आइत, जेष्ठ ३१, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

साहित्यमा प्रेमको चित्रण

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
साहित्यमा प्रेमको चित्रण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मध्ययुग सम्म ब्यक्तिगत यौन– प्रेमजस्तो कुनै कुरा अस्तित्वमा थिएन । त्यसै बेला पनि शारीरिक सौन्दर्य , मैत्रीपुर्ण सम्बन्ध, समान रुची आदि कुराले पुरुष र नारीमा एक अर्काेसित सम्भोग गर्ने इच्छा पैदा गर्दथ्यो , कोसित आत्मीय सम्बन्ध स्थापना गरिन्छ भन्ने कुरा पनि पुरुष र नारी दुबैको लागि महत्वहिन थिएन । तर त्यस बेलाको प्रेम र आधुनिक यौन प्रेमको बीचमा आकाश जमिनको अन्तर छ । सम्पुर्ण प्राचिन कालमा दुलाहा–दुलहीका आमाबुवाले नै विवाह सम्झौता गरिदिन्थे र दुलहा दुलाही चाहिँ चुप–चापसँग यो कुरा स्वीकार गर्दथे ।

प्राचिन कालमा पतिपत्नीको बीचमा जुन किञ्चित प्रेम पाइन्थ्यो त्यो मनोगत भावना नभएर बस्तुगत कर्तव्य थियोय ,विवाहको आधार नभएको त्यसको पुरक थियो । आधुनिक अर्थको प्रेम सम्बन्ध प्राचिनकालमा समाजको औपचारिक परिधिबाहिर मात्रा पाइन्थ्यो । ति गोठालाहरु, जसको प्रेम सम्बन्धी हर्ष र विष्मात थेवत्रितस र मोस्खुस अथवा लोङ्गुसले आफ्नो “डाफिनस र क्लोए’मा वर्णन गरेका छन् , दासहरु मात्र थिए ,राजकाज तथा स्वतन्त्र नागरिकहरुको कार्यक्षेत्रमा उनीहरुको सहभागिता हुदैनथियो । दासहरुको बीचमा पाइने प्रेम सम्बन्धहरु बाहेक यस्ता सम्बन्धहरु मरणोन्मुख प्राचिन संसारको पतनको प्रतिफलको रुपमा मात्र भेट्टाइन्थे र त्यो पनि त्यस्ता नारीहरु बिचमात्र, जो अधिकृत समाजको परिधी बाहिर हुन्थे , अर्थात हेटेरेहरु सित ,भनाईको तात्पर्य विदेशी नारीहरुसित वा स्वतन्त्र नारिहरुसित मात्र । योे कुरा एथेन्समा युनानी राज्यको पतनको समयमा र रोममा सम्राट्हरुको राज्यकालमा पाइथ्यो । यदि स्वतन्त्र नागरिकहरुमा पुरुष नारीबीच साच्चै यस्ता प्रेम सम्बन्धहरु देखीन्थे भने केवल विवाह बन्धनको उल्लंघनको रुपमा मात्रै । प्राचिनकालका विख्यात प्रेम कवि बयोबृद्ध आनाक्रेआनलाई नै लिनोस् , आधुनिक अर्थमा यौन– प्रेम उनको लागि कति महत्वहिन थियो भने प्रेम गरिएको व्यक्ति पुरुष हो वा नारी भन्नेसम्म पनि उनलाई वास्त हुदैनथ्यो ।

आधुनिक यौन प्रेम प्राचिनकालको यौन आकर्षण भन्दा धेरै फरक छ । सबभन्दा पहिले त , आधुनिक यौन–प्रेमले पारस्परिक प्रेमको रुप लिएको हुन्छ र यस दृष्टिकाणले नारीको स्थिति पनि पुरुषकै समान हुन्छ , तर प्राचिन कालमा भने सधै नारीको सहमती आवश्यक हुँदैनथ्यो । दोस्रोकुरा, यौन प्रेम कति तिब्र र कति स्थायी हुन सक्दछ भने एक दोस्रालाई नपाउनु अथावा एक दोस्रोबाट टाढा रहनु नारीपुरुष दुबैको लागि सबभन्दा ठुलो नभए तापनि धेरै ठुलो दुर्भाग्य मानिन्छ ।एक दोस्रोलाई पाउनको लागि उनीहरु भयङ्कर खतराको सामना गर्दछ,आफ्नो जीवनलाई जोखिममा पार्न समेत हिचकिचाउँदैनन् तर प्राचिनकालमा चाहिँ विवाह–सम्बन्धको उल्लंङघन गरेर जोडिने प्रेम–सम्बन्धमा मात्र यस्तो कुरा हुने गथ्र्यो । अन्त्यमा यौन सम्बन्धको औचित्य अथवा अनौचित्य निर्धारित गर्ने नयाँ नैतिक कसौटी देखापर्दछ – यस्तो यौन–सम्बन्ध बैवाहिक सम्बन्धभित्र पर्छ वा पर्दैन भन्ने मात्र नभएर यस्तो सम्बन्ध पारस्पिरिक प्रेमको आधारमा स्थापित भएको हो वा होइन भन्ने प्रश्न पनि सोधिन्छ । स्पष्ट कुरा छ, सामान्ती अथवा बुर्जुवा जगतमा अन्य नैतिक नियमहरुको भन्दा यस नयाँ नियमको स्थिति राम्रो हुन सकेको छैन , अर्थात यस नियमको पनि बेवस्ता नै गरीएको छ ।परन्तु यस नियमप्रति अन्य नियमहरु प्रति भन्दा खराब दृष्टिकोण पनि छैन ।अरु नियमहरुजस्तै यस नियमले पनि सिद्धान्तमा , कागजमा मन्यता पाएको छ । फेरी हाललाई यसभन्दा बढी आशा पनि पर्न सकिदैन ।

जुन बिन्दुमा प्राचिन विश्वमा यौन–प्रेमका प्रारम्भिक लक्षणहरु देखा परेका थिए ,त्यहीँबाट मध्ययुगको निषिद्ध यौन संसर्ग सुरु हुन्छ ।हामीले प्रभातको गितजस्ता काब्यहरुमा उल्लेखित नाइटहरुको प्रेमबारे वर्णन गरिसकेका छौँ ।विवाह परिपाटीलाई नष्ट पार्न सक्ने यो प्रेम तथा विवाह सम्बन्धको आधार बन्नुपर्ने प्रेमको बिचमा निकै ठुलो खाडल छ र नाईटहरुको प्रेमको समयमा यो खाडल कहिल्यै पुरिएन । उच्छृङ्खल ल्याटिन जातिहरुलाई छोडेर सदाचारी जर्मनहरुलाई नै लिने हो भने पनि हामी “निवेलुङहरुको गीत” काब्यमा के पाउँदछौं भने क्रिमहिल्ड मनमनै जिगफ्रिडलाई त्यतिकै प्रेम गर्दथिन् , जति उनी आफै तिनलाई प्रेम गर्दथे , तापनि जब गुन्थरले तिनको विवाह एक नाइटसित गरिदिने बचन दिइसकेका छन् भन्ने कुरा क्रिमफिल्डलाई बताउदँछन् र त्यस नाइटको नामसम्म पनि बताउदैनन्, क्रिमहिल्डले मात्र निम्न उत्तर दिन्छिन्–“हजुरले मलाई सोधीबक्सने आवश्यकता छैन, हजुर जस्तो हुकुम बक्सिन्छ म सधै त्यही गर्छु । सरकारले जसलाई छानबक्सिन्छ म सहर्ष उसैलाई आफ्नो पति स्वीकार गर्नेछु ” ।

तिनको प्रेमले कुनै महत्व पाउन सक्दछ भन्ने कुरा क्रिमफिल्ड कल्पना सम्म पनि गर्न सक्दिनन् । गुन्थरले ब्रुनहिल्डलाई देखेकासम्म पनि थिएनन्,तैपनि उनीसित गुन्थरको विवाह – सम्झौता हुन्छ र यस्तै किसिमले एटलेज पनि मुखै नदेखि क्रिमहिल्डसित विवाह गर्न तयार हुन्छिन् ।“गुडरुन’ नामक काब्यमा पनि यस्तै हुन्छ । यस काब्यमा आयरल्यान्डका जीगेबान्ट नर्वेवासी उटेसित विवाह गर्न चाहन्छन् हेगेलिङ्ग्का हेटेल आयरल्याण्डकी हिल्डेजसित विवाह गर्न चाहान्छन् । अन्त्यमा मोरल्याडेली जिगफ्रिड, ओर्मनीका हार्टमुट र जील्यान्डका हेरविग, तिनै जना गुडरुनसित विवाह गर्न चाहन्छन् । यहाँ केवल गुडरुनले मात्र स्वेच्छापुर्वंक हेरविगलाई आफ्नो भावी पतिको रुपमा छान्छिन् ।समान्यतयः प्रत्येक युवा रजौटाको लागि आमाबावुले नै दुलही खोज्दछन् । आमाबाबु जीवित छैनन् भने रजौटा आफैले मुख्य मुख्य भारदारहरुको रायअनुसार आफ्नो लागि दुलही रोज्दछन् ।सब कुरामा भारदारहरुको रायको निकै कदर गरिन्छ ।अन्यथा हुन पनि सक्दैन ।नाइट अथवा ब्यारोनको लागि स्वयम् सत्तारुढ रजौटाको लागि पनि विवाह एक राजनीतिक कार्य हो , नयाँ नयाँ सम्बन्धद्धारा आफ्नो शक्ति बनाउने मौका हो , कुलको हितले नै निर्णायक भूमिका खेल्नुपर्दछ , तर व्यक्तिगत इच्छाले कदापी होइन ।यस्तो स्थितिमा कसरी प्रेमको आधारमा विवाह–सम्बन्ध जोड्न सकिन्छ ? …………… धन्यवाद ।

(फ्रिडरिख एङ्गेल्स “परिवार , निजी स्वामित्व तथा राज्यको उत्पति” बाट)
प्रस्तुती ः मिलन आफन्त

यो पनि पढ्नुहोस्

नेपाल सरकारलाई सहयोग गर्न अपिल

नेपाल सरकारलाई सहयोग गर्न अपिल

४ घण्टा अगाडि
प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

प्रतिनिधि सभामा विनियोजन शीर्षकमाथि आगामी छलफल हुने

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक