बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

पृथ्वी जयन्ती: राप्रपाका लागि वा देशका लागि?

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
पृथ्वी जयन्ती: राप्रपाका लागि वा देशका लागि?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ – सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिनुलाई राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले लामो माग र प्रयत्नपछि प्राप्त गरेको उपलब्धि ठानेको छ। आफूहरुले गरेको मागलाई सरकारले स्वीकार गरेको गौरवपूर्ण दिन मानी बुधबार ३०१ औँ पृथ्वी जयन्ती विजयउत्सवका साथ मनायो राप्रपाले। नयाँ सरकारले शुभकार्यको प्रारम्भ गरेको भन्दै आगामी दिनमा सार्वजनिक विदा दिने मात्रै नभई सरकारले नै उत्सवको रुपमा मनाउनुपर्ने राप्रपाको तर्क छ।

पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिने बिषय पार्टी विषेशको मात्रै मुद्दा बन्न नहुने तथा भोलिका सन्ततिले नेपालको निर्माण कसरी भएको भनेर जान्न पाउनुपर्छ भनेर लडाइँ लडेको राप्रपाले भन्दै आएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले मन्त्रिपरिषद्ले निर्णय गरेर पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिने निर्णय भएकोले अब यो विदा रोकिने कुरा कल्पना भन्दा बाहिरको भएको बताएका छन्।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन दलहरुले कन्जुस्याइँ गरेको भन्दै राप्रपाले पुस २७ मा बिदा दिनुपर्ने सर्त राख्दै आएको थियो। पहिलेदेखि मनाउँदै आइएको पुस २७ को राष्ट्रिय एकता दिवस २०६३ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा कृष्णप्रसाद सिटौला गृहमन्त्री हुँदा खारेज गरिएको थियो। सिटौला गृहमन्त्री हुँदा उनकै प्रस्तावमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको मन्त्रिपरिषद्ले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा नमनाउने गरी गरेको निर्णयको राप्रपाले विरोध गर्दै आएको थियो।

मंसिर ४ को निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष तथा सत्ता गठबन्धनका निर्णायक नेता केपी शर्मा ओलीले मन्त्रिपरिषदमा सहभागी हुन गरेको आग्रहको जवाफमा राप्रपाले राष्ट्रिय एकता दिवस मनाउनुपर्ने सर्त राखेको थियो। २०७४ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा उपप्रधान तथा परराष्ट्रमन्त्री बनेको बेला एक वर्ष मात्रै सार्वजनिक विदा दिएर दिवस मनाइएको थियो। त्यसपछि गठन भएको ‘प्रचण्ड’ नेतृत्वको सरकारले पुनः उक्त निर्णय खारेज गरिदिएको थियो।

अहिले फेरि उनै ‘प्रचण्ड’ प्रधानमन्त्री बनेको बेला राप्रपाले सोही सर्त अघि बढाएको थियो। प्रचण्डले नैतिक संकटलाई नै दाउमा राखेर पुस २७ लाई पृथ्वी जयन्तीको रुपमा मनाउन भन्दै सार्वजनिक विदा दिए। प्रचण्डले संसदमा विश्वासको मत लिनुअघि राप्रपाको माग पूरा गरिदिए। त्यसको बदलामा राप्रपाले प्रचण्डलाई संसदमा विश्वासको मत दियो। प्रचण्ड नेतृत्व सरकार र राप्रपाबीच सत्ता समीकरणबारे अन्य सर्त पनि भएका बुझिएका छन्। सरकारमा के कति मन्त्रालयसहित सहभागी हुने भनेर राप्रपा अहिले आन्तरिक छलफलमा व्यस्त छ।

प्रचण्डले मंगलबार सदनमा राप्रपा र विभिन्न सर्त अघि राखेका दलको असाधारण मत पाए। कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिदा सदनमा प्रतिपक्षी दल नै बाँकी नरहने अवस्था आयो। राष्ट्रिय सहमतिको सरकार बन्यो। प्रचण्डलाई बहुमतको समर्थनमा मुलुकको प्रधानमन्त्री बन्न पाएकोमा ‘प्रचण्ड’ खुसी छन् भने कांग्रेसले पनि यसअघि सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न सघाइदिएको गुुन तिर्न पाएको छ। प्रचण्डले सरकारमा ओलीलाई सतर्क राख्न पनि कांग्रेसको समर्थन जुटाएका बुझ्न सकिन्छ।

अर्कोतिर कांग्रेसले पनि भोलिका दिनमा सरकारको पूरा अवधि नसकिदै सरकार निर्माण गर्नुपरेको अवस्थामा आउने अवसरलाई सुरक्षित गरेको हुनसक्छ। सदनमा नेपाल मजदुर किसान पार्टी र जनमोर्चा मात्रै प्रतिपक्षी दल बनेका छन्। प्रतिनिधिसभाका २७५ सांसदमध्ये २७० भोट खसेकोमा प्रचण्डले २६८ भोट पाए। संसदमा प्रतिपक्ष दल नै नरही राष्ट्रिय सहमतिको सरकार गठन भएको बेला राप्रपाले पनि निकै तामझाम गरेर बुधबार पृथ्वी जयन्ती मनायोकाठमाडौँ उपत्यकाका विभिन्न नगर परिक्रमा, पृथ्वी नारायण शाहको सालिकमा मार्ल्यापण गर्नुका साथै चियापान तथा भेटघाट कार्यक्रम गर्‍यो। राप्रपाले भृकुटीमण्डपमा आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री प्रचण्डदेखि सबै राजनीतिक दललाई सहभागिताको लागि आह्वान गरेको थियो। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, एकीकृत समाजवादी(नेकपा एस)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल उपस्थित थिए। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी पनि सहभागी थिए।

सबैभन्दा रोचक दृष्य त त्यत्तिबेला देखियो जब कार्यक्रममा नेता कमल थापा पुगे। थापा पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिनुपर्छ भनेर लडाइँ लड्ने प्रमुख पात्र हुन्। आफूले थालेको अभियानले सार्थकता पाएकोप्रति उनि हर्षविभोर भए। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पनि थापाको उपस्थितिलाई विशेष रुपमा लिए। लिङ्देनसँग पार्टी अध्यक्षमा पराजित भएपछि थापा अहिले राप्रपा नेपाल नामक पार्टीको अध्यक्ष छन्

प्रधानमन्त्री प्रचण्ड गोरखाको कार्यक्रममा व्यस्त भएका कारण उप्रधानमन्त्री समेत रहेका माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उक्त समारोहमा उपस्थित थिए। कांग्रेसले नेता रामचन्द्र पौडेलाई प्रतिनिधिको रुपमा पठाएको थियो। कांग्रेस सभापति शेरबहादुर देउवाको व्यस्तताको कारण पार्टीले नेता पौडेललाई पठाएको हो। सभापति देउवाका स्वकीय सचिव भानु देउवाले सभापति अन्य कार्यक्रममा व्यस्त भएपछि पौडेललाई पठाएको देश सञ्चारलाई जानकारी दिए।

कांग्रेस नेता गोपालमान श्रेष्ठ, रामहरि खतिवडा लगायत उपस्थित थिए। नेता रामचन्द्र पौडेलले नेपाली भएर बाँच्ने अवसर पृथ्वीनारायण शाहले नै दिएको उल्लेख गरे। पृथ्वी जयन्तीको सार्वजनिक विदा खोरज गरेर प्रचण्डले नै पुनः विदा दिने निर्णय गर्नु राजनीतिमा शुभसंकेत भएको उनको भनाइ छ।

एमाले अध्यक्ष ओलीको अलावा अन्य नेताहरु पनि पुगेका थिए। एमाले नेता रिमालले नेपाल एकीकरण गर्ने नेता र इतिहासप्रति गौरव गर्नुपर्ने भएकाले पृथ्वी नारायण शाहको सम्मान र सम्झनामा दिवसको औचित्य रहेको उल्लेख गरे। कार्यक्रममा सहभागी भएका नेता रिमालले देश सञ्चारसँग भने, ‘विगतमा विदा नदिईकन मनाइन्थ्यो, अहिले विदा दिएर मनाइएको छ, इतिहासको सम्मान र सम्झना हो।’

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले पृथ्वी जयन्तीमा दिन सुरु गरिएको सार्वजनिक विदा सधैँ कायम राखिदिन सरकारसँग आग्रह गरेका छन्। राजपत्रमा लेखेर सुनिश्चित गरेपछि मात्रै नेपालको बलियो परिचय सदैव रहने उनको तर्क छ।

पार्टीका प्रशिक्षण विभागका सदस्य सचिव दिनेश कार्की नेपाल मुलुक कायम राखेको नायकको सम्झनाको दिन अविस्मरणीय हुने बताउँछन्।

पृथ्वी नारायण शाहको स्मरणमा आफ्नो पार्टीले वर्षैपिच्छे निरन्तर रुपमा कार्यक्रम गर्दै आएकोले यसको औचित्य थप बढेको उनको भनाइ छ। सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिएर सत्ता,शक्ति र स्वार्थको लागि राप्रपाको सर्त पुरा गरिदिएको हो भन्ने राजनीतिक वृत्तमा चर्चा छ। यस्तै राप्रपाले जसरी पनि सरकारमा समाहित भइछाड्ने रणनीति बनाएपनि सर्तसहित सरकारमा सहभागी हुँदा पार्टीको हैसियत बलियो देखिने ठानेको हो भनिएको छ।

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

७ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक