काठमाडौं । काठमाडौं-धनगढीका लागि उडेका बुद्ध र श्री एयरको जहाज सुर्खेतमा अवतरण गरिएको छ ।
खराब मौसमका कारण ती जहाजलाई सुर्खेतमा अवतरण सुर्खेतमा गरिएको हो ।
आज बिहान १० बजेतिर धनगढीमा अवतरण गर्ने समय भए पनि खराब मौसमका कारण अवतरण गर्न नसकेपछि सुर्खेतमा आकस्मिक अवतरण गरिएको धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले जानकारी दिए ।


