आइत, अशोज २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

अहंकारबाट बाहिर आऊ नेताहरु ! धरातल कमजोर छ

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

राजनीतिक दलको पछिल्लो दुई दशक लामो शासन अवधिले नेपाली जनतासामु निकै प्रश्न खडा गरेको छ । दुई दशकको अवधि कुनै पनि देशको विकासका लागि पर्याप्त समय हो । तर, यसबीचमा नेपाली दलहरु भने शासनसत्ताको जोडघटाउमा नै लागिपरे । यो समस्या अहिले प्रदेशमा पनि बल्झिन थालेको छ । देशको अर्थतन्त्र संकटपूर्ण, बढ्दो बेरोजगारी, बेथिति, भ्रष्टाचार, अनियमितता र दण्डहीनताबीच पनि नेताहरु भने आफ्नै स्वार्थको केन्द्रमा भुल्दै आएका छन् । यही कारण अहिले कस्तो शासन व्यवस्था र कस्ता शासक आवश्यक भन्ने प्रश्न जनतामाझ देखिएको छ ।

निश्चय पनि लोकतान्त्रिक व्यवस्थालाई अहिलेको अवस्थामा राम्रो भनेर स्वीकार गरिए पनि त्यही व्यवस्था अवलम्बन गर्दै आएको नेपालमा भने नेताहरुको अकर्मण्यताका कारण व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको छ । संसारका थुप्रै देशहरुले १५ देखि २० वर्षको हाराहारीमा विकासमा ठूलो फड्को मारेको उदाहरण प्रशस्त पाउन सकिन्छ । तर, विश्वका दुई ठूला देश छिमेकी, उनीहरुको बजार र थुप्रै सम्भावनाका बीच बसेर पनि नेपालले यो अवधिको सदुपयोग गर्न सकेन भन्दा कसैको दुईमत नहोला । जनयुद्ध गरेर आएको माओवादी होस् वा लामो समयदेखि सत्ताको अनुभव भएका कांग्रेस र एमाले नै किन नहोऊन्, उनीहरु यस अवधिमा सत्ताको नेतृत्वमा रहे पनि देशलाई सुशासन र विकासको अनुभूति दिलाउन असफल भएका छन् भन्दा हिच्किचाउनु पर्दैन ।

यसबीचमा राजतन्त्र अन्त्य र गणतन्त्र स्थापना भएको १६ वर्ष बित्दा पनि देशमा फेरि राजतन्त्र स्थापनाको विषय उठेको छ । साढे दुईसय वर्षभन्दा बढी अवधि देशमा शासन गरेको राजतन्त्रको आवश्यकता र औचित्य नरहेको भन्दै दोस्रो जनआन्दोलन भएको थियो । त्यसअघि माओवादीले थालेको जनयुद्धको बलमा सामन्तवादको प्रतीक राजतन्त्रलाई देशको विकासको बाधक मानिएर आन्दोलनमा जाने वातावरण बनेको थियो । सम्पूर्ण राजनीतिक दल र जनतालाई राजतन्त्रको विपक्षमा बनाएको त्यो माहोल अहिले परिवर्तन भएको छ । एक प्रकारले भन्नुपर्दा अहिले श्मशानमा पुगिसकेको राजतन्त्रलाई फेरि ब्युँझाउने प्रयास भइरहेको छ । यसले विस्तारै पुराना राजनीतिक दल र तिनका नेताको धरातल कमजोर बन्दै गएको स्पष्ट हुन्छ ।

तर, नेताहरुमा अहंकार भने कम भएको छैन । उनीहरु आफू सुध्रिनेभन्दा पनि अरुलाई दोष देखाउने बाटोमा अझै लागिपरेका छन् । हालै एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजा हुँदा राष्ट्रियता बलियो हुन्छ भनेर तर्क गर्ने राजावादीहरूलाई प्रतिप्रश्न गरे, ‘राजासहितको स्वतन्त्र देश थियो सिक्किम, राजा त थिए त त्यहाँ । राजा हुँदा देश बच्दो रहेछ ? जनताले हो कि राजाले देश बचाउने ?’ उनको यो तर्कमा असहमत हुन सकिँदैन । तर, के ओलीजस्ता नेताहरुको अकर्मण्यतालाई यही तर्कले मात्र ढाकछोप गर्न सम्भव छ ? के देशमा यतिका वर्ष पनि विकास गर्न नसक्ने दलहरु अहिले राजतन्त्रको पक्षमा लागिरहेको नारा र प्रदर्शनका जिम्मेवार होइनन् र ? यदि उनीहरुले विकास, सुशासन, रोजगारी दिएका आजको दिनमा राजतन्त्र शब्द कसैले उच्चारण गर्ने थिए ? यी प्रश्नहरु उनीहरुतर्फ नै सोझिएका छन् ।
त्यही सार्वजनिक कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतीय प्रणाली समस्याको समाधान नभएको जनाए । ‘राष्ट्रपति प्रणाली या प्रत्यक्ष निर्वाचित प्रणाली कुनै समस्याको समाधान होइन, संसारका धेरै देशमा मैले देखेको छु, राष्ट्रपतिको तानाशाहीले त्यो देशका जनतालाई वाक्कदिक्क बनाएको छ’ नेपालको भनाइ हो, यो । तर, उनले अहिलेको व्यवस्थाको बचाउ गर्दैगर्दा वा अर्को व्यवस्थाको वकालत गर्दा पनि त्यसको सर्वोपरी उद्देश्य भनेको देश र जनताको विकास हो । तर, अझै पनि हाम्रा नेताहरु भने कामभन्दा भाषणमा बढी व्यस्त छन् भन्ने उदाहरण यो व्यवस्थासम्बन्धी वादविवादले स्पष्ट पारेको छ ।

६–७ दशकको अवधिमा नेपालले लगभग सबै व्यवस्था देखिसकेको छ । तर, सबै व्यवस्थामा पनि शासनसत्तामा सीमित रहेका व्यक्ति मात्रको लागि यो देश फलिफापसिद्ध भएको छ । अन्यका लागि भने त सधैं कष्टपूर्ण नै छ । अग्रगमन समृद्ध देशको परिकल्पना हो, अग्रगमनमा जनता सुखी र खुसी हुन्छन् । विश्वका थुप्रै देश चाहे राजतन्त्र होस् वा लोकतन्त्र वा गणतन्त्र र कम्युनिस्ट व्यवस्था नै किन नहोस् , देश विकसित भएका उदाहरण छन् । त्यहाँका जनताले समृद्धिको स्वाद चाखेका छन् । त्यसैले विकासका लागि कुनै पनि व्यवस्था बाधक नभएको देखिन्छ । तर, लोकतान्त्रिक व्यवस्थासहितको विकास अझ उत्तम हुन्छ । जनतालाई अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, मौलिक हक अधिकारको रक्षासहितको समृद्धि नै नेपाली जनताले खोजेका छन् । तर, यो अवस्था कुनै पनि व्यवस्थामा प्राप्त हुन सकेको छैन । यतातर्फ चाहिँ नेताहरुले सोच्ने हो कि ? जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

५ घण्टा अगाडि
रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचौ यँलासी पीगं सीकेगु भजन संगीत तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

गोरखाको चुमनुब्री क्षेत्रमा भएकाे क्षतिप्रति दुखः व्यक्त

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

ब्रह्मायणी मन्दिर परिसरमा भक्तजनको भीड

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक