आइत, अशोज २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

सहकारीबाट लुटिएकाहरुको उद्धार गर्नु रविको कर्तव्य हो

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

चाहे सकारात्मक रुपमा होस् वा नकारात्मक रुपमा, केही वर्षयता निरन्तर चर्चामा रहेका पात्र हुन्, रवि लामिछाने । अमेरिकाबाट फर्किएर सञ्चार कर्ममा लागेका रविले आफ्नो आक्रामक अन्दाजसहित टेलिभिजन कार्यक्रम चलाए । त्यतिबेला उनले कहिले नेता, कहिले कर्मचारी त कहिले ठेकेदारलाई कडा प्रश्न होस् वा गाली गरेर चर्चा पनि पाए । जनताको आकर्षण खिच्न जानेका रविले त्यसका लागि विदेशमा अलपत्र रहेका मजदूरको उद्धार गरेर होस् वा दूरदराजमा रहेका उनीहरुका परिवारलाई भेटेर होस्, वाहवाही कमाए । तर, सँगसँगै टेलिभिजन कार्यक्रमको प्रयोग गरेर व्यवसायीसँग रकम बार्गेनिङमा रहेकोदेखि विभिन्न अनियमिततामा संलग्न भएको आरोप उनीमाथि लाग्यो । जेल पनि गए ।

रविको यात्रा यहीँसम्म रोकिएको भए, सायद आज पंक्तिकारले यो आलेख लेख्न आवश्यक पर्दैन थियो होला । तर, छोटो समयमै लामो छलाङले उनी अहिले पनि चर्चाको केन्द्रमा छन्, जसका कारण उनी र उनका कार्यमाथि बहस आवश्यक भएको छ । टेलिभिजन कार्यक्रमको चर्चाको लोभ र गत स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारप्रति जनताको आकर्षणका कारण उनले राजनीतिमा पनि सम्भावना देखे । त्यही कारण आफ्नो मित्र रहेका गितेन्द्र राई (जीबी) सँगको सहकार्यमा खोलेको ग्यालेक्सी टिभीबाट छुट्टिएर उनले राजनीतिमा पाइला चाले, राष्ट्रिय स्वतन्त्रता पार्टी गठन गरे । रविकै लोकप्रियताका कारण रास्वपाले गन प्रतिनिधिसभा चुनावमा चौंथो स्थान हासिल ग¥यो भन्दा अत्युक्ति कदापि हुँदैन ।

तर, रवि र विवाद अहिले पर्यायवाची शब्द जस्ता देखिएका छन् । राजनीतिमा पनि विवादले रविलाई छोडेको छैन । झन् उनी त विवादको भूमरीमा फस्दै गएका छन् । चुनावमा पहिलो सहभागितामा रास्वपा चौंथो पार्टी बनेपछि प्रचण्डको नेतृत्वमा बनेको सरकारमा उनी गृहमन्त्री नै बने । एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जनमत लगायत दल मिलेर त्यो सरकार बनेको थियो । तर, गृहमन्त्री बन्नेबित्तिकै रविमाथि दोहोरो नागरिकता लिएको र राहदानी दुरुपयोग गरेको आरोप लाग्यो । त्यही कारण उनको गृहमन्त्री र सांसद पद खोसियो । पुनः निर्वाचनमा उनी फेरि निर्वाचित भए र जनता आफ्नो साथमा रहेको प्रमाणित गर्न सफल भए ।

त्यसयता सरकारमा सहभागी नभएको रास्वपाका सभापति रवि अहिले सहकारीको रकम दुरुपयोगको आरोप झेलिरहेका छन् । प्रत्यक्ष संलग्नता नदेखिए पनि रवि यो विवादमा मुछिएका भने छन् । रविका मित्र जीबी राईका विभिन्न सहकारीको रकम ग्यालेक्सी टिभीमा लगानी गरिएको थियो । त्यसरी रकम लगानी गर्नु गैरकानुनी थियो । टिभी असफल हुँदा अहिले हजारौं सहकारी सदस्यको करोडौं रकम त्यसमा डुबेको छ । जसका कारण सहकारी पीडित आफ्नो रकम फिर्ताको मागसहित आन्दोलनरत छन् । पोखरा, चितवन, बुटवललगायत स्थानमा राईको नेतृत्वमा विभिन्न सहकारी खुलेका थिए । रविको गुडविलका कारण राई ती सहकारीको रकम गैरकानुनी रुपमा ग्यालेक्सीमा लगानी गरेका थिए । त्यसमा रविको संलग्नता के कति छ, त्यो अनुसन्धानको विषय नै भयो । तर, त्यही कारण अहिले हजारौं सहकारी सदस्यको बिचल्ली भएको छ ।

सञ्चारमाध्यममा आएअनुसार पोखरा, चितवन र बुटवलका सर्वसाधारणले जम्मा गरेको ५२ करोड ४५ लाख रुपैयाँ ग्यालेक्सी टेलिभिजन चलाउने नाममा गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालकले अपचलन गरेका पाइएको छ । ग्यालेक्सीका अध्यक्ष जीबी हुन् भने सञ्चालकताका रवि प्रबन्ध निर्देशक बनेका थिए । जीबी अहिले फरार छन् । पोखराको सूर्यदर्शन सहकारीका १९ हजार बचतकर्ताको ३० करोड, साहारा चितवन सहकारीका ८ हजार बचतकर्ताको ११ करोड ७१ लाख र बुटवलको सुप्रिम सहकारीका ८ हजार बचतकर्ताको १० करोड ७४ लाख रुपैयाँ हिनामिना भएको अहिले सार्वजनिक भएको छ । यस्तै, सोही समूहले रकम हिनामिना गरेपछि काठमाडौंको स्वर्णलक्ष्मी, वीरगन्जको सानो पाइला र नेपालगन्जको समानता सहकारी बन्द भएका छन् ।

जीबी राई रवि लामिछानेका अभिन्न मित्र हुन्, साझेदार हुन् र रविकै लोकप्रियताको प्रभावबाट जीबी राईले जनताको विश्वास आर्जन गरेर सहकारीहरुमा रकमको थुप्रो लागेको हो । रविकै लोकप्रियताका कारण जीबीले ग्यालेक्सीमा लगानी गरेको पनि स्पष्ट छ । तर, सहकारीबाट निजी कम्पनीमा लगानी हुनु गैरकानुनी थियो भन्ने रविले हेक्का राख्न सकेनन् र त्यस्तो लगानी भएको टिभीमा आबद्ध भए । यदि उनको यसमा चलखेल थियो भने त सरकारले अनुसन्धानको कारबाहीको दायरामा ल्याउनुपर्छ । रवि स्वयंले त आफूलाई यसबारे जानकारी नै नभएको दाबी गरेका छन् । तर, उनले भनेजस्तै सहकारीको पीडितको रकम फिर्ता गर्न भने कडा रुपमा लाग्नु उनको कर्तव्य हो । उनी सांसद रहकै क्षेत्रका चितवनवासीको पनि सहकारीमा रकम डुबेको छ । त्यसलाई फिर्ता गर्न र सहकारी कोही पनि पीडित नहुने गरी कानुन निर्माणमा लाग्न उनको भूमिका महत्वपूर्ण हुनेछ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

५ घण्टा अगाडि
रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचौ यँलासी पीगं सीकेगु भजन संगीत तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

गोरखाको चुमनुब्री क्षेत्रमा भएकाे क्षतिप्रति दुखः व्यक्त

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

ब्रह्मायणी मन्दिर परिसरमा भक्तजनको भीड

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक