नवलपरासी । नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं. १ बड्की सुनरीबाट प्रहरीले अवैध लत्ताकपडा बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक फल बहादुर तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले बुधबार राती पौने ८ बजेतिर भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छलि चोरी पैठारी गरी ल्याई लुकाई छिपाई राखेको अवस्थामा लत्ताकपडा बरामद गरेको हो ।


