बुध, बैशाख ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य बैंक/वित्त

सिद्धार्थ बैंकको नाफा सामान्य घट्यो

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
सिद्धार्थ बैंकको ८९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा सिद्धार्थ बैंकको नाफा सामान्य घटेको छ । बैंकले बिहीबार प्रकाशित गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा १ अर्ब १३ करोड ६८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा १ अर्ब १६ करोड १२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको बैंकको नाफा १.१० प्रतिशतले घटेको हो । बैंकको खुद ब्याज आम्दानी र खुद फी तथा कमिसन आम्दानीमा वृद्धि भएको छ । यस्तै सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन (इम्पेरीमेन्ट चार्ज) मा सामान्य घट्दा पनि बैंकको नाफामा घटेको छ । बैंकको सञ्चालन खर्चमा वृद्धि हुँदा नाफा प्रभावित भएको हो ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४ अर्ब १ करोड ७९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१४ प्रतिशतले बढेर ४ अर्ब १० करोड ३९ लाखमा पुगेको छ । यस्तै खुद फि तथा कमीसन आम्दानी ६१ करोड २८ लाखबाट ६५ करोड ७३ लाख पुगेको छ ।

आम्दानीमा वृद्धि हुँदा सम्भावित कर्जा नोक्सानीको लागि गरेको प्रोभिजन १ अर्ब १९ करोड २५ लाख रुपैयाँबाट सामान्य घटेर १ अर्ब १८ करोड ४१ लाख रुपैयाँ पुगेको छ । तर, कर्मचारी खर्च १ अर्ब ४१ करोड ८४ लाखबाट बढेर १ अर्ब ४६ करोड ५५ लाख पुगेको छ । यस्तै अन्य सञ्चालन खर्च ५८ करोड ३२ लाखबाट बढेर ६२ करोड ३५ लाख पुगेको छ । जसले बैंकको सञ्चालन नाफा र नाफा घटेको हो ।

पुस मसान्तमा बैंकको सञ्चालन मुनाफा १ अर्ब ६५ करोड ७६ लाख रुपैयाँबाट १ अर्ब ६५ करोड ५६ लाख रुपैयाँमा झरेको छ ।

नाफा घटेको बैंकले ५४ करोडढ रुपैयाँ ब्याज उठाउन सकेको छैन । चालु आर्थिक वर्षको ६ महिनामा ३७ करोड ५० लाख घाटामा रहेको बैंकको गत आवको मुनाफाबाट लाभांश वितरणपछिको सञ्चित नाफासहित ३० करोड ४५ लाख रुपैयाँ सञ्चित नोक्सानीमा रहेको छ ।

चालु आर्थिक वर्षमा बैंकको निक्षेप घटेको छ भने कर्जामा सुधार भएको छ । असार मसान्तमा २ खर्ब २३ अर्ब ६५ करोड ४७ लाख रुपैयाँ रहेको बैंकको कुल निक्षेप पुस मसान्तमा आउँदा घटेर २ खर्ब २१ अर्ब ७ करोड ८३ लाख पुगेको छ । यस्तै बैंकको कर्जा १ खर्ब ८४ अर्ब ९६ लाख रुपैयाँबाट १ खर्ब ९० अर्ब ९१ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।

नाफा घटेसँगै प्रतिसेयर आम्दानी १६ रुपैयाँ ५३ पैसाबाट घटेर १६ रुपैयाँ १८ पैसा झरेको छ । प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ ७८ पैसा र मूल्य आम्दनी अनुपात १५.४५ गुणा रहेको छ ।

यस्तै बैंकको पूँजीकोष ३३ प्रतिशतबाट ११.६८ प्रतिशतमा झरेको छ । निष्कृय कर्जा अनुपात २.८७ प्रतिशतबाट २. ५६ प्रतिशतमा झरेको छ । पुसमा बैंकको सीडी रेसियो ८१.७७ प्रतिशत, आधार दर ९.२८ प्रतिशत र औसत स्प्रेड दर ३.९९ प्रतिशत रहेको छ ।

यो पनि पढ्नुहोस्

उपत्यकाका अधिकांस वाणिज्य बैंकका एटीएम ‘आउट अफ सर्भिस’

एटिएम कार्ड नगद कारोबारमा कडाइ

५ दिन अगाडि
अधिकांश बैङ्कको ब्याजदर घट्याे

नयाँ ब्याजदर सार्वजनिक

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या घटाउन सुझाव

नेपाली केम्पो टोली टर्की प्रस्थान

बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढ्याे

भूपदेव शाह रास्वपाका महामन्त्री

पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल युएइसँग ६ विकेटले पराजित

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक