शुक्र, असार १९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

स्ववियु निर्वाचन गराउन त्रिवि कार्यकारी परिषद्ले समिति गठन गर्ने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
स्ववियु निर्वाचन गराउन त्रिवि कार्यकारी परिषद्ले समिति गठन गर्ने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन शिक्षाध्यक्षको संयोजकत्वमा समिति बन्ने भएको छ । चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचन गराउन त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले समिति गठन गर्ने भएको हो ।

शिक्षाध्यक्षको नेतृत्वमा केन्द्रीय स्ववियु निर्वाचन अनुगमन तथा समन्वय समिति बन्ने र सोही समितिले निर्वाचन गराउनेछ । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले समिति गठनका लागि कार्यकारी परिषद्लाई सिफारिस गर्नेछ । सोही आधारमा परिषद्ले समिति गठन गर्ने निर्देशनालयका निर्देशक प्रोफेसर पशुपति अधिकारीले जानकारी दिए ।

त्रिवि कार्यकारी परिषद्को शुक्रवार बसेको बैठकले चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । निर्देशनालयको सिफारिसमा परिषद् बैठकले स्ववियु निर्वाचन मिति टुङ्गो लगाएको थियो । समिति गठन भइसकेपछि उक्त समितिले स्ववियु चुनाव कार्यतालिका सार्वजनिक गर्नेछ । र सोही आधारमा चुनाव हुनेछ ।

हरेक २-२ वर्षमा स्ववियु चुनाव गराउनुपर्ने कानुनी व्यवस्था छ । तर, २०६५ सालयता त्रिविमा स्ववियु चुनाव हुन सकेको छैन । लामो समयदेखि चुनाव हुन नसक्दा विद्यार्थीका तमाम समस्या समाधान हुन सकेका छैनन् । विश्वविद्यालयमा एक किसिमको वेथिति नै मौलाएको छ । त्रिविमा देखिएका विद्यार्थी तथा त्रिविका समस्या समाधानका लागि भएपनि चुनाव गराउनुपर्ने आवाज लामो समयदेखि उठ्दै आएको थियो । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिविमा जतिसक्दो चाडो स्ववियु चुनाव गराउन त्रिविलाई निर्देशन दिएका थिए । सोही आधारमा त्रिविले चुनावी गतिविधि अगाडि बढाएको हो । चुनावको घोषणा गरेको त्रिविलाई जुनसुकै हालतमा पनि चुनाव गराउन विद्यार्थी संगठनहरूले आग्रह गर्दै आएका छन् । त्यसका लागि आफूहरूले त्रिविलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो पनि पढ्नुहोस्

पूर्व सांसद कोइरी पक्राउ

पूर्व सांसद कोइरी पक्राउ

८ मिनेट अगाडि
विनियोजित शीर्षकमाथिको छलफल सम्पन्न

विनियोजित शीर्षकमाथिको छलफल सम्पन्न

१२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

९१ हजार ३६३ विदेशी पर्यटक भित्रिए

मौलिक नामकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम

जनपक्षीय पत्रकारिताका गुरु शक्ति दाइ

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक