आइत, अशोज २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

लियो टोल्स्टायले गान्धीलाई यस्ता पत्र लेख्दारहेछन् साम्राबादसँग लड्न

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
– लोकनारायण सुबेदी
रुसका  बिश्व प्रसिद्ध साहित्यकार लियो टोल्स्टायले भारतका गान्धिलाई आफ्नो अन्तिम पत्र लेखदै भनेका रहेछन् — ‘मनुष्य जातिका सारा अन्याय र कठिनाईहरु यसकारण पैदा हुने गर्दछन् कि प्रेमको नियमलाई मानिसहरुले मानेनन् । त्यसको ठाउँमा हिंसाका नियम अघि सारे’ यसरी एकथरी भारतीयहरु भन्दै छन् कि टोल्स्टायद्वारा भारतीयलाई लेखेका ती पत्रहरुको सामयिकता आज पनि रहिरहेको छ
हुन पनि भारतको स्वतन्त्रता संग्राममा रुसका ती महान लेखक लियो टोल्स्टोयको भारतीय समाजसेवीहरु,पत्रकाहरु तथा लेखकहरुसँग बिस्तृत पत्राचारको सम्बन्ध रहेको प्रमाणहरु छन् । भनिन्छ टोल्सटायल भारतबाट आउने पत्रहरुलाई गम्भीरतापूर्बक लिने गर्दथे । अनि प्रायः हरेक पत्रहरुको उत्तर पनि दिने गर्दथे । उनलाई पत्र लेख्नेहरुमा भारत मद्रासका प्रसिद्ध नेता तथा पत्रकार ए.रामशेषन जसले  त्यति बेला लोकप्रिय भएको  राजनीतक समाचार पत्र ‘आर्यन’ प्रकाशन गर्ने गर्दथे । उनले एउटा पत्रमा टोल्स्टायलाई लेखे – हाम्रो देश एउटा महँगो सरकारको गतिबिधिका कारण दिनप्रतिखि दरिद्र बन्दै गइरहेको छ ।बिदेशी पूँजीपतिले यहाँको सम्पत्ति बाहिर लगिरहेका छन् । त्यसको परिणाम के भएको छ भने निरन्तर अनिकाल पर्ने गरेको छ’ ।
ती रुसी बिद्वान टोल्स्टायले रामशेषनको त्यस पत्रप्रति रुची देखाए र २५ जुलाई १९०१ का दिन एउटा लामो पत्र लेखेर उत्तर दिए । त्यसमा उनले लेखेका छन् –‘कुनै पनि समाज या जन समूह जुन हिंसामा आधारित  भनेका छन् त्यो केवल आदिम अबस्थामा मात्रै होछ, त्यो अझ निक्कै खतरनाक अबस्थामा पनि छ’ । त्यसमा टोल्सटायले भारतको ऐतिहासिक बिकासको चर्चा गर्दै भारतीयहरुलाई सुझाव दिएका छन् कि ‘यसरी नै यो चल्दै रहन्छ जबसम्म तिम्रो देशका मानिसहरु सिपाही बनेर काम गर्दै रहन्छन् । तिमीहरुले अग्रेजहरुको हि«ंसक शासनमा सहयोग दिनु हुँदैन र हिंसामा आधारित सरकारमा कुनै पन प्रकारले भाग लिनु हुँदैन’।
टोल्टायसँग जुन अन्य भारतीय लेखकहरुले पत्र लेखे तीमध्येमा दार्शनिक बाबा प्रेमानन्द भारती प्रमुख मानिन्छन् । उनी बिवेकानन्दका शिष्य थिए र १९०२ मा अमेरिका गएका थिए । उनी अमेरकाको लसएञ्जेल्सबाट ‘द लाईट अफ एशिया’ नामको समाचार पत्र निकाल्दथे ।
त्यसैगरी टोल्सटायलाई त्यतिबेला पत्र लेख्ने अन्य भारतीयहरुमा प्रसिद्ध कानुन ब्यवासायी तथा पत्रकार डा. गोपाल चेट्टीले पनि टोल्स्टायसँग बर्षौसम्म पत्राचार गरेका थए । टोल्सटोयसँग पत्राचार गर्ने अन्य महानुभावहरुमा प्रोफेसर रामदेब, लेखक अब्दुल्ला अल–मामु सुहारावर्दी,आरएम दासशर्मा, दार्शनिक एसआर चित्तल,कलकत्ताको पत्रिकाका सम्पादक मिनी रबिन्सन र मद्रासका सामाजिक कार्यकर्ता बैद्यनाथ आदि प्रमुख ब्यक्तिहरु रहेका थिए ।
टोल्स्टायको  रुसी जारशाहीको मूल्यका बिरुद्ध  – ‘म चुप रहन सक्तिन’ लेख प्रकाशित भइसकेपछि उनीकहाँ आउने गरेका पत्रहरुको ताँती नै लाग्यो । जून १९०८ मा तारकनाथ मेहताले एउटा पत्र र आफ्नो पत्रिका ‘फ्री हिन्दुस्तान’अंक टोल्स्टायलाई पठाएका थिए । त्यसको उल्लेख टोल्स्टोयले आफ्नो डायरीमा गरेका छन् । उनले तारकनाथ मेहतालाई भारतमा उपनिवेशबादको पीडालाई लिएर अरु थप सामाग्रीहरु पठाउन पनि पत्र लेखेका थिए ।
तारकनाथले टोल्स्टोयलाई लेखेको आफ्नो पत्रमा बताएको छ कि ‘यदि कुनै भारतीयले अग्रेजहरुसँग न्यायको भिख माग्दछ भने उसलाई सरासर राजद्रोही भनिने गर्दछ र उसलाई जेलमा हाल्ने गरिन्छ या उसलाई देश निकाला गर्ने गरिन्छ । गंगाधर तिलक जस्ता ब्यक्तिमाथि जो भारतीय राष्ट्रिय आन्दोलनका नेता थए, बिद्रोह उक्साउने  आरोप लगाइयो  र  छ बर्षका लागि उनलाई नर्बासित गरियो’ । उनले त्यसमा थप के पनि लेखेका छन् भने ‘भारत गोराहरुका लाग स्वर्ग छ तर भारतीयहरुकालाग नरक’ । हाम्रो लागि एउटै बाटो बचेको छ कि हामीले तपाईहरु जस्ता मानिसहरुलाई ध्यान आकृष्ट गरौ जसले  सरा संसारका सामुमा अँग्रेजहरुको भण्डाफोर गर्न सकौं र यसरी उनीहरुमाथि आफ्नो प्रभाव या असर पार्न सकौं ।
टोल्स्टायले १४ डिसेम्बर १९०८ का दिन तारकनाथलाई ‘ए लेटर टू ए हिन्दू’ नामक पत्र लेखे । त्यो पत्रिकामा चाडै नै अनुबादित भएर ‘स्वतन्त्रता संग्राम’ को प्रेरणाको श्रोत बन्न पुग्यो । उनले त्यस पत्रमा भनेका छन् कि ‘गुलामी भारतमा अनौठो र बिचित्रको लाग्दछ । किनकि यहाँ २० करोड मानिस छन् जसको आध्यात्मिक र शारिरीक शक्ति धेरै नै उच्च छ । तर पनि तिनले आफुलाई यस्ता मुठ्ठिभर मानिसहरु अधिनस्थ मान्दछन्,जो तिनको धार्मिक नैतिकता धेरै बढी छ र ती तल हुन्छन’। यस सम्बन्धमा रोमा रोलाँले लेखेका छन् कि टोल्स्टयको ‘ए लेटर टु ए हिन्दू’ले सारा संसारमा उपनिबेशाबादी दासतालाई जबर्जस्त टक्कर दियो ।भारत र अन्य देशहरुका उपनिवेशबादी सरकारले ‘ए लेटर टु ए हिन्दू’लाई जफत गरे र त्यसलाई सोझै बिद्रोह भड्काउने गरेका अन्य साहित्यको समकक्ष माने । त्यो पत्र संसारको क्रान्तिकारी पत्र–पत्रिकाहरुको एउटा महत्वपूर्ण दस्ताबेज बन्न गयो ।
गान्धि जतिबेला बेलायतमा कानुन पढिरहेका थिए त्यस बेला १८८९मा ‘फ्रान्सली क्रान्ति’ को शताब्दीका अवसरमा फ्रान्सको ‘आईफिल टावर’मा एउटा भब्य प्रदर्शनको आयोजना गरिएको थियो । त्यस कार्यक्रमलाई टोल्स्टायले सम्बोधन गर्ने भएका थिए । उनको भाषण सुन्न गान्धि बेलायतबाट पेरिस पुगेका थिए । टोल्स्टायले आधुनिक सभ्यता(पूँजीवादी सभ्यता)लाई हि«ंसक, बनावटी र मुनाफाखोर र मानबताका लागि घातक करार गरेका थिए । त्यो भाषण सुनेर गान्धि टोल्स्टायबाट अत्यन्तै प्रभाबित भएका थिए । गान्धि दक्षिण अफ्रिका पुगेर टोल्स्टाय साहित्यको गम्भीर अध्ययन गरे । गान्धिको टोल्टायसँग पत्राचार कुन परिस्थितिमा आरम्भ भएको थियो त्यसको उल्लेख गान्धिले आफ्नो आत्मकथात्मक पुस्तक ‘दक्षिण अफ्रिकामा सत्याग्रह’मा उल्लेख गरेका छन् । गान्धि टोल्स्टायको ‘स्वर्गको राज्य तिमी भित्रै छ’पुस्तक तथा ‘पुनर्जागरण’ उपन्यासबाट धेरै नै प्रभाबित भएका थिए ।
सन् १९०९ मा गान्धि दक्षिण अफ्रिकाको एक प्रतिनिधिमण्डसँग बृटिश सरकारसँग भेट गर्न लण्डन गएका थिए । लण्डनबाट नै गान्धिले टोल्स्टायलाई दक्षिण अफ्रिकाको पूरै स्थितिका बारेमा बताएका थिए । गान्धिले बेलायतको आफ्नो त्यो यात्राको उल्लेख गर्दै भनेका छन् कि उनी लण्डन जुन उदेश्यले गएका थिए  त्यो पूरा भएन । आफ्नो पत्रको अन्त्यमा गान्धिले ‘ए लेटर टु  ए हिन्दू’ को अनुबाद गरेर भारतीयहरुका बीच प्रचार गर्ने अनुमति पनि मागे ।
टाल्स्टोयले सेप्टेम्बर–अक्टोबार १९०९ मा गान्धिलाई पठाएको आफ्नो पत्रमा लेखेका छन् कि ‘ईश्वर ट्रान्सवाल(अफ्रिका)मा हाम्रा प्रिय दिदी बहनी दाजुभाइलाई सहायता गर्नु होेला । हामीकहाँ पनि सौम्यताका बिरुद्ध पशुता, बिनम्रता र प्रेमका बिरुद्ध अहंकार अनि हिंसाका बीच यो लडार्ई तीब्ररुपले अनुभव गरिदै रहेको छ’ । टोल्स्टायले पत्रको अन्त्यमा लेखेका छन् ‘भारतीय भाषामा मेरा पत्रहरुको अनुबाद र प्रसार मेरा लागि बहुतै आनन्दको बिषय हुनेछ ।
गान्धिले नोभेम्बर १९०९ मा एउटा अर्को पत्र टोल्स्टायलाई लेखे कि ‘तपाईले आफ्नो प्रभावलाई जसरी उचित सम्झनु हुन्छ त्यसलाई उपयोगमा ल्याएर यस आन्दोलनलाई लोकप्रिय बनाउनु होस् । यदि यो सफल भयो भने त्यो केवल अधर्म,घृणा र असन्त्यमाथि धर्म, प्रेम र सत्यको बिजय हुनेछ अझ भारतमा त यो लाखौ मानिसहरुका लागि र संसारका अरु भागहरुमा पनि  जनताका लागि यो एक आदर्शजस्तो भएर काममा आउनेछ’ ।
अप्रिल १९१० मा गान्धिले तेश्रो पत्र लेखे र त्यस पत्रका साथमा आफ्नो पुस्तक ‘इण्डियन होम रुल’ पनि पठाए । गान्धिले टोल्स्टायको ‘ए लेटर टु ए हिन्दू’ का केही अंशहरुलाई पनि आफ्नो पत्रमा उल्लेख गरे कि ‘भारतबासी राज्य शासन–ब्यबस्थालाई असहयोग गरुन्, बृटिश सेनामा नोकरी नगरुन्, कर नतिरुन् इत्यादि । प्रष्ट हुन्छ कि गान्धिल टोल्स्टायका बिचारहरुलाई सम्मिलित गर्दै भारतमा ‘असहयोग आन्दोलन’ चलाएका थिए ।
२५ अप्रिल १९१० का दिन टोल्स्टायले गान्धिलाई यसो भनेर पत्र लेखे ‘मैले तपाईका किताबहरु रुचीकासाथ पढें । मेरो मतबाट त्यसमा जुन अहिंसाको प्रश्नलाई चर्चा गर्नु भएको छ त्यो केवल भारतीयहरुका लागि मात्र नभएर पूरै मानब जातिका लागि सबैभन्दा बढी महत्वको कुरा हो’। टोल्स्टायले पत्रको अन्त्यमा लेखेका छन् –‘म स्वस्थ छुइन र त्यसैले तपाईको किताब र तपाईको बारेमा जेजे कुरा मेरो मनमा छ ती सबै कुरा लेख्न नसक्ने भएँ । म तपाईको कामको बहुतै सराहना गर्ने गर्दछु । म जब स्वस्थ हुनेछु, लेख्नेछु’।
यसै बीच ट्रान्सवालमा भारतीयहरुको अफ्रिकी शासनका बिरुद्ध आन्दोलन निकै चर्काे हुँदै गएको थियो । त्यस आन्दोलनको परिणामस्वरुप  अनेक आन्दोलनकारीहरुका परिबारहरु अभावग्रस्त हुन पुगे र ती खान नपाएर मर्ने स्थिति बन्यो । ती परिबारहरुको सहयोगका लागि गान्धिले आफ्ना एक मित्र हेलमान केलनबाखको ११०० एकड भूमिमा एक खेतीपातीको फार्म बनाए र त्यसको नाम ‘टोल्स्टाय फार्म’ राखे । त्यस फार्म बिभिन्न परिबारले खेतीपाती गर्न थाले र आफ्नो आजीविका चलाउन समर्थ बने । टोल्स्टायले गान्धिलाई आफ्नो अन्तिम पत्र लेख्दै  भनेका छन् –‘मनुष्य जातिका सारा अन्याय र कठिनाईहरु यस कारण उत्पन्न हुने गर्दछन् कि प्रेमका नियमहरुलाई मानिसहरुले छोडिदिए र त्यसको स्थानमा हिंसाका नियमहरुलाई अपनाए’ । यसरी देख्न सकिन्छ कि टोल्स्टायद्वारा भारतीयहरुलाई लेखेका ती पत्रहरुको सामयिकता आज पनि कायम रहेको छ ।

यो पनि पढ्नुहोस्

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

४ घण्टा अगाडि
रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचौ यँलासी पीगं सीकेगु भजन संगीत तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

गोरखाको चुमनुब्री क्षेत्रमा भएकाे क्षतिप्रति दुखः व्यक्त

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

ब्रह्मायणी मन्दिर परिसरमा भक्तजनको भीड

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक