शनि, जेष्ठ ३०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कानुनविपरीत सञ्चालन गरेको चितवन राष्ट्रिय निकुञ्ज

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
Reading Time: 1 min read
0
कानुनविपरीत सञ्चालन गरेको चितवन राष्ट्रिय निकुञ्ज
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नारायणगढ। चितवन राष्ट्रिय निकुञ्जले बिलबुकमा उल्लेख भएविपरीत स्वरूप परिवर्तन गरी सिट सङ्ख्या थपेर सञ्चालनमा रहेका जिपलाई निकुञ्जबाट विस्थापन गर्दै जाने भएको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा पर्यटकलाई भ्रमण गराउने करिब १५० सवारीसाधन त्यसरी कानुनविपरीत स्वरूप परिवर्तन गरेर सञ्चालन भएको पाइएपछि निकुञ्जले यस्तो रणनीति बनाएको हो ।

तीमध्ये एउटा जिपलाई ट्राफिक प्रहरीले कारबाही गरी सात हजार रुपियाँ जरिबाना गरेको थियो । गोरखापत्र दैनिकले गत सोमबार ‘निकुञ्जभित्र चल्ने सवारीसाधन अवैध’ शीर्षकको समाचार सार्वजनिक गरेपछि निकुञ्जले जङ्गल सफारीमा आउने सवारीसाधनलाई नियमित विस्थापन गर्दै जाने जानकारी दिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निकुञ्जभित्र चलेका त्यस्ता सवारीसाधन एकै पटक हटाउँदा पर्यापर्यटनलाई असर पर्ने देखिएकाले यसलाई व्रmमशः नियन्त्रण गर्दै विस्थापन गरेर लैजाने रणनीति निकुञ्जले बनाएको जानकारी दिनुभयो ।

“जङ्गल सफारीका लागि दर्ता हुने नयाँ सवारीसाधनलाई हामीले बिलबुक अनुसार सिट सङ्ख्या छ वा छैन यकिन गरेर मात्रै दर्ता गर्ने रणनीति अवलम्बन गरेका छौँ,” उहाँले भन्नुभयो, “अहिले चलिरहेका सवारीसाधन पनि हरेक वर्ष निकुञ्जमा नवीकरण गर्नु पर्छ । अब साउनमा नवीकरण गर्दा अहिले भएका सवारीसाधन पनि बिलबुकबाहिर गएर स्वरूप परिवर्तन गरी सिट सङ्ख्या थपिएको पाइए तिनको नवीकरण गरिने छैन ।”

निकुञ्जभित्र मात्रै अहिले सौराहा, मेघौली, जगतपुर पटिहानी, माडी र नवलपरासीको अमलटारीबाट मात्रै ५० भन्दा बढी सवारीसाधनले जङ्गल सफारीको अनुमति लिएका छन् । ती सवारीसाधनलाई मान्यता दिन क्षेत्रीय होटल सङ्घ सौराहाले सरोकारवाला निकायलाई दबाब पनि दिएको छ ।

सङ्घले जङ्गल सफारीमा प्रयोग हुने सवारीसाधनमा देखिएका समस्या समाधान गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई ज्ञापनपत्र बुझाएर समस्या समाधानका लागि माग गरेका छन् । व्यवसायीहरूबाट ज्ञापनपत्र बुझेपछि मन्त्री ज्वालाले गत सोमबारै समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभए पनि अहिलेसम्म समस्याको निकास निस्केको छैन ।

क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव गुणराज थपलिया निकुञ्ज एक्लैले भन्दा पनि कुनै पनि काम कार्यान्वयन गर्दा सरोकार निकायसँगको समन्वयमा गर्नुपर्ने जनाउनुभयो । “सवारीसाधन विस्थापन गर्नु पर्छ तर सरोकार निकायको सहमति नलिई कुनै पनि निर्णय गरिए कार्यान्वयनमा समस्या हुन्छ,” उहाँले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

छुवाछूत अन्त्य गर्न कानुनी व्यवस्था मात्र पर्याप्त नहुने

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

५ घण्टा अगाडि
नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भूमि अतिक्रमणविरुद्ध देशव्यापी अभियान अघि बढ्याे

नक्कली भुटानी शरणार्थी मुद्दामा कानुन व्यवसायीले बहस गर्ने

‘नेपालले पनि भारतको सिमा धेरै ठाउँमा मिचेको छ’ अभिव्यक्तिबारे रास्वपाको धारणा माग

विश्वकप २०२६ को उद्घाटनमा मेक्सिकोको विजयी सुरूवात

दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २–१ को रोमाञ्चक निकाल्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक