सोम, अशोज २६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

माक्र्सवाद र बहुलवादी खुला समाज

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
एनसेल प्रकरणमा सरकारलाई वामदेव गौतमको ५ बुँदे सुझाव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–वामदेव गौतम

नेकपा (एमाले) को पाँचौ राष्ट्रिय महाधिवेशनले कम्युनिष्ट आन्दोलनमा पहिलो पटक बहुलवादी खुला समाज निर्माण गर्ने विचारलाई अगाडि सा¥यो । त्यो सोभियत संघमा ७० वर्षसम्म रहेकोे समाजवादको असफलता र पुँजीवादको पुनस्र्थापना पछि नेपालको कम्युनिष्ट आन्दोलनलाई अब कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा निकालिएको आधारभूत निश्कर्ष थियो । सोभियत संघमा समाजवादी व्यवस्था रहँदासम्म बजार आधारित अर्थतन्त्र समाप्त गरिएको थियो । पुँजीवादलाई पूर्नजीवीत हुन नदिन पुँजीवादी कारोबार समाप्त गरिएको थियो । जनताका सम्पूर्ण आधारभूत भौतिक आवश्यकता पुरा गरिएको थियो । त्यो समयमा पुँजीवाद पुनस्र्थापनाको कुनै सम्भावना छैन भन्ने विचारलाई सैद्धान्तिक र व्यवहारिक रुपमा हर हिसाबले पुष्टि गर्ने कोशिस गरिन्थ्यो । सर्वहारा अधिनायकत्वलाई सुदृढ गरिएको भनिन्थ्यो । समाजवादको बलियो किल्लाका रुपमा सोभियत लालसेनालाई मानिने चलन यथावत थियो । तर त्यही समाजवाद र सर्वहारा वर्गको अधिनायकत्व सन् १९९१ मा गल्र्यामगुुर्लम ढल्यो र सबै क्षेत्रमा पुँजीवाद पुनस्र्थापना भयो । देख्दा मात्र एकै दिनमा समाजवाद ध्वंश भएको जस्तो लागे पनि त्यो सोभियत नमूनाको समाजवादका विरुद्ध क्रमशः विकसित हुँदै गएको पुँजीवादकै कारण भएको थियो । सर्वहारा अधिनायकत्वको अजय किल्लाको रुपमा लिइने गरिएको सोभियत लालसेनाको सम्पूर्ण शक्ति समाजवादलाई ढालेर पुँजीवादलाई हरक्षेत्रमा पुनस्र्थापना गर्ने शक्तिमा रुपान्तरित भयोे । त्यो लालसेना समाजवादी शासन व्यवस्था भएको पूर्वी युरोप र पूर्वी जर्मनीमा समेत समाजवाद समाप्त गरेर पुँजीवाद स्थापना गर्न परिचालित भयो । सर्वहारा अधिनायकत्वमा क्रमशः विघटनको त्यो अन्तिम रुप थियो । सन् १९१७ को विजयी रुसी सर्वहारा समाजवादी क्रान्ति संसारलाई तरंगित गराउने अपूर्व घटना थियो । त्यसैगरी सन् १९९१ को सोभियत समाजवादको असफलता र पुँजीवादको पुनस्र्थापना पनि विश्वव्यापी रुपमा तरंग सिर्जना गर्ने घटना थियो । त्यो घटना बाटो हिड्दा एउटा कमिला कुल्चिएर मरे जत्तिको महत्वहिन घटना थिएन । यति गम्भीर विषयको समिक्षा हुनैपर्छ र यसबाट देश देशका कम्युनिष्ट तथा माक्र्सवादी पार्टीहरुले गहिरिएर अध्ययन, अनुसन्धान र विश्लेषण गर्नैपर्छ । कम्युनिष्ट आन्दोलनमा देखापरेको यो प्रलयकारी घटनाबाट लिइएको गम्भीर शिक्षा हो बहुलवादी खुला समाजको अवधारणा ।

जहिलेदेखि मानवजाति सचेतन रुपमा उत्पादन पद्धतिमा विकसित भयो त्यसवेलादेखि समाज बहुलवादी छ । अहिले पनि समाज प्राकृतिक रुपमै बहुलवादी छ । तर सोभियत संघ र पूर्वी युरोपका समाजवादी मुलुकहरुमा भिन्न मत राख्ने अवस्था समाप्त गर्ने अनेकौं कोशिस गरियो । जस्को परिणाम आज समाजवाद त्यहाँ पराजित भएको छ । रुसमा फरक मत राख्ने नेताहरुलाई देशभित्र मात्र होइन उनीहरु निर्वासित मुलुकमा समेत जासुस पठाएर मार्ने जस्ता कुकर्महरु भए । कम्युनिष्ट पार्टीभित्रै गोप्य रुपमा अनेकौं नेताहरुको हत्या गरियो । आखिरमा सोभियत नमूनाको समाजवादको पनि हत्या गरियो र त्यसको ठाउँमा पुँजीवाद पुनस्र्थापना भयो । त्यो घटनाबाट शिक्षा लिएर विकसित गरिएको नयाँ नमूनाको समाजवाद निर्माण गर्ने सिद्धान्त हो जनताको बहुदलीय जनवाद ।

संस्कृत साहित्यमा बहुचर्चित एउटा उक्ति छ– वादे वादे जायते तत्ववोध अथवा भिन्न भिन्न मतहरुका वीच छलफलबाट नै सही निश्कर्ष निकाल्न सकिन्छ । यो उक्तिले विचारमा रहेको द्वन्द्वात्मकतालाई स्पष्ट र सही रुपमा प्रकट गरेको छ । माक्र्सवादी दर्शनको मुल सिद्धान्त हो संसारमा आधारभूत तत्वको रुपमा भौतिक बस्तु मात्र छ । भौतिक बस्तु कहिल्यै समाप्त हुँदैन रुप मात्र परिवर्तन हुन्छ । यो निरन्तर परिवर्तन र विकासको अवस्थामा हुन्छ । भौतिक बस्तुको विकासको एउटा रुप हो मानवजाति । यसको पनि निरन्तर परिवर्तन र विकास भइरहेको छ । माक्र्सवादी दर्शनले भन्छ, परिवर्तन परस्पर विरोधी तत्वका वीच एकता र संघर्षको नियमका आधारमा हुन्छ । यसलाई माक्र्सवादी दर्शनको मुटु मानिन्छ । यो नियम भौतिक बस्तुको निरन्तर परिवर्तन र विकासको अवस्थाबाट विकसित गरिएको सिद्धान्त हो । नियम बनेपछि भौतिक बस्तु यस्तो परिवर्तन हुन्छ भनिएको होइन । भौतिक बस्तुको अध्ययन पछि त्यसमा अन्तरनिहीत नियमलाई वैज्ञानिकहरुले बाहिर ल्याएको मात्र हो । यो नियमका अभिन्न अंगका रुपमा अन्य दुई नियम पनि छन् । जसको परिवर्तन र विकास पहिले क्रमशः र अन्त्यमा गुणात्मक रुपमा हुने गर्छ । जब विकास हुन्छ पहिले भन्दा संख्या र गुणमा समेत विकास भएको अवस्थामा देखिन्छ । यिनै नियमहरुलाई मानवजातिको इतिहासमा स्थापित गर्दा बल्ल साँचो इतिहास बाहिर आएको हो । त्यसकै आधारमा मानवजातिको विकासका पाँच चरणहरु आदिम मातृप्रधान समाज, दासमालिक समाज, सामन्तवादी समाज, पुँजीवादी समाज र समाजवादी समाजको अवस्था संसारले जान्न र बुझ्न सकेको हो ।

उपरोक्त मानवजाति विकासका पाँच चरणहरुमा हरेक समाजमा विपरित तत्वको एकता र संघर्षको अवस्था स्पष्ट देख्न सकिन्छ । आदिम मातृप्रधान समाज प्राकृतिक अवस्थाको मानवजातिको चरण थियो । त्यसमा प्रकृति र मानवजातिका वीच परस्पर विरोधी एकता र संघर्षको अवस्था देखिन्छ । त्यसपछि मानवजाति कृषि उत्पादनको चरणमा प्रवेश गर्छ । त्यसमा मालिक र दास दुई परस्पर विरोधी वर्गका रुपमा देखापर्छन र उनीहरुका वीचको संघर्ष विपरित तत्वको संघर्ष र एकताको रुपमा प्रकट हुन्छ । त्यो संघर्षले दासहरुलाई भूदास र मालिकहरुलाई भूमालिकका रुपमा विकसित गर्छ । जब कृषि उत्पादन व्यवसायीकरण हुन्छ समाज औद्योगिक क्रान्ति तर्फ अगाडि बढ्छ । त्यसपछि सामन्तवाद र पुँजीवाद विपरित तत्वमा विकसित हुन्छन् । त्यसले सामन्तवादलाई समाप्त गर्दै पुँजीवाद र सर्वहारा वीच विपरित तत्वका रुपमा देखापर्छन । त्यसपछि भूमालिकहरु पुँजीपति वर्गका रुपमा विकसित हुन्छन् भूदासहरु मजदुर वर्गको रुपमा विकसित हुन्छन् । परस्पर विरोधी त्यो समाज विपरित तत्वका रुपमा विकसित हुन्छ र संघर्ष अरु तिब्र रुपमा अगाडि बढछ । त्यसले समाजवादी समाजको विकास गर्छ र त्यसमा समाजवाद र राष्ट्रिय पुँजीवाद दुई विपरित तत्वका रुपमा देखिन्छन् । जबसम्म समाजवाद रहन्छ त्यसवेलासम्म विपरित तत्वको रुपमा पुँजीवादको अस्तित्व अपरिहार्य हुन्छ । यहीँनिर सोभियत संघका राजनीतिज्ञ र वैज्ञानिकहरुले अत्यन्त ठूलो गल्ती गर्छन । उनीहरुले विपरित तत्वको रुपमा रहेको पुँजीवादलाई हरक्षेत्रबाट समाप्त गर्ने कोशिस गर्छन जस्को परिणाम समाजवादको पनि समाप्ति हुन्छ । यस सम्बन्धमा माक्र्स र ऐंगेल्स स्पष्ट देखिन्छन् । उनीहरुले भनेका छन्– समाजवाद रहँदासम्म भिन्न भिन्न वर्गहरुको अस्तित्व रहनेछ र उनीहरुका वीचको मित्रतापूर्ण संघर्ष पनि अनिवार्य हुनेछ । जब समाज चौतर्फि रुपमा विकसित भएर अगाडि बढ्नेछ, राज्यको आवश्यकता समाप्त हुनेछ, समाज स्वचालित रुपमा संचालन हुने अवस्था सिर्जना हुनेछ । त्यस अवस्थामा आदिम मातृप्रधान समाजमा रहेको मानवजाति र प्रकृतिका वीच रहेको मुख्य संघर्ष समाजमा पुनः देखा पर्नेछ । तर त्यस अवस्थाको समाज आर्थिक रुपले, बौद्धिक रुपले, सांस्कृतिक रुपले, शारिरीक क्षमताका रुपले, गुणात्मक रुपले र वैज्ञानिक रुपले पनि पहिलेको भन्दा अत्याधिक विकसित अवस्थामा पुग्नेछ ।

सन् १९१७ को सर्वहारा समाजवादी क्रान्ति भन्दा पहिले रुस साम्राज्यवादी अवस्थामा विकसित भएको मुलुक थियो । समाजवादी क्रान्तिले रुसी सर्वहारा वर्गलाई शासक वर्गमा रुपान्तरण गरेको थियो । वास्तविक रुपमा सत्ता संचालन गर्ने स्थानमा सर्वहारा वर्गको प्रतिनिधित्व गर्दै सोभियत कम्युनिष्ट पार्टीका नेताहरु नै पुगेका थिए । सर्वहारा वर्ग मुक्त र राज्यको मालिक भइसके पछि त्यो वर्ग सर्वहारा वर्ग रहँदैन । त्यो वर्ग श्रमजीवी वर्गमा विकसित भएको हुन्छ । समाजमा सबै तह तप्का र वर्गका व्यक्तिहरु श्रमजीवी वर्गकै रुपमा विकसित भएका हुन्छन् । सर्वहारा वर्ग श्रमजीवी र शासक वर्गमा रुपान्तरण भइसके पछि सर्वहारा वर्गको अधिनायकत्व होइन श्रमजीवी वर्गको राज्यसत्ता स्वभाविक रुपमा कायम भएको हुन्छ । त्यस्तो अवस्थामा पुँजीपति वर्ग राष्ट्रिय पुँजीपति वर्गमा रुपान्तरित भएको हुन्छ । पुँजीवादी समाजमा विकसित भएका अनेकौं समाजोपयोगी संस्कार र संस्कृतिलाई समेत प्रयोग गर्दै अगाडि बढ्नु पर्ने अवस्था विकसित हुन्छ । विश्वव्यापी रुपमा समाजवाद स्थापना नभएको अवस्थामा पुँजीवादी मुलुकहरुसित दौत्य सम्बन्ध कायम गर्दै अगाडि बढ्नु पर्ने आवश्यकता पर्छ । उनीहरुसंग अनेकौं प्रकारका सम्बन्ध विकास गर्न आवश्यक पर्छ । इन्कारै गर्न नसकिने व्यापारिक सम्बन्ध अनिवार्य हुन्छ । त्यसले बजार अर्थतन्त्रको आवश्यकतालाई जन्म दिन्छ । समाजवादी व्यवस्थामा योग्यता बमोजिम काम र काम बमोजिम ज्याला अथवा तलवको व्यवस्था हुन्छ । त्यसले आन्तरिक र राष्ट्रिय बजारको आवश्यकतालाई प्रकट गर्दछ । त्यस अवस्थामा सोभियत संघले समाजवादमा अवलम्बन गरिनु पर्ने उत्पादन र वितरणको सही व्यवस्थापनका निम्ति समाजवादी बजार अर्थ व्यवस्था लागु गर्नु पर्दथ्यो । सोभियत कम्युनिष्ट पार्टीले यी सबै पक्षलाई नजरअन्दाज ग¥यो । समाजवादी क्रान्ति पछि जे नहुनु पर्दथ्यो ती सबै भए । त्यसको परिणाम दोस्रो विश्वयुद्ध पछि एक पछि अर्को गर्दै सोभिय संघमा चारैतिर अव्यवस्थाहरु देखापरे । राष्ट्रिय आम्दानीको ठूलो हिस्सा दोस्रो विश्वयुद्ध पछि पनि हतियार र सेनामा खर्च गरियो । आन्तरिक रुपमा कम्युनिष्ट नभएर बाँच्न सक्ने स्थिति भएन । आरोप लगाएर मृत्युदण्ड दिने चलन पछिल्लो कालसम्म यथावत रहयो । समाजवादी क्रान्तिको सफलता पछिको कालमा पुराना सत्ताधारीहरुलाई खोजी खोजी मृत्युदण्ड दिने कामहरु पनि भए । आत्मसमर्पण गरेका र जेलमा रहेका पुराना राजपरिवारका सबै सदस्यहरुलाई मृत्युदण्ड दिइयो । त्यसले लेनिनको मृत्यु पछि पनि असहमत व्यक्तिहरुलाई त्यसैगरी हत्या गर्न चलन स्थापित भयो । स्वयम लेनिन त्यसको शिकार हुनुप¥यो । व्यक्ति हत्या र आतंकलाई ठान्ने विचार विश्वव्यापी बन्यो । भारतमा त्यसको प्रभाव वर्ग शत्रु खतम अभियान भन्दै चाररुम मुजमदार लाइन प्रकट भयो । त्यसकै सिको गर्दै नेपालको झापा संघर्षमा १० जनाको टाउको काटेर क्रान्ति शुरु गरेको भनियो । पेरुमा त्यस्तै गरियो । प्रचण्ड नेतृत्वमा भएको १० वर्षे जनयुद्धमा १७ हजार नेपालीको प्राण समाप्त गर्ने काम भयो । अन्तमा ती सबै सघर्षहरु असफलता टुंगिए । नेपालमा भने संसदीय संघर्षमा सामेल भएको नेकपा (एमाले) को मुख्य भूमिकाका कारण त्यो संघर्षलाई शान्तिमा रुपान्तरण गर्न सकियो । एंगेल्सले राज्य पनि परिवर्तनशील हुन्छ भनेको विषयलाई बेवास्ता गरियो । परिवर्तन हुन्छ भन्ने एउटा प्रमाण समाजवादी क्रान्ति सम्पन्न गर्ने एउटा मुख्यशक्ति जारशाही शासनकालमा स्थापित गरिएको रुसी सेनाको ठूलो हिस्साले क्रान्ति सम्पन्न गर्न र त्यसको रक्षा गर्न अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरेको विषयको महत्वलाई कहिल्यै आत्मसात गरिएन । त्यसबाट सकारात्मक निष्कर्ष निकाल्ने कोशिस पनि भएन । त्यसवेला निर्माण गरिएको लालसेनाको मुख्य भाग नै जारशाही कालमा विकसित भएको रुसी सेना नै थियो । यी सबै तथ्यहरुको सही मुल्याँकन कहिल्यै गरिएन । यी सबैको परिणाम थियो सन् १९९१ मा भएको रुसी समाजवादको असफलता र सोभियत संघको विघटन र पुँजीवादको पुनस्र्थापना ।

सोभियत समाजवादको असफलता पछि चीन, भियतनाम, क्यूवा र लाओसले अर्थतन्त्रमा राष्ट्रिय पुँजीवादलाई क्रमशः पुनस्र्थापना गरिरहेका छन् । तर राजनीतिमा सर्वहारा अधिनायकत्व लागु छ । अर्थतन्त्रमा पुँजीवाद अवलम्बन गर्दा नयाँ पुँजीपति वर्गको उदय भइरहेको छ । कुनै पनि राष्ट्र एक्लै समाजवादमा प्रवेश गर्न सक्दैन । त्यस्तो अवस्थामा नयाँ उदाइरहेका राष्ट्रिय पुँजीपतिहरुलाई राजनीतिमा स्थान दिने अवस्था सिर्जना हुन्छ नै । राज्यसत्ताको द्वन्द्वात्मकता निर्वाह गर्न बहुदलीय प्रतिस्पर्धाको प्रणाली पुनस्थापना हुने अवस्था सिर्जना हुने पक्का छ । राजनीति लगायत सबै उपरि ढाँचाहरुको आधारभूत तहमा अर्थतन्त्रले काम गरिरहेको हुन्छ । अर्थतन्त्र मिश्रित भएपछि राजनीति पनि मिश्रित हुनु अनिवार्य हुन्छ भनेर सबै माक्र्सवादीहरुले बुझ्ने अनिवार्य अवस्था आउने स्थिति अवस्यम्भावी छ ।

आजको युग राजनीतिक प्रतिस्पर्धाको युग हो । यसलाई अस्विकार गरेर अगाडि बढ्नै सकिन्न । प्रतिस्पर्धामा जानुको अर्को विकल्प छैन । मानव समाजको प्रारम्भिक इकाई व्यक्ति हुन्छ । त्यसका छुट्टै कतिपय स्वार्थलाई सम्बोधन नगरी अगाडि बढ्न सकिन्न । व्यक्तिगत स्वतन्त्रताले सिर्जनात्मक क्षमतालाई विकास गर्न मद्दत गर्छ । मानवीय आवश्यकता बमोजिम विकसित हुने विचारहरुलाई कैद गरेर अबको युगमा कसैले पनि शक्ति आर्जन गर्न सक्दैन । राज्य विकसित गर्न सक्दैन । राज्यको रक्षा पनि गर्न सकिन्न । आज संसारभरी रहेका जुनसुकै समाज किन नहोउन एकल विचारवादी बनाउन सकिन्न । आज पनि समाज बहुलवादी छ । भोली पनि बहुलवादी नै हुनेछ । जबसम्म पृथ्वीमा मानिसको सचेतन अस्तित्व रहनेछ बहुलवादी नै हुनेछ । यो सार्वभौम सच्चाई हो । हरेक जीव र नीर्जिव ठूला र साना बस्तुको एकअर्कासंग बहुपक्षीय सम्बन्ध छ र नै पृथ्वीमा मानवजातिको अस्तित्व छ । पृथ्वीमा मानिस र अन्य बस्तुको सम्बन्ध एक अर्काको गुरुत्वाकर्षणमा निर्भर छ । यो सौर्य मण्डलको अस्तित्व ४ हजार भन्दा धेरै सौर्य मण्डलमा रहेको गुरुत्वाकार्षण शक्तिसंग सम्बन्धित रहेको छ । त्यसो भएर मानिसका विचारहरु पनि अनेक पक्षसंग सम्बन्धित छन् । तिनको वैचारिक स्वतन्त्रता स्वतः स्थापित सत्य हो । मानव समाज आफै बहुलवादी छ । एकलवादी बनाउन सकिन्न र कहिल्यै सकिनेछैन । आज अगाडि रहेका समाजवादी मुलुकहरुको असफलता जबर्जस्ति समाजलाई एकलवादी बनाउने प्रयत्नका परिणाम हो । यो युगमा बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीबाट मात्र समाजवाद निर्माण गर्न सकिन्छ । त्यसको संरक्षण गर्न पनि सकिनेछ । साम्यवादी अवस्था सामाजिक क्रान्ति गरेर ल्याउने होइन यो स्वतः विकसित हुने अवस्था हो । अहिले साम्यवाद अत्यन्त उन्नत स्तरको परिकल्पना भन्दा अर्को होइन ।
२४ माघ, २०८०

यो पनि पढ्नुहोस्

नेपाल कम्युनिष्ट पार्टीको  केन्द्रिय समिति बैठकका प्रारम्भिक निर्णयहरु सार्वजनिक

नेपाल कम्युनिष्ट पार्टीको हार्दिक श्रद्धाञ्जली तथा गहिरो समवेदना !

३ घण्टा अगाडि
नोबेल पुरस्कार रोबर्ट ई. हल र माइकल उडफोर्डलाई संयुक्त रूपमा प्रदान गरिने

नोबेल पुरस्कार रोबर्ट ई. हल र माइकल उडफोर्डलाई संयुक्त रूपमा प्रदान गरिने

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालले क्यानडालाई हरायाे

बूढीगण्डकी बाढीबाट भौतिक संरचनामा ठूलो क्षति

सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु

कांग्रेसकाे सहमहामन्त्रीमा मतगणनामा रामहरि अगाडि

बागमती प्रदेशलाई नमुना प्रदेश बनाउने घोषणा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक