शुक्र, कार्तिक २८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रले गति लिने अनुमान

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रले गति लिने अनुमान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रले गति लिने अनुमान गरिएको छ । विश्व बैङ्कले बुधबार सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ प्रतिवेदनले गत आर्थिक वर्षको तुलनामा नेपालको अर्थतन्त्रमा उल्लेख्य सुधार हुने अनुमान गरेको हो । खास गरी खुकुलो मौद्रिक नीति र आयात प्रतिबन्ध खुला गरिएपछि अर्थतन्त्रमा सुधार देखिने अनुमान प्रतिवेदनमा गरिएको छ । जस अनुसार चालु आवमा नेपालले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने छ जुन गत आवको १.९ प्रतिशतले सुधार हो ।

नेपालले चालु आवमा हासिल गर्ने अनुमान गरिएको आर्थिक वृद्धिदर विश्वको औसत दरभन्दा धेरै हो भने दक्षिण एसियाली औसतको तुलनामा भने कम हो । विश्व अर्थतन्त्र विगत ३० वर्षकै सबैभन्दा धिमा गतिमा रहेकाले सन् २०२४ मा केवल २.३ प्रतिशतको औसत वृद्धिदर रहने अनुमान विश्व बैङ्कले गरेको छ । त्यस्तै विश्वव्यापी अर्थतन्त्रमा देखिएको मन्दीका बाबजुद अर्थतन्त्र सुधार गरेको भारतका कारण दक्षिण एसियाली अर्थतन्त्रको औसत वृद्धिदर भने ५.६ प्रतिशत रहने अनुमान गरिएको छ । जुन् सन् २०२३ को लागि अनुमान गरिएको ५.७ प्रतिशतभन्दा सामान्य मात्र कम हो ।

दक्षिण एसियाली क्षेत्रका लागि सन् २०२४ मा आन्तरिक माग नै अर्थतन्त्र सुधारको मुख्य निर्धारक हुने अनुमान गरिएको छ । यस वर्ष यस क्षेत्रमा बाह्य माग पनि बढ्ने अनुमान गरिएको छ । सार्वजनिक लगानी तथा सुधारिएको कर्पोरेट वासलातका कारणका भारतीय अर्थतन्त्रले ६.४ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । आयातमा गरिएको प्रतिबन्धले निजी लगानी प्रभावित हुने र मुद्रास्फीतिका कारण व्यक्तिगत उपभोग घट्दा बङ्गलादेशको अर्थतन्त्रको वृद्धिदर केही घटेर ५.६ प्रतिशत रहने अनुमान गरिएको छ । अघिल्लो आवमा बङ्गलादेशले ६ प्रतिशतको वृद्धिदर हासिल गरेको थियो ।

मौद्रिक नीतिमा गरिएको कडाइ र वित्त नीतिसँग पनि सामञ्जस्य नदेखिँदा पाकिस्तानको अर्थतन्त्र भने १.७ प्रतिशतमा सीमित रहने अनुमान छ । यो दर गत वर्षको ०.२ प्रतिशतको नकारात्मक वृद्धिदरको तुलनामा भने उल्लेख्य सुधार हो । श्रीलङ्काको अर्थतन्त्र अझै पनि अनिश्चित नै रहेको छ । बाह्य ऋणले थलिएको श्रीलङ्काली अर्थतन्त्रमा गर्न थालिएको ऋणको पुनर्संरचनालगायतका कामले श्रीलङ्काको अर्थतन्त्र निर्धारण गर्ने देखिएको छ । यस्तो परिस्थितिबिच पनि श्रीलङ्काले १.७ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । सन् २०२४ मा श्रीलङ्काको वृद्धिदर ३.८ प्रतिशतले नकारात्मक रहने अनुमान छ ।

पर्यटनमा आधारित लगानीका कारण माल्दिभ्सको अर्थतन्त्रले ५.२ प्रतिशतको वृद्धिदर हासिल गर्ने र नयाँ जलविद्युत् परियोजनाका कारण भुटानको अर्थतन्त्रमा अर्को आर्थिक वर्षमा भने उल्लेख्य सुधार हुने प्रक्षेपण छ । चालु आवमा भने भुटानको अर्थतन्त्रमा प्रतिशतको वृद्धिदर हुने अनुमान गरिएको छ ।

अर्थतन्त्र सुधारको अनुमान गरिएको दक्षिण एसियाली अर्थतन्त्र चुनौतीविहीन भने नरहेको प्रतिवेदनले उल्लेख गरेको छ । खास गरी मध्यपूर्वमा देखिएको विवाद तथा द्वन्द्वका कारण ऊर्जा र खाद्यको मूल्य बढ्ने तथा विकसित अर्थतन्त्रको नीतिगत दर बढ्न सक्ने अवस्थाका कारण त्यसको जोखिम दक्षिण एसिया क्षेत्रले पनि बेहोर्नुपर्ने अवस्था आउन सक्ने अनुमान

गरिएको छ ।

बढ्दो बाह्य सहायता, मौसमजन्य कारण तथा व्यापार साझेदारसँग घट्दो व्यापार पनि यस क्षेत्रको अर्थतन्त्र प्रभावित पार्ने अर्को कारणका रूपमा उल्लेख गरिएको छ । त्यस्तै केही मुलुकमा हुने निर्वाचनका कारण बढ्न सक्ने अनिश्चितताले पनि अर्थतन्त्रमा त्यसको असर देखिन सक्ने अनुमान छ ।

यो पनि पढ्नुहोस्

आईजीपी कार्की  प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा

आईजीपी कार्की प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा

११ घण्टा अगाडि
हिमाली पारिस्थितिकीय प्रणाली संरक्षणका लागि अन्तरराष्ट्रिय एकता आवश्यक

हिमाली पारिस्थितिकीय प्रणाली संरक्षणका लागि अन्तरराष्ट्रिय एकता आवश्यक

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

तिर्थमान महर्जनको जितः जक म्यूजिक भिडियो सार्वजनिक

भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक