आइत, अशोज २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

प्रधानमन्त्री प्रचण्डको आत्मरतिले गरेको संकेत !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

यो पनि पढ्नुहोस्

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

६ घण्टा अगाडि
रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

६ घण्टा अगाडि
–निमकान्त पाण्डे
गत वर्षको पुस १० मा गठन भएको प्रचण्ड सरकारले एक वर्षको अवधि पूरा गर्दै छ । यसबीचमा सरकारले जनअपेक्षाअनुसार ठूल्ठूला र धेरै कामहरु गरेको दाबी गर्दै आएको छ, तर जनता भने सरकारका कामप्रति सन्तुष्ट छैनन् । जनतामा सर्वत्र निराशा छ, सरकारले काम गर्न सकेन भनेर जताततै आलोचना भइरहेको छ, तर सरकार प्रमुख प्रधानमन्त्री प्रचण्ड आफूले धेरै राम्रा काम गरेको दाबी गरिरहेका छन् । हालै एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो दोस्रो कार्यकालमा काठमाडौं उपत्यकामा लोडसेडिङको अन्त्य भएको जनाए ।
हालको तेस्रो कार्यकालमा सिंगो देश उज्यालो बनाउने गरी योजना बनेको उनले दाबी गरे । तर, विगतमा भएको कामलाई देखाउनुलाई आत्मरतिबाहेक अरु मान्न सकिँदैन । प्रधानमन्त्री प्रचण्डले माओवादीले आफ्नो पालामा निकै राम्रो काम गर्ने गरेको भए पनि जसचाहिँ अरुहरुले लिएको पनि दाबी गरेका छन् । देशमा विकास र समृद्धिका जति काम भएका छन्, तीमध्ये मुख्य कामहरु आफ्ना पालामा भएको उनको भनाइ छ । उनकै शब्दमा भन्नुपर्दा ‘विरोधीले पिठो बेचिरहेका छन्, माओवादीले चामल बेच्न पनि सकेन ।’ निश्चय पनि प्रचण्ड प्रधानमन्त्री हुँदा देशमा केही राम्रा योजनाको सुरुवात भएको तथ्यलाई नकार्न सकिँदैन । तर, विगतको कार्यकालमा जस्तो उनको यो कार्यकालमा उल्लेखनीय काम हुन सकेको छैन । उनको पूरा कार्यकाल नै आफ्नो सत्ता जोगाउनमा केन्द्रित देखिन्छ । यसको प्रमुख कारण हो, संसद्मा माओवादी केन्द्रको कमजोर उपस्थिति । हाल माओवादी केन्द्र देशका प्रमुख राजनीतिक दलमध्ये तेस्रो स्थानमा छ ।हाल उसको संसदमा ३२ सिट छन् । त्यसकारण सरकारकालागि उसले कांग्रेस, नेकपा एस, जसपालगायत दलसँग सहकार्य गरेको छ । तर, यो गठबन्धन कतै कुनै कारणले टुट्ने र आफ्नो सरकार भत्किने ठूलो चिन्ता प्रचण्डलाई छ । त्यही कारण उनले आफ्नो कामतर्फभन्दा पनि अन्य दलका नेतालाई रिझाउनुपर्ने अवस्था छ । यो अवस्था आउनुमा पनि माओवादी केन्द्र र यो पार्टीको लामो समयदेखि नेतृत्व गरेकाले प्रचण्डलाइ दोषी मान्न सकिन्छ । गत वर्षको मंसिरमा भएको प्रतिनिधिसभामा माओवादी पार्टीले नराम्ररी हार्नुको कारण हालसम्म सत्तामा रहँदा माओवादी केन्द्रको काम नै हो । यदि प्रचण्डले दाबी गरेजस्तै माओवादीले काम नै गरेको थियो भने जनताले अवश्य नै उसलाई मत दिएर विजयी गराउने थियो ।

राजनीतिक दल तब मात्र सफल हुन्छ, जहिले उसले जनताको मन जित्न सक्छ । तर, माओवादीले जनताको मत र विश्वास दुवै क्रमशः गुमाउँदै गएको छ । त्यसैले प्रचण्डले सरकारले गतिलो काम गरेको दाबी गर्नु केवल आत्मरति मात्र हो । यसबारे नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको यो भनाइलाई सापटी लिन सकिन्छ, ‘सरकारले काम गरेका कारण सबै ठीक छ भनेर मन्त्रीहरूले होइन, जनताले भन्नुपर्छ ।’ अहिले प्रधानमन्त्री तथा मन्त्री सबैले आफूले काम गरेको दाबी गरेका छन् । तर, त्यसलाई जनताले भने स्वीकारेका छैनन् । त्यसैले उनीहरुको दाबी निरर्थक रहेको स्पष्ट हुन्छ । अहिले असफल राजनीतिका कारण देशमा विकास निर्माण ठप्प छ । कलकारखानामा उत्साह छैन, कृषक हतोत्साही भएका छन् ।

देशका वर्षेनि ५ लाख जना रोजगारीको बजारमा आउने गरेका छन् । तर, सरकार रोजगारी सृजना गर्न असफल साबित भइरहेको छ । देशमा रोजगारी नहुनु, भएका रोजगारी पनि अति नै न्यूनतम पारिश्रमिक हुनु, कृषकलाई प्रोत्साहन नहुनु जस्ता कारणले पनि वैदेशिक रोजगारीमा जाने बढिरहेका छन् । अर्कोतर्फ देशमा नै केही गर्न चाहने व्यक्ति पनि सरकारी व्यवस्थाका कारण निराश भइरहेका छन् । नेपालको सरकारी व्यवस्था भ्रष्ट, अनियमितता, ढिलासुस्ती जस्ता आरोपका कारण आलोचित छ । अर्कोतर्फ, सरकार आन्तरिक उत्पादन बढाउन र कृषिजन्य वस्तु लगायतमा आत्मनिर्भर बन्ने दिशामा काम गर्न भने असफल हुँदै आएको छ ।

नेपालको चालु खर्च भने बढ्दै आएको छ । यसको कारण हो, संघीय व्यवस्थाका कारण प्रदेश सरकार लगायत संरचना तयार हुनु । सरकारी निकाय, कर्मचारीको संख्या वृद्धि हुनु । नेताहरुले आफ्ना कार्यकर्तालाई व्यवस्था गर्नका लागि विभिन्न आयोगहरुको गठन, विभिन सरकारी निकायहरु खोल्नु यसको मुख्य कारण हो । नेपालमा पछिल्लो समय उद्योग कलकारखाना खोल्ने र ठूलो रोजगारी सृजना हुने भन्ने उदाहरण कमै छन् । विश्वस्तरीय उत्पादन र कारोबारका लागि प्रसिद्ध हुने खालका मात्र नभई दक्षिण एसियामा नै उदाहरणीय उद्योग तथा कलकारखाना कुनै पनि खुल्न सकेका छैनन् । जब कृषि, उद्योग र जलविद्युत् जस्ता आयोजनामा गर्व गर्न लायक काम हामीले गर्न सकेका छैनौं भने हाम्रो अर्थव्यवस्था बलियो हुने परिकल्पना गर्न मिल्दैन । त्यसैले सरकार अब आत्मरतिमा होइन, काममा केन्द्रित हुन जरुरी छ, आगे सरकारका सरदारलाई चेतना भया ! जनधारणा साप्ताहिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचौ यँलासी पीगं सीकेगु भजन संगीत तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

गोरखाको चुमनुब्री क्षेत्रमा भएकाे क्षतिप्रति दुखः व्यक्त

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

ब्रह्मायणी मन्दिर परिसरमा भक्तजनको भीड

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक