस्ता पश्चिमासँग मित्रता गरौं, पश्चिमाहरूका बारेमा सोचौं । हामी उदारवादी पश्चिमासँग युद्धमा छौं। त्यसैले कमसेकम अनुदारवादी पश्चिमासँग हाम्रो मित्रता होस् । यसरी, रूसी देशभक्तहरू र रूसी पश्चिमाहरू ९बढ्दो अधिक रूसी र कम पश्चिमी० टकर कार्लसनको प्रारुपका बारेमा आम सहमतिमा आउँछन् ।

पश्चिममा सबै कुरा अझ आधारभूत नै छन् । टकर कार्लसन एक प्रतीक हुन् । बाइडेन, उदारवादी र वैश्विकवादीहरूलाई घृणा गर्ने र ट्रम्पलाई भोट हाल्ने तयारीमा रहेका अमेरिकीहरुको उनी मुख्य प्रतीक नै हुन् । ट्रम्प, कार्लसन र मस्कका साथै टेक्सासका गभर्नर एबोट आसन्न अमेरिकी क्रान्तिका अनुहारहरु हुन् । यस पटक अनुदारवादी क्रान्ति । यसमा पहिले देखिनै शक्तिशाली संसाधन संग रुस जोडिन्छ। अहँ यो पुटिनले ट्रम्पलाई समर्थन गर्ने कुरा होइन। जसलाई संयुक्त राज्य अमेरिकासँगको युद्धको सन्दर्भमा सजिलै खारेज गर्न सकिन्छ। कार्लसनको भ्रमण अर्कै कुराको बारेमा हो। बाइडन र उनका उन्मादीहरूले कीभका आतङ्ककारीहरूको हातबाट एक महान् आणविक शक्तिमाथि प्रभावकारी आक्रमण गरेका छन् र मानवता विनाशको संघारमा छ। केही पनि बढी छैन, केही कम छैन ।

वैश्विक सञ्चारमाध्यमले निरन्तर रुपमा शिशुहरुका लागि चमत्कारिक शृंखलाहरु बुनिरहेका हुन्छन। जहाँ स्पाइडर म्यान(जेलेंसकीले जादुई रुपमा महाशक्तिलाई र जादुगर सुँगुरले क्रेमलिनको ुडा एभिलुलाई जित्छन। यद्यपि यो केवल एक सस्तो, फन्टुस् श्रृंखला मात्र हो । वास्तवमा सबै कुरा आणविक हतियारको प्रयोग र सम्भवतः मानवताको विनाशतर्फ गइरहेको छ। टकर कार्लसनले बास्तविकताको जांचपड्ताल गरेका छन् स् बिश्वलाई सर्वनाश तर्फ धकेलिरहदा पश्चिमले आफुले के गरिरहेको छु भनेर बुझेको छ रु त्यहाँ वास्तविक पुटिन छन् र वास्तविक रुस छ, चमत्कारिक शृंखलाका मञ्चन गरिएका पात्र र परिवेश होईन। हेर्नुहोस्, वैश्विकवादीहरूले के गरेका छन् र हामी यसको कत्तिको नजिक छौं !

यो पुटिनसँगको अन्तर्वार्ताको विषयवस्तुको सन्दर्भमा होइन । यो तथ्य हो कि टकर कार्लसन जस्ता व्यक्ति यस्तो संकटको समयमा पुटिन जस्तो राजनीतिक व्यक्तित्वलाई भेट्न रूस जस्तो देशमा जाँदैछन् । टकर कार्लसनको मस्को यात्रा मानवता लोप हुन् बाट बचाउने अन्तिम मौका हुनसक्छ। यस निर्णायक अन्तर्वार्ता प्रति मानवताका अरबौ मानिसहरुको ध्यान, साथै बाइडेनको उन्मादपूर्ण र अमानवीय क्रोध, वैश्विकतावादीहरू र पतनको नशामा लिप्त विश्वका नागरिकहरू, यसले स्थितिको गम्भीरता प्रति मानवताको चेतनाको गवाही दिन्छ।

अहिले रोकिएर मात्र संसारलाई बचाउन सकिन्छ । त्यसका लागि अमेरिकाले ट्रम्पलाई रोज्नुपर्छ । र टकर कार्लसन, एलन मस्क र एबोटलाइ पनि रोज्नुपर्छ । त्यसपछि हामी अथाह खाडलको किनारमा थाम्ने मौका पाउँछौं। यसको तुलनामा अन्य सबै कुरा गौण छन् । उदारवाद र यसका एजेन्डाले मानवतालाई गतिरोधको अवस्थामा पुर्याएको छ । अब विकल्प या त उदारवाद वा मानवता छ । टकर कार्लसनले मानवता रोजेका कारण उनी पुटिनलाई भेट्न मस्को आएका हुन। उनी किन आए र यो कति महत्त्वपूर्ण छ भनेर सारा संसारले बुझेको छ ।

अनुवादक :  मोहनप्रसाद ज्ञवाली dayitwabodh.com

यो पनि पढ्नुहोस्

नेपाल सरकारलाई सहयोग गर्न अपिल

नेपाल सरकारलाई सहयोग गर्न अपिल

२ घण्टा अगाडि
प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक