मङ्ल, जेष्ठ १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एनआरएनए अभियानलाई सशक्त बनाउँदै आरके शर्मा

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
एनआरएनए अभियानलाई सशक्त बनाउँदै आरके शर्मा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष आरके शर्माले अभियानलाई सशक्त बनाएर लैजाने भएका छन् । ११ औँ महाधिवेशनमा बद्री केसी पक्षले धाँधली गरेपछि आफूलाई आधिकारिक अध्यक्षको रूपमा अघि सारेका शर्माले कार्य विभाजनमार्फत संस्थालाई चुस्त र गतिशील बनाउने योजना बनाएका हुन् ।
जसअनुसार सोमबार शर्माले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)को बैठक आह्वान गरेका छन् । शर्माले निवर्तमान अध्यक्ष बद्री केसी र उनको समूहले धाँधली गरेपछि आफूहरूले सबै प्रक्रिया पुरा गरेर कमिटी घोषणा गरेको भन्दै सरकारको निकाय परराष्ट्र मन्त्रालयले आफूहरुलाई छिट्टै न्याय दिने विश्वास रहेको बताए । आफूहरूले सबै प्रक्रिया पूरा गरेकाले परराष्ट्रले न्याय दिने उनको विश्वास छ ।  शर्मालाई ११ ‍ ‍औँ महाधिवेशनमा अध्यक्षको उम्मेदवार रहेका महेश श्रेष्ठ, पूर्वअध्यक्षहरुसहित ठूलो समूहको साथ छ ।
एनआरएनएभित्र भएको धाँधलीको विवादकै कारण बद्री केसीले जबरजस्ती शपथ दिएपनि हालसम्म आधिकारिकता पाएका छैनन् भने संस्था नवीकरण समेत हुन सकेको छैन । यस्तै सबै प्रक्रिया पुरा गरेपछि शर्माले आवश्यक डकुमेन्ट परराष्ट्रमा बुझाएर आधिकारिकताको पत्र पर्खिरहेका छन् । एनआरएनएको आधिकारिक सरकारी निकाय परराष्ट्र रहेको छ ।
उसो त एनआरएनएमा भएको धाँधलीका विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अध्ययन प्रतिवेदन पनि तयार भइसकेको छ । सीआईबीले बद्री केसीलाई क्लिन चिट दिन अस्वीकार गरेकोसम्बन्धी रिपोर्ट सम्बन्धित मन्त्रालयमा पुगिसकेको छ । सबै विषयको अध्ययनपछि सरकारले निर्णय दिने बताएको र त्यसमा आफूहरूलाई न्याय मिल्ने शर्माले बताए । सरकारले निर्णय लिन ढिला गर्दा आफूहरूलाई काम गर्न कतिपय समस्या रहेको भन्दै उनले भने, ‘हामीहरूलाई कामहरू गर्न ढिला भइसक्यो । नागरिकताका विषय सम्बोधन गराउन ढिलाइ भएको छ ।’

शर्माले संस्था एकताबद्ध बनाउनु आजको आवश्यकता भएको भन्दै त्यो आफूहरूबाट सम्भव भएको बताए । तर, बद्री केसीले  पदको दुरुपयोग गर्नुका साथै अफिससमेत गैरकानुनी रूपमा हडपेको उनको भनाइ छ ।

उनका अनुसार आईसीसीको बैठकमा सामाजिक सुरक्षा कोषको विषय, रुस–युक्रेन युद्धको विषयदेखि वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकले भोगेका समस्यालगायतका  समग्र  विषयमा छलफल हुनेछ  । उक्त छलफलमा निस्केका निचोडका आधारमा काम कामकाबारही अघि बढाइने उनको भनाइ छ । सल्लाहकार, मानार्थ सदस्य, आईसीसी सदस्यदेखि विभिन्न टास्कफोर्सहरु बनाएर संस्थालाई गति दिने पनि उनको भनाइ छ ।  विज्ञहरुको समिति बनाएर गैरवासीय नेपाली र मातृभूमिको हितका साथ काम गर्न आफूहरु अग्रसर हुने शर्माले बताए । यस्तै आईसीसी बैठकबाट प्रवक्ताको नियुक्ति समेत हुने बताइएको छ ।

संघका महासचिव बुद्धिसागर सुवेदीका अनुसार बैठकका लागि विभिन्न एजेन्डा तय भइसकेको छ । भेरो भोट्रिङमा भएको अनियमित, परराष्ट्रसँगको सम्बन्ध र सीआईबीको रिपोर्टसम्बन्धी छलफलको एजेन्डा तय गरिएको छ ।

यस्तै हालसम्म भएका कामहरूको समीक्षा,  आईसीसी सदस्य, एनसीसी र पञ्जीकृत सदस्यहरूसँगको समन्वय र जिम्मेवारीका साथै गैरआवासीय नेपाली नागरिकता लिन भएको कठिनाइ सम्बन्धमा पनि छलफल गर्ने गरी एजेन्डा तय गरिएको छ ।

यस्तै नेपालमा लगानी गर्ने सम्बन्धमा, श्रमिक तथा प्रवासी नेपालीहरूको समस्याका सम्बन्धमा, पूर्ति गर्नु पर्ने पद, पदाधिकारी एवं सदस्य मनोनयन सम्बन्धमा र  समसामयिक विषयमा छलफल गर्ने गरी एजेन्डा तय गरिएको छ ।

भर्चुअल माध्यमबाट हुने बैठकलाई लिएर बद्री केसी पक्ष भने त्रस्त बनेको छ । यसअघिदेखि नै एमाले निकट र  गुटका व्यक्तिहरूमा सीमित भएको केसी समूह शर्माकोले एकपछि अर्को गर्दै प्रभावकारी मूभ बनाएर अघि बढेपछि त्रसित बनेको हो । कैयन एनसीसीहरुले समेत साथ नदिएपछि केसी समूह थप तनावमा छ ।

यो पनि पढ्नुहोस्

भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले गर्यो आन्दोलनको घोषणा

भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले गर्यो आन्दोलनको घोषणा

५२ मिनेट अगाडि
अवैध लागूऔषध सहित पक्राउ

नाबालिकाकाे उद्वार

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार

विश्वकप फुटबल खेल्ने सबैभन्दा पाका खेलाडीहरू

क्यान महासंघमा नेतृत्व परिवर्तन

सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार प्रतिबद्ध

नक्कली नोट कारोबार गरेको आरोपमा पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक