काठमाडौं । जनता समाजवादी पार्टी(जसपाको) दुई दिने राजनीतिक समितिको बैठक बुधबारदेखि सुरु हुँदैछ। बैठक ललितपुरको भोलढोकास्थित एक भवनमा बस्ने नेता मनिष सुमनले जानकारी दिए।
पार्टीले गत भदौमा सञ्चालन गरेको संगठन विस्तार तथा सुदृढीकरण अभियानका क्रममा बनेका सांगठनिक प्रगति विवरण प्रतिवेदन बैठकमा प्रस्तुत गर्ने तयारी छ।
त्यस्तै राजनीतिक तथा संगठनात्मक प्रतिवेदन बैठकमा प्रस्ताव गरिनुका साथै पार्टीको आगामी महाधिवेशनबारे पनि छलफल हुने सुमनले बताए।
बैठकमा समसामयिक राजनीतिबारे पनि छलफल हुनेछ। उनका अनुसार बुधबार र बिहीबार बस्ने राजनीतिक समितिको बैठकका निर्णयहरु छलफल र पारित गर्न शुक्रबार जसपाको केन्द्रीय समितिको बैठक बस्नेछ।


