बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

गणतन्त्रको जग बलियो बनाउन संविधान संशोधन जरुरी

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

नेपाली राजनीतिक दलहरुको ‘सिसिफस यात्रा’ अहिले राष्ट्रिय सभा अध्यक्षको भागबण्डामा पुगेको छ । हालै भएको राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनबाट बढी सिट प्राप्त गर्न सफल भएका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच उक्त पद पाउने हानथाप देखिएको छ । आफ्नो औचित्य पुष्टि गर्न नसकेको र पुराना, असफल, निर्वाचनमा पराजित तथा पटकपटक परीक्षण भइसकेका नेताहरुको व्यवस्थापन गर्ने थलो बनेको राष्ट्रिय सभाको अध्यक्ष बन्ने लाइनमा कांग्रेसबाट कृष्णप्रसाद सिटौलाको नाम आएको छ । उता माओवादीले पनि यो पद पाउने आकांक्षा राखेको छ । खासगरी आलोपालो सरकारको नेतृत्व गर्ने गठबन्धनको सहमतिका कारण पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीबाट हट्नुपर्ने अवस्था आएमा महत्वपूर्ण पदमा माओवादीको उपस्थिति नै नहुने विश्लेषणका कारण यो पदमा माओवादीले दाबी गरेको हो ।

तर, राजनीतिक दलहरुको यो हानथापबाट नेपाली जनतालाई उपलब्धि के त ? हो, पछिल्लो समय नेपालको शासकीय प्रणालीको असफलताका कारण यस्ता प्रश्न जनताले गर्न थालेका छन् । नेपालमा अहिले सेरेमोनियल राष्ट्रपति, उपराष्ट्रपति, संसदीय बहुमतबाट कार्यकारी प्रधानमन्त्री, राष्ट्रिय सभा, प्रतिनिधिसभा, प्रदेश सरकार र संसद तथा स्थानीय तहको व्यवस्था छ । तर, पछिल्लो समय राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय सभा, प्रदेश सरकार र प्रदेश संसद् लगायतको भूमिका, काम र औचित्यमाथि प्रश्न उठ्न थालेको छ । प्रश्न उठ्नुको कारण पनि राजनीतिक दलकै कारण हो । किनभने दलहरुले राष्ट्रपति जस्तो सम्मानित संस्थालाई पनि राजनीतिक स्वार्थमा जबर्जस्ती तान्ने, राष्ट्रिय सभा निकम्मा बनाउने, आफ्ना नेताहरुको व्यवस्थापनको थलो बनाउने, प्रदेश सरकार र प्रदेश संसद्मा पनि फोहोरी राजनीति दोहोराउने जस्ता गतिविधि गर्दै आएका छन् ।

त्यसैले नेपालको शासकीय प्रणालीमाथि नै बृहत् बहस आवश्यक देखिएको छ । ६२÷६३ को दोस्रो जनआन्दोलनपछि राजतन्त्रको अन्त्य भयो भने देशमा लोकतन्त्र र गणतन्त्रको स्थापना भयो । तर, राजनीतिक दलहरुको असफलताका कारण अहिले यही व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको छ । पुनः राजतन्त्रको माग गर्दै विभिन्न दल तथा समूहले आन्दोलन गर्दै आएका छन् । अहिले गणतन्त्रको जग धरमराउने अवस्था आउनुले पनि वर्तमान शासकीय प्रणालीमाथि बहस आवश्यक भएको हो । राष्ट्रपति सेरेमोनियल हुने कि कार्यकारी, देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी हुने व्यवस्था गर्ने कि अहिलेकै संसदीय माध्यमबाट निर्वाचित हुने कायम राख्ने, राष्ट्रिय सभा कायम राख्ने कि खारेज गर्ने, प्रदेश सरकार र संसदलाई कसरी चुस्तदुरुस्त र विवादरहित बनाउने ? जस्ता विषयहरुमा अब पुनः बहस र त्यसपछिको आवश्यकताअनुसार संविधान संशोधन आवश्यक देखिन्छ ।

नेपालका कुनै पनि दललाई राष्ट्रको हित गर्नु नै छैन, आफ्नो र गुटको हितबाहेक । राष्ट्रकै हित गर्ने उद्देश्य हुँदो हो त संविधान संशोधन गरेर सच्याउनुपर्ने कुरा धेरै छन् । प्रतिनिधिसभाको समानुपातिक व्यवस्था दुरुपयोग भइरहेको छ । त्यसकारण निर्वाचन प्रणालीमाथि संशोधन आवश्यक देखिन्छ । विभिन्न आयोगहरूलाई कार्यकर्ताको भरणपोषणको माध्यम बनाइएको छ । यस्तो विकृति अविलम्ब हटाउनु जरुरी छ । संसदीय लोकतन्त्रमा माथिल्लो सदनलाई प्रबुद्धहरूको सभा मानिन्छ । नेपालमा भने यसलाई राजनीतिक नेताहरूले चुनाव हारेकाहरू वा थामथुम पार्नुपर्नेको थान्को लगाउने थलो बनाइएको छ । त्यही कारण पनि अहिले यसको औचित्यमाथि नै प्रश्न उठिरहेको छ । राष्ट्रिय सभाका लागि ठूलो रकम खर्च भइरहँदा विपत्तिमा परेका, भूकम्पले घर भत्किएका जनता भने चिसोमा सामान्य पालको भरमा रात कटाउन बाध्य छन् । गरिबी निवारणमा खर्च गर्न नसकिने उक्त रकम अहिले नेताहरुको सुविधाका लागि खर्च भइरहेको छ । त्यसैले राष्ट्रिय सभाको औचित्य र उपलब्धि सिद्ध नहुने हो भने यस्तो संस्थाको खारेजी नै श्रेयस्कर हुनेछ ।

यससँगै उत्पादन प्रणालीमा व्यापक परिवर्तन आजको आवश्यकता भएको छ । कुनै पनि देशको अर्थतन्त्रका बाह्य तथा आन्तरिक सूचकहरु सकारात्मक हुन जरुरी हुन्छ । तर, नेपालको विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्स आप्रवाहजस्ता बाह्य सूचकहरुमा पछिल्लो समय सुधार देखिए पनि आन्तरिक सूचकहरुको समस्या उस्तै छ । अझै पनि विकास खर्च वृद्धि, मुद्रास्फीति कम, आन्तरिक बजार चलायमान हुन सकेको छैन । व्यापार व्यवसाय ठप्प भएका कारण व्यवसायी सटर बिक्री गर्नुपर्ने अवस्थामा आएका छन् । तर, यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थामा भने रकम थुप्रिने क्रम बढिरहेको छ । त्यो रकमलाई उत्पादनमूलक क्षेत्रमा लगाउने योजना सरकारले बनाउन सकेको छैन, न त सर्वसाधारणले नै बैंकबाट ऋण लिनसक्ने अवस्था छ । यसका कारणहरु छन्, बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदर, घर र गाडी किन्न सहजै ऋण दिने बैंकहरुले उत्पादनमूलक क्षेत्र कृषि तथा उद्योगलाई सहजै नपत्याउनु र ऋणका लागि झन्झटिलो प्रक्रिया । बैंकले ऋण लिइसकेपछि तनावका कारण पनि जोकोही हत्तपत्त ऋण लिन सक्ने अवस्था छैन । यसका कारण पनि आन्तरिक अर्थतन्त्र चलायमान हुन सकिरहेको छैन । कृषि उत्पादन, उद्योगधन्दालाई केन्द्रमा राखेर सरकारले नीति बनाउन आवश्यक छ ।  जनधारणा साप्ताहिक

 

यो पनि पढ्नुहोस्

वीरगञ्ज महानगरकाे बजेट साढे ४ अर्ब

वीरगञ्ज महानगरकाे बजेट साढे ४ अर्ब

८ घण्टा अगाडि
प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक स्थगित

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाको मतदान हुनमा ढिलाई

चलचित्र ‘महाराजधिराज’मा नायिका पूजना प्रधान अनुबन्ध

प्रतिनिधिसभा बैठक स्थगित

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घट्याे

क्रोएसिया फिफा विश्वकपको अन्तिम ३२ मा पुग्ने सम्भावना कायमै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक